वीरगंज । अनेक अड्कलबाजीका बीच जनता समाजवादी पार्टीको पूरै हिस्सा केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ ।अध्यक्षद्वय महन्थ ठाकु र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै जसपा प्रतिपक्षमा बस्ने बताएका हुन् । तर, राष्ट्रिय सहमतिकको सरकार बन्ने र आफ्नै नेतृत्वमा सरकार गठन हुने अवस्था आए भने अघि बढ्ने उनीहरुको संयुक्त घोषणा छ ।
फुटतर्फ अघि बढेको आकलन गरिएको जसपाका दुई नेताले संयुक्त विज्ञप्ति जारी गरेपछि विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री केपी ओलीलाई बहुमत नपुग्ने प्रष्ट भएको छ ।
जसपाले प्रतिपक्षमै बस्ने निर्णय गरेपछि प्रधानमन्त्रीलाई एमालेको १२१ सिटबाहेक अरु दलको समर्थन नहुने देखिएको हो ।