• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाले रोकियो डीआईजीको सरुवा : को कहाँका लागि दौडधुपमा ?

  • वीरगंज संजाल
  • २६ जेष्ठ २०७८, बुधबार ०६:२८
  • ६०६५

    वीरगन्ज । कोरोनाभाइरसको संक्रमणका कारण देशमा भएको निषेधाज्ञा र राजनीतिक सरगर्मीका कारण समय भएपनि नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरुवा अल्झिएको छ ।सामान्यतया डीआईजी तथा प्रहरीमा इन्चार्ज सम्हाल्ने अधिकृतहरूको सरुवा १ वर्षमा हुने गर्छ तर कोरोना भाइरसको संक्रमण तथा राजनीतिक उतारचढावका कारण मन्त्रिपरिषद्को निर्णयबाट हुने डीआईजी सरुवा रोकिएको हो ।

    सातै प्रदेशका प्रहरी प्रमुखहरू र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को कार्यकाल अवधि वैशाख ८ गते पुगे तापनि असार लागिसक्दा समेत सरुवा हुने सुरसार देखिँदैन् । त्यसो त मन्त्रिपरिषद्मा सिफारिश लैजाने गृहमन्त्रालय अहिले प्रधानमन्त्री मातहतमा छ । कोरोना महामारी र देशको राजनीतिक अवस्थाका कारण डीआईजीहरूको सरुवा ओझेलमा परेको प्रहरी अधिकारीहरू बताउँछन् ।

    ‘अहिले सबैको ध्यान राजनीतिमा छ । प्रहरीका डीआईजीको सरुवामा कसले ध्यान दिने,’ एक उच्च प्रहरी अधिकारीले लोकान्तरसँग भने, ‘त्यसमा पनि अहिले गृहमन्त्रालय प्रधानमन्त्री मातहत छ, ध्यान कसैको जाँदैन ।’समयमा सरुवा नहुँदा प्रहरीले गर्ने कार्यसम्पादनमा असर पर्ने ती अधिकारी बताउँछन् । ‘एकजना इञ्चार्ज भएको समय सकिँदा त्यो कार्यालयमा काममा लगाउने इफोर्ट लगाउन सक्दैन । उसको ध्यान अब सरुवा हुन्छ, अर्को ठाउँमा कसरी राम्रो गरेर देखाउने भन्नेतर्फ ध्यान जान्छ,’ ती अधिकारीले भने ।

    प्रहरी प्रधान कार्यालय भने कोरोना भाइरसको संक्रमणको समयमा सरुवा गर्दा एक ठाउँबाट अर्को ठाउँमा संक्रमण फैलिन सक्ने र अर्को इन्चार्ज जान ढिलो हुँदा कोरोना नियन्त्रणमा असर पर्ने देखिएकाले संक्रमण कम भएपछि सरुवा हुँदा राम्रो हुने तर्क गर्छ ।कोरोना भाइरसको संक्रमण कम भएमा असारको दोस्रो सातासम्म सरुवा हुने गृहमन्त्रालय स्रोतको भनाइ छ ।प्रदेश र सीआईबीमा कुन–कुन डीआईजीको दौड ?सरुवा हुन केही ढिला भएपनि प्रदेश र सीआईबीमा सरुवा हुनका लागि अहिले डीआईजीहरूको दौडधुप देखिएको छ ।

    बैतडीकी १६ वर्षीया किशोरी भागरथी भट्ट हत्या प्रकरणको सफल अनुसन्धान गरेका सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदी र २ नम्बर प्रदेशका प्रमुख रहेका डीआईजी धिरजप्रताप सिंहको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा आउने चर्चा छ ।

    भने हाल सीआईबीका प्रमुख रहेका डीआईजी सहकुल थापा र दिवेश लोहनी २ नम्बर प्रदेशमा जान चाहेको स्रोत बताउँछ ।तर अहिले प्रहरी महानिरीक्षक –आईजीपी) र सरकारनिकट मानिएका सहकुल थापाले बाजी मार्ने प्रहरी अधिकारीको आकलन छ ।प्रदेश १ मा डीआईजी अरुण बीसी र बाग्मती प्रदेशमा प्रकाशजंग कार्कीको चर्चा छ ।

    गण्डकी प्रदेशमा पुरुषोत्तम कँडेल, लुम्बिनी प्रदेशमा गणेश ऐर, कर्णाली प्रदेशमा प्रकाश अधिकारी, सुदूरपश्चिममा राजेशलाल कर्णको चर्चा अहिले प्रहरी प्रधान कार्यालयमा छ ।कोरोना संक्रमण र सरकारका कारण वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूको पनि सरुवा रोकिएको छ ।

    एसएसपीहरूको सरुवा पनि मन्त्रिपरिषद्बाट नै हुने व्यवस्था छ ।
    तर प्रहरी प्रधान कार्यालयले गर्न सक्ने प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको सरुवा समेत रोकिएको छ ।
    प्रहरी प्रधान कार्यालय स्रोतलाई मान्ने हो भने कोरानाकै कारणले एसपी र डीएसपीहरूको सरुवा हुन नसकेको हो । कतिपय डीएसपीहरूको १७ महिना पुग्दा समेत सरुवा हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • आज सनिवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑