• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    चीन–अमेरिका प्रतिस्पर्धाको अर्को क्षेत्र : अन्तरिक्ष !

  • वीरगंज संजाल
  • May 16, 2021, 5:38 pm
  • ३५८९

    चीन | चीनको क्विङहाई प्रान्तस्थित टेन्टबाट निस्किएर दुई व्यक्ति बाहिर निस्केर त्यस्तो ठाउँतर्फ अघि बढ्छन्, जसले धुम्म आकाशमुनीको कुनै बाहिरी ग्रहको दुनियाँको झल्को दिन्छ । भारी स्पेस सुट लगाएर उनीहरु उजाड जमिनमा घुम्न थाल्छन् । उनीहरु पछाडि एउटा संंकेत हुन्छ, जसमा ‘मार्स क्याम्प’ लेखिएको हुन्छ । क्याम्पको टुप्पोमा चिनियाँ झन्डा फर्फराइरहेको छ ।

    चीनको सुदूर उत्तरपपश्चिमी क्षेत्रस्थित क्विङहार्ई मरुभूमी बाहुल्य इलाका हो । यसको यारडाङ क्षेत्र मंगलग्रहजस्तै देखिन्छ । त्यहाँ गुडिरहेका दर्जनांै पर्यटकलाई ल्याउने र लैजाने अफ रोड सवारी साधनहरु र फोटोग्राफरहरुले मात्र यो मरुभूमी वास्तविक मंगल ग्रह होइन भन्ने संकेत गर्नसक्छ ।दुई वर्षअघि यो पहिलोपटक खुला भएयता क्विङहार्ई क्याम्पले अन्तरिक्षको सपना पूरा गर्न चाहने हजारौँ पर्यटकहरुलाई आकर्षित गरिरहेको छ ।

    ‘हामी सधैं मंगल ग्रहबारे रुची राख्थ्यौँ र जब हामीले क्विङहाईमा रहेको मंगल शिविरबारे सुन्यौँ । तब हामीले अर्को विचार गरेनौं,’ जू सिनयाङले भने । यी व्यक्ति आफ्नो परिवारलाई लिएर सात घण्टाको यात्रापछि शिविर आइपुगेका थिए ।

    बक्स अफिसमा हिट भएको वन्डरिङ अर्थदेखि (स्पेन थिमको चिनियाँ साइन्स फिक्सन फिल्म), रकेट लन्चको लाईभ प्रशारणले देखाउँछ चिनियाँ मानिसहरु अन्तरिक्षका विषयमा कसरी आकर्षित भइरहेका छन् ।

    यो बढ्दो आकर्षण पछाडि चिनियाँ सरकारको आफ्नो महत्वाकांक्षा लुकेको छ । विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको यो देशले १९९२ सम्म अन्तरिक्ष कार्यक्रम सुरु गरेको थिएन । पूर्व सोभियत संघ र अमेरिकाले अन्तरिक्ष कार्यक्रम सुरु गरेको दशकौंपछि मात्रै चीन सरकारले १९९२ मा औपचारिक रुपमा अन्तरीक्ष मिशन सुरु गर्नका लागि कानून पास ग¥यो ।

    तर, ढिला सुरु भएपनि यो कार्यक्रम निकै तीव्रसँग अघि बढिरहेको छ । सन् २००३ मा चीनले आफ्नो पहिलो यान अन्तरिक्षमा पठायो र सन् २०११ मा अर्बिटमा आफ्नो पहिलो अस्थायी मोड्युल तैनाथ ग¥यो । २०१९ मा चन्द्रमाको टाढाको दूरीमा रोभर ल्यान्ड गर्ने चीन पहिलो देश बन्यो ।  त्यस्तै गत वर्षको अन्त्यमा उसले चन्द्रमाबाट चट्टानको नमूना ल्यायो, ४० वर्षभन्दा धेरै समयपछि चन्द्रमाबाट पृथ्वीमा ल्याइएको यो पहिलो चट्टान थियो ।

    चिनियाँ स्पेश स्टेशन (सिएसएस) ले स्वतन्त्र रुपमा डिजाईन र एसेम्बल गरेको कोर मोड्युललाई अर्बिटमा अघिल्लो महिना सफलतापूर्वक लन्च गरियो ।  कोर मोड्युलले अन्तरिक्ष यात्रामा रहेकाहरुलाई आवास र सेन्ट्रल कन्ट्रोल स्टेशन उपलब्ध गराउँछ । र, आगामी दुई वर्षभित्र स्टेशनमा बाँकी तत्त्वहरु इन्स्टल गर्ने काम गरिएपछि २०२२ भित्र पूर्ण रुपमा सिएसएस सञ्चालन हुने अपेक्षा गरिएको छ ।

    अमेरिका, रुस, क्यानेडा, जापान र युरोपेली युनियनको संयुक्त परियोजना अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा चीनलाई समावेश गरिएको थिएन, त्यसकारण विश्वको दोस्रो ठूलो अर्थव्यवस्थालाई आकाशमा आफ्नो प्रभाव बढाउन सिएसएस एक अवसर हो ।  सरकारी मिडियाहरुका अनुसार हबल टेलिस्कोपको दाँजोमा ३ सय गुणा धेरै फिल्ड भ्यू भएको बहुप्रतिक्षित हबल क्लास स्पेस टेलिस्कोपसहितको सिएसएसलाई चीनले भविष्यको वैज्ञानिक प्रयोगहरुका लागि एक हबका रुपमा कल्पना गरेको छ । आकाशगंगामा थोरै पर चीनले यसै महिना आफ्नो चूरोंग रोवरलाई मंगलग्रहमा उतार्न सफल भएको छ । योसँग् अमेरिकापछि मंगलग्रहमा रोबर तैनाथ गर्ने चीन दोस्रो देश बनेको छ । सोभियत संघले लगभग यसमा सफलता हासिल गरेको थियो, तर सफ्ट ल्यान्डिङको इन्जिनियरिङपछि यसको ल्यान्डर ११० सेकेन्डपछि अपरेशनमा असफल भयो ।

    अत्याधुनिक ‘सफ्ट पावर’

    बेइजिङको अन्तरिक्ष महत्वाकांक्षालाई २०१६ मा एक श्वेतपत्रमा समेटिएको थियो । अमेरिकाको प्रभुत्वलाई चुनौती दिँदै चीनलाई एक अन्तरिक्ष शक्ति बनाउने चाहनाले यस्तो गरिएको थियो । तियान्हेको सफल प्रक्षेपणपछि आफ्नो बधाई भाषणमा सी जिनिपिङले भनेका थिए, ‘अन्तरिक्ष कार्यक्रमलाई अघि बढाउनु एक प्रमुख रणनीतिक कदम हो, जसले चीनको भविष्यको विकासलाई निर्धारित गर्नेछ ।’

    अन्तरिक्ष शक्तिका रुपमा चीनको उदय भइरहेको छ र यसले अमेरिकासँगको प्रतिस्पर्धाबारे प्रश्न उठाएको छ । यद्यपि, अझै पनि शीतयुद्धका दौरान पूर्व सोभियत संघ र अमेरिकाबीच देखिएको प्रतिस्पर्धाको दाँजोमा यो कम नै छ । धर्तीमा अहिले अमेरिका र चीनबीचको सम्बन्ध निकै खराब अवस्थामा छ ।

    चीनले आफ्नो अन्तरिक्ष ब्रेक थ्रुको फाइदा सैन्य विकासमा लिन्छ भन्ने चिन्ता अमेरिकामा छ । ‘अमेरिकाको प्राथमिक चिन्ता चीनको सैन्य अन्तरिक्ष शक्तिबारे छ,’ कोर्नेल विश्वविद्यालयका लिंक हिनेस, जो चीनको अन्तरिक्ष नीतिबारे केन्द्रीत छन्, उनले भने, ‘यसले सम्भावित रुपमा युद्धमा अमेरिकाको बलियो स्थितिलाई नकार्न सक्छ ।’

    फेरि पनि चीनको अन्तरिक्ष कार्यक्रमले दुई देशबीचको शक्ति समीकरणलाई कसरी लेखाजोखा गर्छ भन्ने विषय बहसका लागि खुला छ । र, विज्ञहरुले चीनको अन्तरिक्ष सामर्थ्यलाई बढाइ–चढाइ गरिएकोतर्फ पनि ध्यानाकर्षण गराएका छन् ।

    चीनले जर्मनी र रुससहित धेरै देशहरुसँग अन्तरिक्षमा सहकार्य गर्ने प्रस्ताव गरिरहेको छ, मार्चमा रुससँग चीनले लुनार स्पेश स्टेशनका लागि सम्झौता गरेको थियो ।

    तियान्हे (चिनियाँ स्थायी स्पेश स्टेशन) अहिलेको आईएसएसभन्दा सानो हुनेछ । यदी संयुक्त प्रायोजकहरुले अन्य निर्णय नगरेमा २०२४ मा आईएसएसको समयसीमा सकिदैछ ।

    तियान्हेको आयु, सिएसएसका  प्रमुख आर्किटेक्ट झु जोङपेन्गका अनुसार १० वर्षमात्रै छ । यो आईएसएसको दाँजोमा निकै कम हो । र, लंग मार्च ५ बी रकेट, जसले कोर मोड्युललाई अन्तरिक्षमा लग्यो र अनियन्त्रित रुपमा पृथ्वीमा फर्कियो, यसको अवशेषलाई अनुमति दिएकोमा चीनको आलोचना समेत भएको थियो ।

    नासाका व्यवस्थापक बिल नेल्सनले लंग मार्च पृथ्वीमा फर्किएपछि विज्ञप्तिमार्फत भनेका छन्, ‘उनीहरुको यानको अवशेष हेर्दा आवश्यक मापदण्ड कायम गर्न चीन असफल भइरहेको छ ।’

    ‘सफ्ट पावरको प्रयोगबाहेक यी सबैबाट चीनले के हासिल गर्छ भन्ने ठ्याक्कै स्पष्ट छैन,’ हाइनेसले भने, ‘यद्यपि, ठूलो रुपमा स्पेस कार्यक्रममा खर्च गरेर बेइजिङले अन्य क्षेत्रमा हासिल गरेको लाभलाई समेत कटौती गर्ने जोखिम मोलिरहेको छ ।’

    चीनको अन्तरिक्ष कार्यक्रमका लक्षित दर्शक अमेरिकामा नहुा पनि सक्लान्, तर घरनजिक अवश्य छन् । अन्तरिक्षको सफलताले स्पेस क्याम्पमा जाने हजारौँदेखि भर्चुअल विश्वमा विकासबारे बहस गर्नेहरुसम्म, देशका नागरिकहरुमा राष्ट्रिय गौरव बढेको छ । ‘हामी अन्तरिक्ष स्टेशन सबै आफ्नै बुतामा बनाउँदैछौं । यो हामी सबै चिनियाँका लागि विजय हो,’ तियान्हे लन्च भएपछि एक व्यक्तिले विबोमा कमेन्ट गरेका थिए ।

    स्रोत : अलजजिरा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑