बीरगन्ज। बीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा थप ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाका विभिन्न स्थानबाट संकलित ५० जनाको थ्रोट स्वाबको नमुना बीरगन्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा पर्साा ३ जनासहित ४ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका संयोजक डा.सरोज रोशन दासले बताए ।
संक्रमित हुने १ जना रौतहटका रहेका छन् । ३० वर्षदेखि ६८ वर्ष उमेर समुहका संक्रमितहरुको सिटि भ्यालु २४ देखि ३२ सम्म रहेको छ । यसैविच आज २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ज्यान गुमाउने १ जना पर्सा र १ जना बाराका रहेका छन् ।
पोखरिया नगरपालिका वडा नम्बर ४ का ८० वर्षीय बृद्ध महिलाको मृत्यु भएको हो । जेठ २५ गते एन्टिजेन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि सोही दिन नारायणी अस्पताल भर्ना भएका पुरुषको बिहिवार बिहान पौने ११ बजे मृत्यु भएको डा. दासले बताए ।
त्यसैगरी बाराको निजगढ नगरपालिका वडा नम्बर १० निवासी ८८ वर्षीय बृद्धको पनि बिहिवार मृत्यु भएको छ । बुधवार एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि सोही दिन अस्पताल भर्ना भएका उनको बिहिवार दिउँसो १ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।