• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    कोरोनाबाट निको भएकाको ज्यान बचाउन आँखा निकाल्न बाध्य पार्ने ‘ब्ल्याक फंगस’ के हो ?

  • वीरगंज संजाल
  • May 18, 2021, 2:36 pm
  • ४५२९

    भारत। भारतमा कोरोनाबाट निको भएका सयौं बिरामीहरुमा अर्को संक्रमण देखिएपछि उनीहरुको आँखा निकाल्नु परिरहेको छ । भारतका विभिन्न ठाउँमा यो संक्रमणमा परेर आँखाको ज्योति गुमाउने बिरामीको संख्या सयौं भइसकेको छ । पछिल्लो पटक सोमबार इन्दौरको एमवाइ अस्पतालमा २ जनाको आँखा निकालिएको छ । यी बिरामीहरु ५० र ६५ वर्षका छन् । उनीहरुको ज्यान बचाउनको लागि डाक्टरहरुसँग आँखा निकाल्ने बाहेक अरु विकल्प बाँकी थिएन ।

    यी बिरामीहरुले कोरोनाभाइरसलाई जितिसकेका थिए । तर, कोरोना संक्रमणबाट मुक्त भएका यी बिरामीमा नयाँ संक्रमण देखिएको थियो । यो नयाँ संक्रमणलाई चिकित्सकीय भाषामा म्युकरमाइकोसिस र सामान्य बोलीचालीको भाषामा ब्ल्याक फंगस भनिन्छ । यी बिरामीहरुमा सुगर लेभल अत्यन्तै बढेको थियो । यही कारण उनीहरुलाई फंगल अर्थात ढुसीको संक्रमण भएको थियो । आश्चर्यको कुरा यी २ बिरामीलाई पहिले मधुमेहको कुनै समस्या थिएन ।

    भारतीय अखबार दैनिक भास्करका अनुसार इन्दौरमा देखिएका यी दुई केस नयाँ होइनन् । पछिल्लो समय कोरोना संक्रमित र कोरोना जितिसकेकाहरुमा म्युकरमाइकोसिसको संक्रमणका केसहरु ठूलो संख्यामा देखिएका छन् । यो दुर्लभ र प्राणघातक फंगल संक्रमण हो । यसको समयमै उपचार गरिएन भने आँखाको ज्योति जानुका साथै मृत्यु पनि हुन सक्छ । साइनस अर्थात नाकको भित्री तन्तुहरु हुँदै आँखासम्म पुग्ने यो संक्रमणलाई पूरै शरीरमा फैलिनबाट रोक्न डाक्टरहरुले बिरामीको अपरेशन गरेर संक्रमित आँखा वा बंगाराको माथिपट्टिको उक भाग निकाल्नु पर्छ ।

    म्युकरमाइकोसिले बिरामीको साइनसका साथै आँखा, मस्तिस्क, फोक्सो वा छालामा पनि आक्रमण गर्न सक्छ । समय छँदै यसलाई नियन्त्रित गरिएन भने यो प्राणघातक हुन्छ । ब्ल्याक फंगसले धेरैजसो रोग प्रतिरोधी क्षमता कमजोर भएकाहरुलाई आक्रमण गर्छ । बलियो प्रतिरोधी क्षमता भएकालाई सामान्यतया ब्ल्याक फंगसको खतरामा रहेको मानिँदैन । कोभिड टास्क फोर्सका अनुसार कोरोना संक्रमित रहेकै क्रममा ब्ल्याक फंगसको संक्रमण भए बिरामीको ज्यान जाने खतरा बढ्छ ।

    विशेषज्ञका अनुसार बिरामी जति लामो समयसम्म अस्पतालमा रहन्छ र जति लामो समयसम्म स्टेरोएड औषधि खाइरहन्छ उसलाई ब्ल्याक फंगसको खतरा बढ्दै जान्छ । ब्ल्याक फंगर पहिले नै हावा र माटोमा हुन्छ । ब्ल्याक फंगसका हावामा भएका कण नाकबाट प्रवेश गर्छन् । त्यहाँबाट फोक्सो र त्यसपछि रगतको माध्यमबाट मस्तिस्कमा पुग्छन् । नाकबाटै यसको संक्रमण साइनस हुँदै आँखासम्म पुग्छ । बिरामीको छाती वा टाउकोको एक्स रे वा सिटी स्क्यानबाट यसको संक्रमण पत्ता लगाउन सकिन्छ ।

    यो संक्रमण अहिले भर्खरै आएको नयाँ संक्रमण भने होइन । यो माइक्रोमाइसिट्स नामको ढुसीका कारण हुन्छ र यो शरीरमा तीब्र रुपमा फैलिने संक्रमणको रुपमा चिनिन्छ । यसअघि यसलाई जाइगोमाइकोसिस नामबाट चिनिन्थ्यो । अहिले कोभिड संक्रमण भएका वा निको भइसकेका बिरामीमा यो संक्रमण धेरै देखिन थालेको छ । यसको उपचार चाँडै नै गरिए एन्टिफंगल औषधिबाट पनि निको हुन सक्छ र ढिलो भएमा संक्रमित अंग निकाल्नको लागि शल्यक्रिया पनि गर्नुपर्ने हुन सक्छ ।

    यो संक्रमणको उपचार एन्टिफंगल औषधिबाट हुन्छ र ढिलो भए शल्यक्रिया पनि गर्नुपर्ने हुन सक्छ । डाक्टरका अनुसार यो संक्रमणबाट बच्नको लागि मधुमेह नियन्त्रण गर्नु अत्यन्तै जरुरी हुन्छ । बिरामीलाई स्टेरोएड औषधिहरु कम गर्नुपर्छ र इम्युन मोड्युलेटिङ औषधि बन्द गर्नुपर्छ । कोभिड टास्क फोर्सका अनुसार शल्यक्रियाभन्दा अगाडि शरीरमा पानीको उचित मात्र कायम गर्न ४ देखि ६ हप्ता आइभी स्लाइन पानी चढाउनुपर्ने हुन सक्छ । यसअघि एन्टिफंगल थेरापी दिनुपर्छ जसमा अफ्टोटेरिसिन बी नामको सुइ प्रमुख हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑