• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    माधव पक्षको निर्णय : ओलीविरुद्ध तलैसम्म समानान्तर कमिटी

  • वीरगंज संजाल
  • २९ फाल्गुन २०७७, शनिबार ०६:१४
  • ३२६९

    वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी एमाले माधव नेपाल समूहले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कदम रोक्न समानान्तर कमिटी बनाउने भएको छ।

    ओलीले शुक्रबार केन्द्रीय कमिटी बैठक राखेर पार्टी संगठन विस्तार, प्रदेश इन्चार्ज नियुक्ति र केन्द्रीय कमिटीमा मनोनयन लगायत निर्णय गरेपछि माधव पक्षको आकस्मिक स्थायी कमिटी बैठक बसेको थियो।

    होटल अर्यालमा बसेको उक्त बैठकले पार्टी फुटाउने उद्देश्यसहित प्रधानमन्त्री ओलीले गरेका निर्णयविरुद्ध एकजुट हुन कार्यकर्तालाई आव्हान गरेको छ।

    नेपाल पक्षमा रहेका उपाध्यक्ष भीम रावलका अनुसार ओलीले गरेका निर्णय एउटा गुटका मात्रै भएको बताउँदै त्यसविरुद्ध कार्यकर्ता भेलाको तयारी गरिएको बताए।

    अध्यक्ष एवं प्रधानमन्त्री ओलीले महासचिव र अध्यक्षबाहेक पदाधिकारीको जिम्मेवारी खोसेर मंसिरमा महाधिवेशन गर्ने निर्णय गरे लगत्तै बसेको नेता नेपाल पक्षको बैठकले विधान विपरीत निर्णयको प्रतिवाद गर्ने निर्णय लिएको हो।

    ‘बैठकले कार्यकर्तालाई एकजुट हुन आग्रह पनि गरेको छ’, रावलले भने, ‘हामी ओलीका कदमको प्रतिरोध गर्छौँ। अब राष्ट्रिय भेलासम्मको कदम चाल्छौँ।’

    रावलले स्पष्ट नभने पनि नेपाल पक्षले ओलीविरुद्ध देशभरी समानान्तर कमिटी अभ्यास तयारी गरेको छ। उक्त बैठकले संसद् विघटन गर्ने योजना सफल नभएपछि अध्यक्ष ओलीले पार्टी फुटाउने प्रयास गरेको बैठकले निष्कर्ष निकालेको पनि रावलले बताए।

    ‘ओलीले पार्टीको विधान विपरित स्वेच्छाचारी र मनपरी किसिमले निर्णय गरेको छ’, उनले भने, ‘कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने कदमविरुद्ध सबैलाई एकताबद्ध गरेर नेकपाको रक्षाका लागि अग्रसर हुनेछौँ।’

    उनले प्रधानमन्त्रीले निर्लज्ज शैलीमा विधान मिचेको पनि आरोप लगाए। ‘प्रधानमन्त्री जस्तो मान्छेले खुलेआम पार्टीको विधान र सम्पूर्ण प्रावधान मिचेर जसलाई पायो त्यसलाई निकालिन्छ भने यो जस्तो  निर्लज्ज कुरा केही पनि हुन सक्दैन’, उनले भने, ‘२०४६ सालदेखि लगातार काम गर्ने मान्छेलाई अपमान गरेर पद र अवसरका लागि विभिन्न स्थानमा गएकालाई नेकपा एमालेमा स्वागत छ भनेर कम्युनिष्ट आन्दोलनलाई धरासायी पार्ने काम भएको छ।

    बाधा अड्काउ फुकाउने नाममा अध्यक्षले विधान विपरित काम गर्न नमिल्ने तर्क पनि रावलले गरे। उनले बाधा अड्काउ फुकाउने विषय पनि केन्द्रीय कमिटीको बहुमतले मात्रै गर्ने स्पष्ट पारे।

    प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रमाथि प्रहार गर्ने काम गरेका प्रधानमन्त्री ओलीको पछिल्लो निर्णय लोकतान्त्रिक र कम्युनिष्ट एकता विरोधी भएको टिप्पणी रावलले गरे।

    बैठकमा सहभागी अधिकांश नेताले नेकपा एमाले फुटाउने र कम्युनिष्ट आन्दोलनलाई सकाउने उद्देश्यसहित गरिएको निर्णय भएको बताएका पनि जानकारी दिए। प्रधानमन्त्री ओलीको निर्णयको विरोधमा सबैलाई एकतावद्ध हुन आव्हान गर्ने धारणा राखेको पनि रावलले बताए।

    भिडियो

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑