आज:
  • होमपेज / Breaking News

    ब्रह्माण्डमा ताराको संख्या कति छ ?

  • वीरगंज संजाल
  • १२ चैत्र २०७७, बिहीबार ०४:१५
  • ५४५७

    वीरगन्ज ।हामी रातमा आकाशमा धेरै तारा देख्छौँ, हाम्रो मनमा सधैँ एउटा जिज्ञासा उठिरहन्छ । त्यो हो, आखिर ब्रह्माण्डमा कति तारा होलान् त ?

    वैज्ञानिकहरूले पृथ्वीमा जति समुद्री तट छन् । त्यसमा जति बालुवाका कण छन्, त्यति नै संख्यामा ब्रम्हाण्डमा तारा रहेको दाबी गरेका छन् ।

    अमेरिकी खगोलविद् कार्ल सगनले एक टेलिभिजन सोमा यस्तो दाबी गरेका हुन् । तर, उनको दाबी सही हो त ? के ब्रम्हाण्डमा रहेका ताराको गणना सम्भव छ त ?

    क्याम्ब्रिज युनिभर्सिटीका खगोलविद् प्रोफेसर गैरी गिरमोर हमारीले आकाशगंगामा रहेका ताराहरूको गणना गरिरहेका छन् ।

    आकाश गंगामा पृथ्वीलगायत सबै ग्रह अर्थात् सौर्यमण्डल रहेको छ । प्रोफसर गैरीले सो प्रोजेक्टको अगुवाइ गरिरहेका छन् । उनको टिमले युरोपेली अन्तरिक्षयानका माध्यमबाट आकाशगंगामा रहेको ताराको गणना गरिहेको छ ।

    आकाशगंगामा २० हजार करोड तारा

    प्रोफेसर गिरीले बिबिसीसँग भनेका छन्, ‘दूरीका हिसाबले हाम्रो टोलीले पहिल्यै तथ्यांक जारी गरेको छ । जसमा ताराको संख्या करिब २ अर्ब रहेको छ । तर, यो संख्या आकाशगंगामा रहेका कुल ताराहरूको एक प्रतिशत मात्र हो ।’

    आकाशगंगामा करिब २० हजार करोड तारा हुन सक्छन् । तर, यो एउटा आकाशगंगाको मात्र तथ्यांक हो ।

    त्यसो भए पूरै ब्रह्माण्डमा कति तारा छन् त ?

    प्रोफेसर गैरी गिरामोर भन्छन्, ‘अरू आकाशगंगामा पनि हाम्रै आकाशगंगाको बराबर तारा हुन सक्छन् । तर, हामीले ब्रह्माण्डमा कति तारा छन् भने पत्ता लगाउन सकियो भने कुल ताराको संख्याको अनुमान लगाउन सकिन्छ ।’

    ब्रह्माण्डमा १० हजार करोड आकाशगंगा

    ब्रह्माण्डमा आकाशगंगाको संख्या पत्ता लगानुअघि यो पत्ता लगाउनु जरुरी छ कि त्यो कति चम्किलो छ ? हाम्रै आकाशगंगामा रहेका तारासरह छन् कि फरक छन् ?

    प्रोफेसर गैरी भन्छन्, ‘यही पत्ता लगाउनका लागि हामीले आकाशगंगाको दूरी तथा आकार पत्ता लगाउनुपर्दछ । यसैबाट हामी यो यकिन गर्न सक्छौँ कि ब्रह्माण्डको विस्तार भइरहेको छ । यसलाई हर्बलको सिद्धान्त पनि भन्दछौँ ।’

    हर्बल सिद्धान्तअनुसार आकाशगंगाको चमक तथा पृथ्वीसम्मको दूरीबारे पत्ता लगाउने कोसिस भइरहेको गैरी बताउँछन् । ब्रह्माण्डमा १० हजार करोड आकाशगंगा रहेका छन् र प्रत्येक आकाशगंगामा करिब २० हजार करोड तारा छन् । अब यी संख्याहरूको योग गणना गर्ने हो भने ब्रह्माण्डमा रहेका ताराको संख्या पत्ता लगाउन सकिन्छ । अर्थात्, २ सय अर्ब खर्ब हुनेछ । बालुवाको कण कति ?

    बालुवामा कण कति छन् यो पत्ता लगाउनका लागि पहिले संसारमा कति समुद्री तट छन् र घनत्व कति छ ? तटको लम्बाइ, चौडाइ तथा गहराइको मापन गर्नुपर्दछ ।

    ओपन स्टिट्र म्यापमा एक प्रोजेक्ट रहेको छ, जसमा विश्वभरका करिब २० लाख मानिसले डाटा सेयर गर्ने गर्दछन् । अमेरिका, ब्रिटेन, क्यानडाका सरकारले नै यसमा आफ्ना डेटा सेयर गरेका छन् ।

    डेल्टर्सका शोधकर्ता जेनेडी डोनचेट्सका अनुसार ओपन स्ट्रिट म्यापको हिसाबअनुसार एउटा सुमुद्री तट औसतमा १.९ किलोमिटर लामो हुन्छ । त्यस हिसाबले विश्वमा करिब तीन लाख किलोमिटर समुद्री तट रहेको छ ।

    एक घन मिटर बालुवामा एक हजार करोड कण हुन्छ । अब यसको घनत्व पता लगाउनुपर्ने हुन्छ । समुद्री तट करिब ५० मिटर चौडाइ र करिब २५ मिटर गहिरो हुन्छ । यसलाई गुण आयतन निकाल्दा समुद्री तटको कुल आयातन ३७ हजार ५ सय करोड घनमिटर हुन आउँछ ।

    एक घनमिटर बालुवामा एक हजार करोड कण हुन्छन् । यस प्रकारले ३७ हजार ५ सय करोडलाई १ हजार करोडले गुणा गर्ने हो भने पृथ्वीमा समुद्री तटमा रहेका बालुवाको कणको संख्या पत्ता लगाउन सकिन्छ । यसरी हिसाब गर्दा बालुवाको कणको संख्या ३.७५ को पछाडि २१ वटा शून्य, अर्थात् ३७ अर्ब ५० करोड खर्ब हुन आउँछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑