वीरगन्ज । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका ११ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी हित विपरितको गतिविधि गरेको भन्दै ११ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार स्पष्टीकरणमा पर्नेमा नेपालसहित झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीलगायत रहेका छन् ।उनीहरु विपक्षी गठबन्धनका नेतालाई प्रधानमन्त्री बनाउन लागिपरेको आरोप लगाइएको छ । उनीहरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ ।