• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नयाँ दल दर्ता गर्दै ठाकुर–महतो

  • वीरगंज संजाल
  • २९ जेष्ठ २०७८, शनिबार ०७:०७
  • ३३८५

    बीरगन्ज। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा रहेका ठाकुर र महतो समूह निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणी समिति बहुमत सदस्यको हस्ताक्षर बुझाउन नसकेपछि नयाँ दल दर्ता तयारीमा जुटेको हो ।

    जसपा कार्यकारिणी समिति ५१ सदस्यीय छ । जसमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट २६ र संघीय समाजवादीबाट २५ जना थिए । तर, तत्कालीन राजपाका तर्फबाट कार्यकारिणी समितिमा रहेका नवलकिशोर साह, रामनरेश यादव, महेन्द्रराय यादव, रमेश यादव, मृगेन्द्रकुमार सिंह यादव र गजाधर यादवले अन्तिम समय ठाकुर र महतोको साथ छोडेका छन् ।

    जसपा नेताका अनुसार ठाकुर समूह अल्पमतमा परेपछि नयाँ दल दर्ता तयारीमा छ । ‘कार्यकारिणी समितिमा अल्मतमा परेपछि ठाकुर र महतोजीहरू नयाँ दल दर्ताका लागि आन्तरिक तयारीमा हुनुहुन्छ,’ जसपा स्रोतले शुक्रबार राजधानीसँग भन्यो ।बहुमत केन्द्रीय कार्यकारिणी सदस्यले यादवको पक्षमा हस्ताक्षर गरेकाले ठाकुर पक्षलाई बहुमत जुटाउन सकस भएको हो

    उपप्रधामन्त्रीसमेत रहेका महतोनिकट साह प्रदेश २ मा सामाजिक विकासमन्त्री छन् । महेन्द्रनिकट रामनरेश पनि प्रदेश २ मा वन तथा वातावरणमन्त्री छन् । त्यस्तै, महेन्द्रनिकटका रमेश जसपा उपेन्द्र यादव समूहमा पुगेका छन् । संघीय सरकारमा उद्योग तथा वाणिज्यमन्त्रीमा नियुक्त राजकिशोर यादवनिकट गजाधर उपेन्द्र समूहमा गएका छन् ।
    स्रोतअनुसार राजपाबाट कार्यकारिणी समितिमा रहेका ६ नेता उपेन्द्र समूहमा पुगेपछि ठाकुर र महतो समूह अल्पमतमा परेको हो । प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा ‘सहभागी हुने कि नहुने ?’ विवादले पार्टीभित्र चर्को बहस भएको थियो । तर, ठाकुर र महतो समूह सरकारमा सहभागी भएपछि पार्टी पनि विभाजन भएको छ ।

    विवाद चर्किंदै गएपछि एकअर्कालाई स्पष्टीकरण सोधेर अनुशासन कारबाहीसमेत गरियो । गत १८ जेठमा उपेन्द्र समूहले ठाकुर, महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल र सोही दिन उपेन्द्रलाई समेत ठाकुर समूहले कारबाही ग¥यो । दुवै समूहले एकअर्कालाई पार्टी साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेर निर्वाचन आयोगलाई पार्टी अभिलेख अद्यावधिक गर्न माग गर्दै निवेदन दिएका थिए ।गत १९ जेठमा आयोगले दुवै निवेदन राजनीतिक दलसम्बन्धी नियमावली २०७३ (पहिलो संशोधन)अनुरूप नभएपछि बदर गर्दै अनुसूची १८ बमोजिमको फारामसमेत भरेर पठाउन भन्दै पत्राचार गरेको थियो । तर, ठाकुर समूहले सोबमोजिम निवेदन पेस गर्न सकेको छैन ।

    अनुसूची १८ मा दल विवरण हेरफेर गर्नुपर्ने भएमा सो ढाँचाअनुसार निर्वाचन आयोगमा लेखी पठाउनुपर्ने व्यवस्था छ । आयोगले पत्रमा ठाकुर पक्षलाई केन्द्रीय कार्यकारिणी समिति बैठकमा उपस्थित सदस्यको हस्ताक्षरसहितको माइन्युटसमेत आयोगमा पेस गर्न भनेको थियो ।यादवले भने केन्द्रीय कार्यकारिणाी समितिको बहुमत सदस्यको हस्ताक्षरसहित ठाकुरलाई कारबाही गरिएको पत्र बुझाएका कारण उनलाई अनुसूची १८ को फाराम मात्रै भर्न भन्यो । यादवले गत २० जेठमै भरेर बुझाइसकेका छन् ।

    बहुमत केन्द्रीय कार्यकारिणी सदस्यले यादवको पक्षमा हस्ताक्षर गरेकाले ठाकुर पक्षलाई बहुमत जुटाउन सकस भएको हो ।ठाकुर पक्षले आयोगले भने बमोजिम पत्र पेस गर्न नसकेपछि गत २३ जेठमा एक हप्ताको समय माग गरेको छ । ठाकुर पक्षले मागेको समय शुक्रबार सकिएको छ ।जसपा संसदीय दलमा ठाकुर र महतो समूहको बहुमत रहेको थियो । २० सांसदसहित बहुमतमा रहेको ठाकुर समूहले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । तर, प्रतिनिधिसभा विघटन भएकाले अब कार्यकारिणी समितिमा अनिवार्य बहुमत सिद्ध गर्नुपर्नेहुन्छ । यद्यपि, कार्यकारिणी समितिमा उपेन्द्र समूहको बुहमत रहेकाले ठाकुर र महतो समूहले नयाँ दल दर्ता गर्नुपर्नेहुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑