• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रचण्ड-नेपाल फैसला पुनरवलोकनमा जाने, ओलीले एमाले जगाउने

  • वीरगंज संजाल
  • २४ फाल्गुन २०७७, सोमबार ०६:४४
  • २७८१

    वीरगञ्ज । नेकपा एकतालाई बदर गर्नेगरी सर्वोच्च अदालतले दिएको फैसलाबाट सो पार्टीका विभाजित दुई समूहमा दुई खालको प्रतिक्रिया उत्पन्न भएको छ।पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालले नेतृत्व गरेको बहुमत पक्ष फैसलाको पुनरवलोकनमा जाने निष्कर्षमा पुगेको छ। उनीहरुले अहिले नेकपाकै रुपमा गतिविधि अघि बढाउने बताएका छन्।अर्कोतिर प्रधानमन्त्री केपी शर्मा ओली पक्षले भने नेकपा एमालेलाई क्रियाशील बनाउने भएको छ।

    प्रचण्ड–नेपाल पक्षले अदालतको फैसला त्रुटिपूर्ण रहेको र त्यो कार्यान्वयन हुन नसक्ने निष्कर्ष निकालेको छ।ओलीले भने आफ्नो पक्षको संसदीय दलको बैठकमा नेकपा एमालेको बैठक चाँडै बोलाउने बताएका छन्।‘सूर्य चिन्ह कसको हो भन्ने विषयमा पनि अदालतको फैसलाले टुंग्याइदिएको छ,’ ओलीको भनाइ थियो।त्यसो त ओलीनिकट कतिपय सांसदहरुले पुनर्स्थापित संसदको पहिलो बैठकमा नेकपा एमालेको सांसदको हैसियतमा उपस्थित भएको बताएका थिए।

    पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुवै समूहले नेकपाको नाममा गतिविधि गर्दै आएका थिए।दुवै पक्षले आफूहरु आधिकारिक भएको दाबी गरेपनि निर्वाचन आयोगले आधिकारिकताको फैसला गर्न सकेको थिएन्। प्रधानमन्त्री ओली पक्षले पूर्व एमालेलाई आफ्नो पक्षमा ल्याउन प्रयास गरेको थियो। तर त्यसलाई राजनीतिक रुपमा अघि बढाउन सकिरहेको थिएन।ओलीलाई अदालतको फैसलाले सहज बनाएको छ। ओली समर्थित अनेरास्ववियुका कार्यकर्ताहरुले एमाले ब्युँतिएको र सूर्य चिन्ह प्राप्त हुने भन्दै दीप प्रज्ज्वलन गरेका छन्।

    माओवादी केन्द्रले समर्थन फिर्ता गरे विश्वासको मत लिने पनि ओलीले बताएका छन्। संसदीय दलको बैठकमा ओलीले एक महिनाभित्र विश्वासको मत लिने र आफूले जित्ने विश्वास व्यक्त गरेका थिए।तर, प्रचण्ड–नेपाल समूहले भने एकीकृत पार्टीको रुपमा आगामी दिनको गतिविधि जारी राख्ने भएका छन्।
    अनपेक्षित फैसला आएको बताउँदै सो समूह पुनरवलोकनमा जाने भएको छ। प्रचण्ड–नेपालसहितका नेताहरुले अदालतको फैसलापछि आइतबार साँझ कानुन व्यवसायीहरुसँग परामर्श गरेका थिए।

    कानुन व्यवसायीहरुसँग छलफलपछि सो समूहले अदालतले आइतबार गरेको फैसला कानुनी नभई राजनीतिक प्रकृतिको भएको समेत निष्कर्ष निकालेको छ।
    ‘फैसला कार्यान्वयनमा धेरै जटिलता छ। त्यसैले यसलाई कानुनी र संवैधानिक रुपमा चुनौती दिन्छौँ। पुनरवलोकमा जान्छौँ,’ स्थायी कमिटीका सदस्य रघुजी पन्तले भने, ‘सर्वोच्च अदालतको फैसला न्यायिक नभई बढी राजनीतिक देखिन्छ। एमाले र माओवादी एकीकृत भएर नेकपा बनेको हो। यो यथार्थ हो। त्यसलाई कसैले नकार्न सक्दैन। त्यसैले एकीकृत पार्टीकै रुपमा अघि बढ्ने छौँ।’नेकपाको नाममा दाबी गर्ने ऋषि कट्टेलले माग्दै नमागेको विषयमा अदालत प्रवेश गरेर फैसला गरेको उनीहरुको भनाइ छ।सो समूहले अदालतको फैसलापछिको अवस्थाको बारेमा थप निर्णय गर्नका लागि सोमबार स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑