वीरगन्ज ।नेकपा (एमाले)ले असार मसान्तभित्र सदस्यता नवीकरण र नयाँ सदस्यता आवेदन टुङ्ग्याउन मातहतका कमिटीलाई निर्देशन दिएको छ। एमालेले असार मसान्तभित्र सदस्यको विवरण अद्यावधिक गर्न निर्देशन दिएको काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईले जानकारी दिए।
एकीकरणपूर्व एमालेले झण्डै पाँच लाख क्रियाशील, संगठित सदस्य रहेको जिकिर गर्दै आएको थियो। अहिले महाधिवेशन लक्षित गरेर सदस्यता नवीकरण थालिएको बताइएको छ।
एमालेले आगामी मंसिरमा महाधिवेशनको तिथि तय गरेको छ। मंसिर २ गतेदेखि ६ गतेसम्म १० औँ महाधिवेशन गर्ने उसको योजना छ।