• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्वोच्च अदालतको आदेशले एमालेको एकतालाई सहयोग पुग्छ : शेरबहादुर तामाङ

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७८, शुक्रबार ०६:४५
  • ३३३७

    वीरगन्ज । एमालेको आन्तरिक राजनीतिलाई लिएर आज सर्वोच्च अदालतले आदेश दिएको छ । ओलीले बालुवाटारमा भेला गरेर गठन गरेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई अवैध र नवौँ महाधिवेशनबाट निर्वाचित माधव नेपालहरूसहितको कमिटीलाई वैध भनेको छ, सर्वोच्चको यो आदेशले अब एमालेको आन्तरिक राजनीतिमा के फरक पर्छ ?

    खासै फरक त के पर्छ र ? अदालतको आदेश कुन प्रकृतिको हो, विस्तृत आइसकेको छैन । विस्तृत विवरण आइसकेपछि हामी हेर्छौँ । राजनीतिक विषयमा निरन्तर यस्तो भयो भने यसले केही न केही संकेतचाहिँ सकारात्मक गर्दैन होला । तैपनि अदालतले गरेको पैmसला र आदेशउपर हामी कुनै टिप्पणी गर्दैनौँ । भएका निर्णय कार्यान्वयन नै गर्छौँ । त्यसको पालना गर्नुपर्ने हाम्रो जिम्मेवारी र दायित्व हुन्छ । राजनीतिक विषयमा अन्तिम फैसला गर्ने अदालत नेपाली जनताले हो ।

    माधव नेपालसहित झलनाथ खनालसम्मका ११ नेता साधारण सदस्यताबाट पनि निष्कासनमा पर्नुभएको छ । तर, कारबाही गर्ने कमिटी नै अवैध ठहर भएकाले नेताहरूमाथि कारबाहीको अवस्था के हुन्छ ?

    पार्टीले एउटा विधि पु¥याएर कारबाही गरेको छ । फेरि पनि पार्टीमै फर्कन्छु भने पनि फर्काउन सकिन्छ, कुनै गाह्रो विषय होइन । फेरि यो विषयमा पार्टी नेतृत्वमा छलफल पनि भएको छ । केही दिनमा सम्भवतः यो सबै सल्टिन्छ होला भन्ने लाग्छ । आखिर पार्टीभित्रका तमाम समस्याका कारणले नै यो अनेक जञ्जालमा फसिरहेका छौँ । मलाई लाग्छ, केही दिनभित्रै नेकपा एमालेभित्र अहिले देखिएका समस्या समाधान हुन्छन् ।

    अब बालुवाटार भेलाबाट चयन भएका रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीसहितका नेताहरूको एमालेमा हैसियत के हुन्छ ?

    उहाँहरू (रामबहादुर थापा बादल) नेकपा एमालेमै रहनुहुन्छ । कसैको राजनीतिक निर्णयलाई कसैले पनि हस्तक्षेप गर्न पाएन नि । त्यो त उसको राजनीतिक निर्णय हो । उहाँहरू पार्टीको जुन जिम्मेवारीमा हुनुहुन्छ, त्यहीँ रहनुहुन्छ ।

    अदालतको निर्णयले २ फागुन ०७५ मा फर्कनुपर्ने देखिन्छ । यो असन्तुष्ट समूहको माग पनि थियो । अब अदालतको आदेश मानेर एमाले एकढिक्का हुने आधार भएको हो ?

    पार्टी अध्यक्षले वक्तव्य जारी गरेर हामी त्यो ठाउँमा उभिन्छौँ भन्दाभन्दै पनि एउटा पक्ष साथीहरू अभैm अर्घेलो थापेर अनेक कुरा गरेर बसिरहेको होइन र ? राम्रो ढंगले एउटा ढोका खुला गरेर घडा राखेर ल यो ढोकामा पस्नुस् भन्दाभन्दै पनि उहाँहरू होइन, त्यहाँ ढोकामा अर्धक थापेको छ भन्दै हिँड्नुभएको छ ।

    अदालतले अहिले जुन अन्तरिम आदेश गरिरहेको छ, अन्तिम पैmसला गर्ला, हामी पर्खिन्छौँ । अदालतको पैmसलालाई कुनै च्यालेन्ज पनि गर्दैनौँ । पार्टी अध्यक्षले वेलकम गरिरहेको कुरालाई झन् पुनर्पुष्टि हुन्छ । हामीलाई बेफाइदा गर्दैन, एमालेलाई झन् सहयोग गर्छ ।

    अब ओलीले तत्काल नवौँ महाधिवेशनबाट निर्वाचित स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आह्वान गर्नुहुन्छ कि ?

    के फरक प¥यो र ? एमालेका सबै साथी एमालेभित्रै बस्नु भन्यो भने त्यो बैठक बोलाउन हामीलाई के आइतबार पर्खनुप¥यो र !

    तर, यसले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको राजनीतिक कदम गलत थियो भन्ने माधव नेपालहरूको आरोपलाई त बल पुग्यो नि ?

    पार्टी एकताको पक्षमा हामी जुनसुकै काम गर्न तयार छौँ । कता बल पुग्यो, कता बल पुगेन, त्योभन्दा ठूलो विषय एमालेमै बस्ने वातावरण बन्छ भने झन् राम्रो भयो नि ! एमालेमा बस्दिनँ भन्दै डोरी चुँडाल्न खोज्ने प्रवृत्तिको अन्त्य भएर सबै साथी हामी एमालेमै बस्यौँ भने सकारात्मक भयो नि ।

    फेरि त्यहाँ बहुमतले माधव र झलनाथमाथि कारबाही हुने र रामबहादुर थापा बादललाई सदस्य थप्ने भन्ने निर्णय हुन्छ कि ?

    मन मिलिसकेपछि बहुमत, अल्पमत भन्ने कुरै हुँदैन । सबै सर्वसम्मत हुन्छ नि ! कसको संख्या बहुमत पुग्यो, कसको अल्पमत भनेर टाउको गन्दै बस्ने प्रवृत्ति भएर न हिजो पार्टी बिग्रेको हो । हामी त टाउको गन्नतिर त लाग्दैनौँ । भावना मिलिसकेपछि संख्या किन गनिरहनुप¥यो ?

    सर्वोच्चले प्रदेशका सांसदहरूलाई कारबाही गर्ने अधिकार केन्द्रीय कमिटीमा हुन्छ भनेको छ । सम्बन्धित प्रदेश सभा दलको भूमिका के हुन्छ ?

    संसदीय दल भनेको दलको विधानले पनि निर्देशित हुन्छ, त्यो राज्यको पनि अंग हो । राज्यले जतिसुकै तीन तहको सरकार भने पनि अन्तर्सम्बन्धित नै हुन्छ । एउटा पालिकाको प्रमुख केन्द्रीय सरकारको प्रधानमन्त्रीबराबर त हुँदैन नि ! यति कुरा त सत्य हो । त्यसकारण पार्टीको केन्द्रले टिकट दिएर पठाएपछि प्रदेशमा माननीयज्यू भएको हो । पार्टी केन्द्रले चुनाव चिह्न पठायो, मान्छे नियुक्ति गरेर पठायो, त्यसकारणले त उहाँ त्यहाँ माननीयज्यू हुनुहुन्छ । त्यसैले दलीय शासन व्यवस्थामा दलीय निर्णय नै प्रमुख हो ।

    संसद् पुनस्र्थापनाको पक्षमा माधव नेपाल र झलनाथ खनालसहितका २३ सांसद अदालत जानुभएको छ । उहाँहरूसँग तपाईंहरूको अपेक्षा के हो ?

    अदालतको आजको अन्तरिम स्थितिअनुसार हेर्दा उहाँहरूले हस्ताक्षर फिर्ता लिनुहुन्छ ।

    अब अदालतको आदेश कसरी कार्यान्वयन हुन्छ ?

    हामी प्रस्ट छौँ, अदालतले गरेका फैसलाको पुनरावेदन जनताको अदालतमा हुन्छ । राजनीतिक प्रकृतिका मुद्दाहरूको पैmसला गर्ने ठाउँ जनअदालत नै हो । जनता नै त्यसको प्रमुख न्यायाधीश हुन्छन् । राजनीतिक, संवैधानिक प्रकृतिका मुद्दाहरूको अन्तिम फैसला गर्ने जनअदालत नै हो । अन्य प्रकृतिको देवानी, फौजदारी हेर्ने सर्वोच्च अदालत हो । हामी फेरि पनि स्थापित सर्वोच्च न्यायालयको पक्षमा छौँ, त्यसैले न्यायालयले गरेको फैसलालाई कार्यान्वयन गर्दै अगाडि बढ्छौँ ।यो समाचार नयापत्रीका डेलि बाट सभार गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑