आज:
  • होमपेज / Breaking News

    कोभिडपछि यस्ता समस्या देखिए ज्यानै जानसक्छ, कस्ता लक्षण देखिए अस्पताल जाने ? यस्तो छ विशेषज्ञको सुझाव

  • वीरगंज संजाल
  • २३ जेष्ठ २०७८, आईतवार १४:२४
  • ३०८५७

    बिरगंज। कोभिडको संक्रमणबाट मुक्त भइसकेपछि पनि स्वास्थ्यमा देखा पर्नसक्ने केही लक्षणहरुलाई बेवास्ता गर्न नहुने चिकित्सकले सुझाव दिएका छन् । कोभिडपछिको लक्षणहरुलाई बेवास्ता गरिएमा ज्यानै जानसक्ने जोखिम रहेको भन्दै विशेषज्ञ चिकित्सकहरुले बेलैमा स्वास्थ्य संस्थामा जान र आवश्यक चेकजाँच तथा परामर्श लिन आह्वान गरेका छन् ।

    नर्भिक इन्टरनेशनल हस्पिटलका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवालका अनुसार पछिल्लो समय नेपालमा पोस्ट कोभिड अर्थात कोभिडपछिको समस्या विकराल बन्दै गएको छ । कोभिड संक्रमणबाट मुक्त भएपछि पनि विभिन्न समस्या देखापर्ने र ती समस्यालाई बेवास्ता गर्दा ज्यानै जानेहरुको संख्या समेत बढ्न थालेको छ । यस्तो अवस्थामा कोभिड संक्रमणबाट मुक्त भएपछि देखिने समस्याहरूको समयमै निदान अत्यावश्यक हुन्छ ।

    के–के हुन् लक्षण ?डा. जैसवालका अनुसार कोभिड संक्रमणबाट मुक्त भएको चार हप्ताको अवधिमा केही लक्षणहरु देखिए त्यसलाई ‘पोस्ट कोभिड सिन्ड्रोम’ भएको ठान्नुपर्छ । अर्थात कोभिड ठीक भएपछि अस्पतालबाट डिस्चार्ज भएको वा क्वारेन्टिनबाट निस्किएको ४ हप्ताको अवधिमा स्वास्थ्यमा विभिन्न समस्या देखिए सचेत हुनुपर्ने उनको सुझाव छ ।

    डा. जैसवालका अनुसार थोरै समय हिँड्दा नै स्वाँ स्वाँ हुने, सास फेर्न गाह्रो हुने, धेरै नै थकाई लाग्ने र कमजोरी महसुस हुने, एकाएक रक्तचाप बढ्ने वा घट्ने, निद्रा नलाग्ने, झर्को लाग्ने जस्ता डिप्रेसनका लक्षण देखा पर्ने जस्ता लक्षणहरु देखा पर्न थाले भने तत्काल अस्पताल जानुपर्ने हुन्छ ।

    ज्यानै जानसक्छ !डा. जैसवालका अनुसार यस्ता लक्षणहरु प्रति बेवास्ता गरिए बिरामीको ज्यानै जानसक्छ । कोभिड ठीक भएपछि पनि कतिपयको मुटुमा रगतका थक्काहरु जमेर हृदयघात हुने समस्या देखिएको छ । यस्तै, जसलाई थोरै हिँड्दा नै स्वाँ स्वाँ हुन्छ, त्यस्ताको समेत हार्ट फेलियर हुने समस्या देखिएको छ । कतिपयलाई क्षारे रोगको जस्तो लक्षण तथा समस्या पनि देखिन सक्छ । यस्तै, कतिपयलाई पार्किन्सन्स हुँदाको लक्षण पनि देखिन सक्छ । यस्ता लक्षणहरुले ब्रेनमा समेत दीर्घकालीन समस्या ल्याइदिन सक्छ ।

    डा. जैसवालका अनुसार कोभिडको उपचारका लागि धेरै दिनसम्म आइसियू र सीसीयूमा बसेर बाहिर निस्किएकाहरुलाई ट्रमाबाट निस्किएजस्तो समस्या देखिने गरेको छ । यस्ता समस्यालाई पनि बेवास्ता गर्नुहुन्न । यस्तो समस्या बढ्दै गए स्ट्रोक र प्यारालाइसिस हुनेसम्मका खतरा हुन्छन् ।
    कसरी रोगथाम गर्ने ?डा. जैसवालका अनुसार शरीरमा तागत नै नभएजस्तो महसुस भयो, दमको जस्तो समस्या भयो र माथि उल्लेख गरिएका लक्षणहरु देखिए तत्काल अस्पताल जानुपर्छ र विशेषज्ञबाट उचित परामर्श लिन आवश्यक छ । उनले नर्भिक अस्पतालमा समेत कोभिडपछि हुनसक्ने जोखिमलाई ध्यानमा राखेर ‘पोस्ट कोभिड क्लिनिक’ सुरुवात भएको उल्लेख गर्दै त्यहाँ आएर समेत सेवा लिन सकिने बताएका छन् ।

    नर्भिकले यसअघि नै पोस्ट कोभिडको उपचारका लागि २ खालको प्याकेजको घोषणा गरिसकेको छ । पोस्ट कोभिड क्लिनिकमा आउने बिरामीहरुको छातीको सिटी स्क्यान वा एक्स–रे गरेर फोक्सो वा संभावित निमोनियाको अवस्था हेर्ने काम गरिने डा. जैसवाल बताउँछन् । त्यस्ता बिरामीहरुको शरीरमा रोगप्रतिरोधी क्षमता कति छ भन्ने कुरा समेत एन्टीबडी जाँचबाट हेरिन्छ । रगत बाक्लो भएको छ कि छैन भन्नेजस्ता समस्या समेत विशेष जाँचबाट हेरिन्छ । यस्तै, हेमाटोलोजी प्रोफाइल, सीआरपी लगायतका जाँच पनि गरिन्छ ।

    जाँचहरूबाट आएको रिजल्टका आधारमा उचित परामर्श दिई आवश्यक औषधि र अन्य विषयमा चिकित्सकहरुले परामर्श सेवा उपलब्ध गराउनेछन् ।
    डा. जैसवाल भन्छन्–‘पोस्ट कोभिडपछि देखिने समस्याहरूको बेवास्ता नगर्नुहोस् । यसले ज्यानै जानसक्छ । समयमै अस्पताल आएर विज्ञले सुझाएको जाँच गरी परामर्शका आधारमा औषधि लिन थाले ज्यान जोगिन सक्छ ।’रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑