नेपाल वैश्य युवा संघद्वारा आयोजित प्रदेश न२ स्तरीय वैश्य सम्मेलन सम्पन्न
वीरगंज संजाल
२१ चैत्र २०७७, शनिबार २२:५४
३५२१
बीरगंज | नेपाल वैश्य युवा संघद्वारा आयोजित प्रदेश न२ स्तरीय वैश्य सम्मेलन धनुषाको ढल्केवरमा सम्पन्न भएको छ।वैश्य समाजको राष्ट्रिय पहिचान, जातीय स्वाभिमान र आत्मसम्मान रक्षाको लागी क्रियासील नेपाल वैश्य युवा संघले सो सम्मेलनको आयोजना गरेको थियो।
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय शैलेन्द्र साह को प्रमुख अतिथि मा सम्पन्न कार्यक्रममा, अतिथि मा प्रदेश सांसदहरू माननीय शिव चन्द्र चौधरी, माननीय सुरिता साह, माननीय निरा कुमारी साह, सबैला नगरपालिकाको प्रमुख श्री बिजय शंकर साह, पुर्व मन्त्री अरबिन्द साह, वैश्य कन्या छात्रावास जनकपुरधामको अध्यक्ष इ.प्रकाश चन्द्र साह लगायत दर्जनौं विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।
१५ जिल्लाको वैश्य समाजको उपस्थितिमा प्रदेश न.२ स्तरीय वैश्य सम्मेलनबाट श्री राजु साहको अध्यक्षतामा २५ सदस्यीय नेपाल वैश्य युवा संघको प्रदेश समिती गठन गरियो छ।आजको कार्यक्रममा एसिड पीडित आरती साहलाइ तत्काल समाजको व्यक्तित्वहरुबाट संकलन गरेर नगद रु. ४१,५००/- आर्थिक सहयोग गरियो थियो।
धनुषाको ढल्केवर स्थित राधाकृष्ण मन्दिरमा सम्पन्न सम्मेलनको अध्यक्षता नेपाल वैश्य युवा संघका केन्द्रिय अध्यक्ष दिलीप साह, स्वागत मन्तव्य कार्यक्रम सह-संयोजक सुरेश साह, धन्यवाद मन्तव्य प्रमोद साह हलुवाइ र कार्यक्रम संचालन बिशेश्वर साह हलुवाइज्युले गर्नु भएको थियो।