• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा बैशाख ३० गतेसम्मका लागि लम्बियो लकडाउन

  • वीरगंज संजाल
  • २१ बैशाख २०७८, मंगलवार १६:१०
  • २९०५

    बीरगन्ज, २१ बैशाख- जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले पर्सामा जारी लकडाउनलाई बैशाख ३० गते सम्मका लागि लम्ब्याउन सिफारिस गरेको छ ।

    बैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा बुधबार बिहान सकिन लागेकोमा फेरि बैशाख ३० गते सम्मका लागि थपिएको हो ।

    जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले बैशाख ३० गते राति १२ बजेसम्मको लकडाउन लगाउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो ।

    बिरगन्जस्थित नारायणी अस्पतालका बेडहरु संक्रमितले भरिएका छन् । बेड नपाएर अधिकांश संक्रमित होम आइसोलेसनमै बसिरहेका छन् ।

    पछिल्लो एक हप्ताको तथ्यांक हेर्ने हो भने दैनिक सरदर १ सय देखि १५० दिनहुँ थपिरहेका छन् ।घरघरै संक्रमित बढेपछि निषेधाज्ञा लगाएर कोभिड फैलिन रोक्ने प्रयास गरिएको हो ।

    जल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCCMC)का निर्णयहरु (२०७८-०१-२१)

    निर्णय नं १

    DCCMC को पूर्ववत् बैठकका निर्णयहरु कार्यान्वयनको समिक्षा गरियो ।

    निर्णय नं २

    हाल जिल्लाको कोभिड-१९ को संक्रमणको अवस्था नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा भए/गरेका कामको समिक्षा गर्दै यस सम्बन्धमा नेपाल सरकार, प्रदेश सरकारका निर्णय र निर्देशनहरु DCCMC एवं स्थानीय तह र सम्बद्ध निकायहरुबीचको आपसी समन्वयमा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने/गराउने ।

    निर्णय नं ३

    नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८-०१-१९ को कोभिड-१९ नियन्त्रण सम्बन्धी निर्णयहरु बैठकमा प्रस्तुत भई छलफल भयो र यसको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरियो ।

    निर्णय नं ४

    यस जिल्लामा संचालित अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई पूर्ण क्षमतामा संचालन गर्न अनुरोध गर्ने र यसका लागि चाहिने आवश्यक सहयोग गर्ने । हाल उत्पादित अक्सिजन स्वास्थ्य क्षेत्रमा उपलब्ध गराउने । अन्यत्र क्षेत्रमा आपूर्ति नगर्ने । अक्सिजन उद्योगहरुबाट हुने अक्सिजनको उत्पादन, भन्डारण र बिक्री वितरणको दैनिक अनुगमन एवं प्रतिवेदन गर्ने व्यवस्था जिल्ला प्रशासन कार्यालयले मिलाउने ।

    निर्णय नं ५

    यस जिल्लामा कोभिड-१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि जारी भएको निषेध आदेश कोभिड-१९ को संक्रमणको श्रृङ्खला तोड्न (Chain Break गर्न) उपयोगी भएको देखिएकोले हाल जारी आदेशलाई यही मिति २०७८-०१-३० गते राती १२:०० बजेसम्म थप गर्न उपयुक्त हुँदा सो को लागि प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरियो ।

    निर्णय नं ६

    कोभिड-१९ को संक्रमित विरामीको उपचार गर्न बीरगंज महानगरपालिकाद्वारा बीरगंज महानगरपालिका भित्र उपयुक्त स्थानमा १०० बेड क्षमताको कोभिड-१९ अस्थायी विशेष अस्पताल यथाशिघ्र सञ्चालनमा ल्याई उपचार सेवा शुरु गर्ने । त्यसैगरी तत्कालै १०० बेड क्षमताको आईसोलेशन सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउने ।

    निर्णय नं ७

    कोभिड-१९ को परिक्षण गर्ने कार्यलाई सहज बनाउन बीरगंज महानगरपालिकाले उपयुक्त स्थानमा स्वाब संकलन केन्द्र स्थापना गरी स्वाब संकलन गर्ने र संकलित स्वाबको परिक्षण नारायणी उपक्षेत्रीय अस्पतालमा गर्ने व्यवस्था मिलाउने ।

    निर्णय नं ८

    नारायणी अस्पताल विकास समिति, पर्साबाट माग गरिएका निम्न २ जना कर्मचारीहरुलाई कोभिड-१९ को विरामीको उपचार गर्ने काममा खटाईएकोमा निजहरुसँग नारायणी अस्पतालले बढिमा चार महिनाको करार सम्झौता गरी सोही अस्पतालले कार्य गरेको प्रमाणित गरेको आधारमा निजहरुलाई प्रदेश सरकारले DCCMC लाई उपलब्ध गराएको बजेटबाट नियमानुसारको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरियो ।

    निम्न

    डा. राजिब यादव

    नन्दन कुमार सिंह

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी
  • कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
  • बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु
  • बेल जुस उत्पादन गर्दै सामुदायिक वन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    News

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    News

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    News

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    News

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑