वीरगञ्ज । कोभिड १९ को बढ्दो संक्रमण रोक्न निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ५१ पुगेको छ ।गृह मन्त्रालयले जारी गरेको सूचनामा हालसम्म ५१ जिल्लाले निषेध आदेश जारी गरिएको तीमध्ये ३७ जिल्लामा पूर्ण र १४ जिल्लामा जोखिम क्षेत्र निर्धारण गरी निषेधाज्ञा लगाइएको उल्लेख छ ।
हिजोसम्म ४६ जिल्लामा निषेधाज्ञा कायम गरिएको थियो । आजबाट पाँच जिल्ला थपिएका हुन । निषेधाज्ञा जारी गर्ने सूचीमा थप भएका जिल्लाहरुमा मुगु, बारा, सिराहा, तनहु, म्याग्दी र रोल्पा रहेका छन् । ति केही जिल्लामा आजदेखि भने केही जिल्लामा भोलीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिको छ ।
हाल देशका २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित भेटिएका छन् भने १४ जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । पहाडमा २०० सहरी इलाकामा ५०० बढी सक्रिय संक्रमित रहेमा निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई दिएकाो छ ।
। काठमाडौँ उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्मका लागि थप गरिएको छ।