वीरगंज। जीवन राईको केन्द्रीय समितिहालै निर्वाचन आयोगमा दर्ताको लागि पेश भएको कलम चिन्ह वाला नेकपा (एकीकृत) को कार्यसमितिमा जीवन राई अध्यक्ष रहेका छन् । संखुवासभाका जीवन राई अध्यक्ष रहेको उक्त दलको उपाध्यक्षमा कास्कीकी कल्पना गुरुङ रहेकी छन् ।
त्यसैगरी महासचिवमा काभ्रेका विनोदकुमार खुलाल,सचिवमा धनकुटाका ऐनविक्रम कुँवर, कोषाध्यक्षमा अर्घाखाँचीका सुशील खनाललाई राखिएको छ ।
सदस्यहरुमा सुष्मा खड्का दोलखा,पारसमणि फुँयाल दोलखा,रौतहटकी सरिताकुमारी पाण्डे,कैलालीका रुपबहादुर रावल,अर्घाखाँचीका रोशन ज्ञवाली,सल्यानका वीरबहादुर रावल र तारिकाकुमारी रावल, दोलखाकी सुशीला खड्का, बर्दियाकी सविना ज्ञवाली र नुवाकोटका विशाल केसी रहेका छन् ।
त्यस्तै काठमाडौंका स्मारिका खत्री, गुल्मीका प्रकाश कँडेल, सोलुखुम्बुका श्यामकुमार राई कुलुङ,अछामका गोकर्ण ढुंगाना, रौतहटका सुरेन्द्र साह,सल्यानका वेदबहादुर भण्डारी,कैलालीकी अस्मिताकुमारी रावल,बाराका रेयाज अन्सारी र भोजपुरका राजन भण्डारी पनि राईको केन्द्रीय समिति सदस्य हुन् ।