• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपामा स्पष्टीकरण प्रकरण अध्यक्षद्वयले एक-अर्कालाई जवाफ नदिने

  • वीरगंज संजाल
  • १३ जेष्ठ २०७८, बिहीबार १९:५८
  • ७८२५

    वीरगन्ज । सत्ता सहयात्रामा कसलाई सहयोग गर्ने विषयमा मतान्तरसँगै विवादमा फसेको जनता समाजवादी पार्टी(जसपा) का अध्यक्षहरु आमने सामने भएका छन् । पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेपछि दुई अध्यक्षले मंगलबार एकले अर्कालाई तीन दिने समयसीमा सहित स्पष्टीकरण सोधेका छन् ।

    दुवै समूहले सोधेको समयभित्र स्पष्टीकरणको जवाफ दिने हो भने शुक्रबारसम्म जवाफ दिनुपर्छ । तर, दुवैले पार्टीको आधिकारिक बैठक बसेर स्पष्टीकरण नसोधिएको भन्दै जवाफ नदिने बताएका छन् । जसपामा अध्यक्ष महन्थ ठाकुर समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरिरहेको छ भने अध्यक्ष उपेन्द्र यादव समूहले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सम्मिलित समूहलाई समर्थन गरिरहेको छ ।

    यही विषयमा विवाद भएपछि एकले अर्कालाई स्पष्टीकरण सोधेका हुन् । यादव समूहले पार्टी विधान अनुरुप पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्णय गरेर स्पष्टीकरण सोध्नु पर्नेमा व्यक्तिगत रूपमा सोधेकाले नदिने बताएको छ भने ठाकुर समूहले आफूहरूले पत्र नै नपाएको बताएको छ ।

    यादव समूहका कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राईले महन्थ ठाकुरले व्यक्तिगत रूपमा स्पष्टीकरण सोध्न नमिल्ने भएकाले अध्यक्ष यादवले जवाफ नदिने बताए । ‘पार्टी विधानअनुरुप महन्थ ठाकुरले व्यक्तिगत रूपमा सोध्न पाउँदैनन् । केन्द्रीय कार्यकारिणी समितिले स्पष्टीकरण सोध्ने निर्णय गर्नुपर्छ,’ राईले वीरगन्ज संजाल सँग भने, ‘ठाकुरले व्यक्तिगत सोधेका छन्, पार्टीको कुनै पनि निकायले निर्णय गरेको छैन । पार्टी महन्थ ठाकुर र उपेन्द्र यादवको होइन, संस्थागत निर्णय गर्नुपर्छ । तसर्थ जवाफ दिन आवश्यक छैन ।’

    ठाकुरले आफैँ हस्ताक्षर गरेर अध्यक्ष यादवलाई मात्रै स्पष्टीकरण सोधेका छन् ।  उता यादव समूहले भने अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय शर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण सोधिएका कर्णले आफूलाई पत्र नै आइनपुगेको बताए ।

    ‘अहिलेसम्म स्पष्टीकरण पत्र नै पाएको छैन, कसरी जवाफ दिने,’ कर्णले वीरगन्ज संजाल सँग भने, ‘पत्र पाएपछि जवाफ दिने/नदिनेबारे बल्ल भन्ने हो । आधिकारिक बैठक बसेर सोधेको नभएकाले जवाफ दिने सम्भावना कम छ ।’ तर, ४ नेताको स्पष्टीकरण पत्रमा हस्ताक्षर गरेका यादव समूहका कार्यकारिणी समिति सदस्य तथा कार्यालय प्रमुख प्रकाश अधिकारीले भने मंगलबार नै चार नेताको मेल र ह्वाट्सएपमा पत्र पठाइसकिएको जानकारी दिए ।

    ‘पत्र मंगलबार नै उहाँहरूको मेलमा पुगिसकेको छ । कर्णलाई मेल र ह्वाट्सएपमा पठाइएको हो,’ अधिकारीले वीरगन्ज संजाल सँग भने । कार्यकारिणी समिति सदस्य राईले आफूहरूले चार नेतालाई कार्यकारिणी समितिबाट निर्णय गरेर स्पष्टीकरण सोधिएकाले जवाफ दिनै पर्ने बताए ।

    ‘उपेन्द्रले सोधेका होइनन्, जनता समाजवादी पार्टीको कार्यकारिणी समितिले ४ नेताले पार्टी अनुशासनविपरीत काम गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो, त्यही अनुसार सोधिएको हो । तसर्थ जवाफ दिनैपर्छ,’ राईले भने ।  यादव समूहले ९ जेठमा कार्यकारिणी बैठकबाट यादव समूहले आइतबार अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता महतो, शुक्ल र कर्णलाई स्पष्टीकरण सोध्ने निर्णय गरको थियो ।

    ‘पार्टीको नीति, सिद्धान्त, विचार एजेण्डा विधान र कार्यदिशाविपरीत कार्य गरेको/गराएको भन्दै विधान र नियमावलीबमोजिम स्पष्टीकरण सोध्‍ने,’ बैठकको निर्णयमा भनिएको छ । यादवले पार्टीको निर्णय राष्ट्रपति कार्यालय, निर्वाचन आयोग र संसद् सचिवालयलाई पत्र पठाएको आरोप पत्रमा लगाएका छन् ।

    पार्टी ‘नीतिविपरीत’ प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमलाई साथ दिएको पनि बताएका छन् । ठाकुरले पत्रमा विपक्षी गठबन्धनका प्रधामन्त्री पदका उम्मेदवार कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा हस्ताक्षर गर्ने गतिविधिमा सामेल किन भएको भन्‍ने प्रश्‍न गरेका छन् ।

    ठाकुरले यादवलाई सोधेको स्पष्टीकरण पत्र

    यादवले ठाकुर, महतो, शुक्ल र कर्णलाई सोधेका स्पष्टीकरण पत्र

     

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑