• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपाको संयुक्त बैठक गर्न महन्थलाई अपिल गर्ने उपेन्द्र पक्षको निर्णय, बहुमतले पेल्ने रणनीति

  • वीरगंज संजाल
  • १ जेष्ठ २०७८, शनिबार २०:२६
  • ५९२१

    वीरगंज । जनता समाजवादी पार्टी (जसपा) भित्र चर्किएको विवाद समाधानका लागि शीर्ष तहमा संयुक्त बैठक गरेर पार्टीमा छलफल चलाउने निर्णय अध्यक्ष उपेन्द्र यादव पक्षले गरेको छ ।शनिवार पार्टी कार्यालय बालकुमारीमा बसेको उपलब्ध केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको अनौपचारिक बैठकले पार्टीका बैठकहरू बोलाउन शीर्ष तहमा अपिल गर्ने निर्णय गरेको हो ।

    अध्यक्ष उपेन्द्र पक्षीय कार्यकारिणी सदस्य मोहम्मद ईश्तियाक राईले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग संयुक्त कार्यकारिणी समिति र केन्द्रीय समिति बैठक राख्न आग्रह गर्ने निर्णय भएको बताए । यसका लागि अध्यक्ष उपेन्द्र लगायत नेताले अध्यक्ष महन्थ र नेता राजेन्द्रसँग वार्ता गर्ने भएका छन् ।

    पार्टीको ५१ सदस्यीय कार्यकारिणी समिति बैठक र ८०१ सदस्यीय केन्द्रीय समिति बैठक जूममार्फत राख्न आग्रह गरिने नेता राईले बताए । ‘पार्टीलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउनु हुँदैन । पार्टीका बैठक राखेर सहमति भए सहमतिमा र नभए बहुमतीय आधारमा निर्णय गर्नुपर्छ,’ उनले भने ।

    अध्यक्ष उपेन्द्र पक्षले पार्टीमा आफ्नो बहुमत रहेको दाबी गरेको छ । ५१ सदस्यमध्ये शनिवारको बैठकमा २८ कार्यकारिणी सदस्य उपस्थित रहेका नेता राईले दाबी गरे । पार्टीमा अध्यक्ष महन्थ पक्षले पनि आफ्नो बहुमत रहेको दाबी गर्दै आएको छ ।

    शनिवारको बैठकले नयाँ सरकार गठनको प्रयास भइरहेका बेला सांसदहरूलाई भक्तपुरको रिसोर्टमा थुनिएकोप्रति आपत्ति जनाएको छ । जसपा कार्यकारिणी सदस्य तथा सांसद रामसहाय यादवले उपलब्ध कार्यकारिणी सदस्यको अनौपचारिक बैठकबाट सांसदलाई थुनिएको घटनाको घोर भर्त्सना गर्ने निर्णय भएको जानकारी दिए ।

    शनिवार उपेन्द्र पक्षले पार्टी कार्यालय बालकुमारीमा उपलब्ध कार्यकारिणी सदस्यको बैठक गरेको छ । बैठकले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चुनेको भनेर गरिएको प्रचारलाई विधान विपरीत ठहर गरेको छ ।

    ‘त्यो निर्णय पार्टी र संसदीय दलको विधान विपरीत रहेको छ, यसबारे कुनै निर्णय नभएको भनेर संसद सचिवालयलाई ध्यानाकर्षण गराउने निर्णय भएको छ,’ यादवले लोकान्तरसँग भने ।

    बैठकपछि केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै संसदीय दलको नेता नचुनिएको बताएका छन् । उनले पार्टीको विधान समेत नबनेको र संसदीय दलको बैठक पनि नबसेको स्पष्ट पारेका छन् ।बैठकबारे अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई कुनै जानकारी गराइएको थिएन । ठाकुरले प्रेस विज्ञप्ति जारी गरेर जसपाको कुनै बैठक नरहेको दाबी गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑