• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एमाले विवादः मिलनबिन्दु खोजी तीव्र

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७८, शुक्रबार ०६:२६
  • २५६९

    वीरगन्ज । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किंदै गएपछि दोस्रो पुस्ताका नेता मिलनबिन्दु खोज्न तीव्र दौडधूपमा छन् । शीर्षनेता आआफ्नो अडानमा अडिग भएपछि पार्टी एक्ताका लागि सक्रिय दोस्रो पुस्ताका नेताले विभिन्न प्रस्तावमाथि छलफल गरिरहेका छन् ।

    प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वमहासचिव माधवकुमार नेपालबीचको विवादका कारण पार्टी विभाजन संघारमा पुगेपछि दोस्रो पुस्ताका नेता मिलाउने प्रयासमा छन् । केन्द्रमा देखिएको विवाद आगोझैं प्रदेशदेखि स्थानीय तहसम्म पुगिसकेकाले त्यसको नोक्सानी प्रत्यक्ष रूपमा पार्टी र शीर्षनेताले नै भोग्नुपरेको छ ।

    उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका एमाले नेता विष्णु पौडेलले एक्ताका लागि अन्तिमसम्म प्रयास जारी नै रहेको बताए । पार्टी नेता, कार्यक्र्ता अहिले पनि एक्ताको पक्षमा रहेकाले विभाजनमा गर्न खोज्नेलाई कसैले साथ नदिने उनले उल्लेख गरे ।

    ‘पार्टी विभाजन गर्ने सबै गतिविधि सम्पूर्ण रूपमा असफल बनाउँछौं, नेताकार्यक्र्ता कोही पनि विभाजन पक्षमा रहेको देखिँदैन,’ पौडेलले भने, ‘पार्टी एक्ताका लागि हामी अन्तिमसम्मको प्रयास जारी नै राख्छौं । विभाजन गर्ने काम कोही कसैका लागि राम्रो हुन सक्दैन ।’

    नेपाल समूहले पठाएको पत्र अत्यन्त गम्भीर प्रकृतिको रहेको पनि पौडेलले बताए । पार्टी अध्यक्ष ओलीले उदार र खुला विचारसाथ एक्ताका लागि गरेको आह्वान अस्वीकार गर्नुले नेपाल समूह एक्ता पक्षमा नरहेको बुझ्न बाध्य बनाएको उनले औंल्याए ।

    आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल कुनै पनि हालतमा सफल हुन नसक्ने उनको दाबी छ । आमकार्यक्र्ता एक्ता पक्षमा रहेको अवस्थामा नेपाल समूह कुनै पनि हालतमा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्नु, आफ्नो अडानबाट पछि हट्न नखोज्नु, पार्टी एक्ताका लागि घातक भएको पौडेलको टिप्पणी छ ।

    एमाले नेता गोकर्ण विष्ट एक्ताका लागि विभिन्न प्रस्तावमाथि छलफल भइरहेको बताउँछन् । एक्ताका लागि अनौपचारिक रूपमा भइरहेको नेताबीचको छलफलमा सहभागी विष्टले एक्ता जोगाउने विषयमा विभिन्न कोणबाट छलफल जारी रहेको जानकारी दिए ।

    ‘पार्टी एक्ताका लागि सर्वोच्च अदालतले दिने फैसला सबैले स्वीकार गरेको खण्डमा एक्ता गर्न सकिन्छ,’ विष्ट भन्छन्, ‘दुवै पक्षका नेताले व्यक्तिगत इगो, टसल र पार्टी एक्ताको खातिर अरूको भरमा लिइएका अडान त्याग्नुपर्छ ।’

    ओली समुहबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदिप ज्ञवाली र नेपाल समूहबाट सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम अचार्यलगायतनेता पार्टी एक्ताका लागि अनौपचारिक छलफलमा छन् ।

    गत आइतबार ओलीले ६ बुँदे प्रस्तावसहित पार्टी एक्ताका लागि आह्वान गरेका थिए । तर, सोमबार नेपाल समूहको बसेको स्थायी कमिटी बैठकले ओलीको प्रस्ताव ‘जालसाझी’ रहेको भन्दै अस्वीकार गरेको थियो ।

    नेपाल समूहले गत २५ वैशाखमा ओलीलाई बुझाएको ६बुँदे प्रस्तावका आधारमा पार्टी एक्ता हुनुपर्नेमा जोड दिँदै आएको छ । ओली र नेपाल समूहले यसअघि गठन गरेको कार्यदल निस्क्रिय भएपछि अनौपचारिक रूपमा दोस्रो तहका नेता छलफललाई निरन्तरता दिँदै एक्ता जोगाउन कसरत गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑