• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    देश ‘शान्तिपूर्ण युगमा’

  • वीरगंज संजाल
  • २२ फाल्गुन २०७७, शनिबार ०७:०५
  • २८६५

    वीरगन्ज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्तत: शान्तिपूर्ण राजनीतिको बाटोमा फर्किएको छ। उक्त पार्टीका महासचिव विप्लव शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक भएका छन्। उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लवको उपस्थितिमा दुई पक्षबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ।

    सरकार र विप्लव पक्षका वार्ता टोलीबीच बिहीबार अन्तिम सहमति भएको थियो। सरकारका वार्ता टोली संयोजक एवं गृहमन्त्री रामबहादुर थापा, सदस्य प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टाई तथा विप्लवका वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र सदस्य उदय चलाउने ‘दीपक’ ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

    उक्त पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमत भएको सहमतिपत्रमा उल्लेख छ। सरकारले उक्त पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका उसका नेता, कार्यकर्ता रिहाइ गर्न र सम्पूर्ण मुद्दा खारेज गर्न सहमति जनाएको छ। यस्तै, दुवै पक्ष राजनीतिक समस्या वार्ताबाट समाधान गर्न सहमत भएको जनाइएको छ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले अब मुलुकमा हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा गरे। मुलुक अब शान्तिपूर्ण युगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो। ‘देश शान्तिपूर्ण युगमा प्रवेश गरेको छ, अब हिंसात्मक द्वन्द्व छैन’, सहमतिपत्रमा हस्ताक्षरपछि उत्साहित देखिएका प्रधानमन्त्री ओलीले भने, ‘यो बाटोमा पनि कोही छैन।’

    ओलीले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आएकोमा बधाईसहित स्वागत गरे। त्यति मात्र होइन, ओलीले शुभकामनासमेत दिए। उनले यो कदम ऐतिहासिक भएको धारणा व्यक्त गरे। ‘यो ऐतिहासिक योगदानप्रति राज्य र पार्टीको तर्फबाट हार्दिक धन्यवाद दिन्छु’, उनले भने। विप्लवले एउटै कदमले जनताको मन जितेको उल्लेख गर्दै उनले भने, ‘उहाँले एउटै कदमबाट जनताको मन जित्नुभएको छ। यो साहसिक कदम हो।’ उनले तीनबँुदे सहमति काफी भएको बताए। उनले भने, ‘यसमा धेरै कुराको निष्कर्ष छ।’

    उनले कुनै पनि समस्याको समाधान छलफल र वार्ता गरेर नै गरिने बताए। ‘कुनै समस्या छ भने त्यसको समाधान छलफल र वार्ताबाटै गर्ने हो, कुस्ती गरेर होइन’, उनले भने।

    उनले विप्लव नेतृत्वको पार्टीले शान्तिपूर्ण रूपमा सहमति कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘शान्तिपूर्ण गतिविधि गर्नुहुनेछ, संगठन शान्तिपर्ण ढंगले बनाउनुहुनेछ’, उनले भने। उनले विप्लवका नेता कार्यकर्ताविरुद्ध लगाइएका मुद्दा हटाएर रिहा गर्ने प्रतिबद्धता पनि जनाए। ‘उहाँका नेता हामी प्रक्रिया मिलाएर छाड्छाँै, मुद्दा मामिला छ भने अन्त्य गर्छौं’, उनले भने।

    नेकपाका महासचिव विप्लवले तीन बुँदे सहमतिप्रति प्रतिबद्धता जनाए। ‘हामी तीन बुँद्धे सहमतिमा प्रतिबद्ध छौँ, पालना गर्छौं’, महासचिव विप्लवले भने, ‘कहीँबाट आशंका र उत्तेजना, कुतर्क गर्न जरुरी छैन।’

    विप्लवले सरकारसँगको सहमतिलाई जुन र घामको भेटसँग तुलना गरे। ‘एउटा गीत छ, यो कस्तो प्रेम भयो जुन र घामको जस्तो कहिल्यै भेट नहुने भनेजस्तो। जुन र घामको भेट हुँदैन भनेर देउडामा गाइन्छ। हामी त्यस्तै त्यस्तै हुन थालेको जस्तो मान्छेले अनुमान गर्थे। तर, जुन र घामको पनि भेट हुँदो रहेछ’, उनले भने, ‘यो अगाडि पनि हाम्रो कुरा भएको थियो।’

    उनले प्रधानमन्त्रीसँग इमानदारीपूर्वक कुरा भएको उल्लेख गरे। उनले नेपाली जनतालाई नेतृत्व गर्ने अधिकार दिनुपर्ने बताए। ‘हामी कसैमाथि हमला गरेर हैन, हामी नेपाली जनताको श्रममथि उभिएर देश बनाउन चाहन्छौं। त्यो बनाउने नेतृत्व हामी गरौँ। त्यो छलफल चलेको थियो’, उनले भने।

    उनले कम्युनिस्ट विद्रोह र संघर्ष मात्र गर्ने नभई शान्तिका पक्षपातीसमेत रहेको बताए। ‘कम्युनिस्ट विद्रोहको द्योतक मात्र होइन, शान्तिको दूत पनि हुन्’, उनले भने, ‘देशमा उत्पीडनको अन्त्य भएपछि युद्ध पनि अन्त्य हुन्छ। यो युद्धको अन्त्य कम्युनिस्ट नै गर्छ।’

    उनले वैदेशिक हस्तक्षेप भए नझुक्ने बताए। ‘कसैले हामीलाई हस्तक्षेप गर्‍यो भने कुनै विदेशीले हामीलाई हमला गर्‍यो, हेप्न खोज्यो भने हाम्रो जीवन यही धर्तीमा गाडिन्छ’, उनले भने, ‘तर झुक्ने छैनौं। हाम्रो प्रतिबद्धता छ।’ सरकारले मंगलबार गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सम्मिलित वार्ता टोली बनाएको थियो। विप्लव पक्षले प्रवक्ता प्रकाण्ड र केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सम्मिलित वार्ता टोली गठन गरेको थियो।

    सरकारी वार्ता टोली सदस्य डा. भट्टराईले एक वर्षदेखि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भएको संवादपछि विप्लव शान्तिपूर्ण राजनीतिमा आएको बताए। अनौपचारिक संवाद हुँदै औपचारिक वार्तापछि विप्लव पक्षसँग सरकारले सहमति जुटाएको हो। तत्कालीन माओवादी १० वर्षे सशस्त्र द्वन्द्वपछि शान्तिपूर्ण राजनीतिमा आएको थियो। विप्लव पक्ष फेरि द्वन्द्वको बाटोतिर लाग्दा देशमा अशान्ति फैलिने हो कि भन्ने चिन्ता बढेको थियो।

    सरकारले विप्लव नेतृत्वको पार्टी र उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑