आज:
  • होमपेज / Breaking News

    प्रचण्ड–माधव समूह र कांग्रेसको निर्णय कुर्दै जसपा

  • वीरगंज संजाल
  • २० फाल्गुन २०७७, बिहीबार १४:४७
  • २९९७

    वीरगन्ज । प्रतिनिधि सभाको बैठक आउन तीन दिन बाँकी छ, तर त्यहाँ के भूमिका खेल्ने भन्नेमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसजस्तै तेस्रो ठूलो राजनीतिक दल जनता समाजवादी पार्टी (जसपा) पनि अनिर्णीत छ ।

    सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गर्दा पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई भारतमा थिए । भट्टराई बुधबार उपचार गराएर फर्किएकाले अब अनौपचारिक छलफल हुने पार्टीका नेताहरु बताउँछन् ।

    भारतबाट आएलगत्तै भट्टराईले राजनीतिक सहमति गरेर चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् । भट्टराईको भनाइलाई पार्टीका अन्य नेताले कसरी लिन्छन् यकिन छैन, तर जसपाका केही नेताहरु भने नेकपाको औपचारिक विभाजन र कांग्रेसको निर्णय कुरेर बसेका छन् ।

    जसपाका नेता राजकिशोर यादव नयाँ राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा बिहीबारबाट छलफल प्रारम्भ हुने बताउँछन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘पहिला पार्टीका सांसदबीच छलफल हुन्छ, त्यसपछि पार्टीका अन्य बैठकहरु समेत बस्नेछ ।’

    अहिलेसम्म जनता समाजवादी पार्टीका नेताहरुले नेकपा आधिकारिक रुपमा विभाजित नभएसम्म दुवै समूहलाई समर्थन गर्न नसकिने बताइरहेका छन् । प्रतिनिधि सभामा जनता समाजवादी पार्टीका ३२ सांसद छन् ।

    सो पार्टीका नेताहरुका अनुसार पार्टीको आधिकारिक धारणा सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्ने हो । तर ओलीले राजीनामा नदिने बताइसके पनि जसपाले अब के गर्ने भन्ने विषयमा ठोस धारणा बनाइसकेको छैन । नेता यादवले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिनु भएन भने अविश्वासको प्रस्ताव अर्काे विकल्प हो तर यस विषयमा के गर्ने पार्टीले कुनै निर्णय गरिसकेको छैन ।’

    यादवले नेकपाको प्रचण्ड–नेपाल समूह कसरी अगाडि आउँछ त्यसको आधारमा अगाडि बढ्ने बताए । उनले भने, ‘अहिले पहिलाको जस्तो अवस्था छैन, अविश्वासको प्रस्ताव पेस गर्दा वैकल्पिक प्रधानमन्त्रीको उम्मेदवार पनि दिनुपर्छ । यतिबेला हामी प्रधानमन्त्री परिवर्तन गर्ने भन्दा पनि समग्रमा सहमतिको आधारमा राष्ट्रिय राजनीतिलाई नयाँ ढंगले अगाडि बढाउन चाहन्छौं ।’

    पार्टीभित्र संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएमा त्यसलाई समर्थन गर्ने भन्ने विषयमा भने लगभग सहमति नै रहेको जसपाका अर्का नेता केशव झा बताउँछन् । उनले भने, ‘कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याएमा हामी त्यसलाई समर्थन गर्छौं र त्यसको सम्भावना पनि रहेको छ ।’ संख्याका कारण जसपा आफैं अविश्वासको प्रस्ताव ल्याउने अवस्थामा नरहेकाले कांग्रेसको निर्णय कुरिरहेको उनले बताए । उनले भने, ‘कांग्रेसले अविश्वासको प्रस्तावमा मतदान गरे जसपाले पनि मतदान गर्नसक्छ ।’

    नयाँ सत्ता समीकरणको लागि अब हुने वार्तामा जसपाले भने आफूले पहिलादेखि नै उठाउँदै आएको संविधान संशोधनको विषय उठाउने तयारी गरेको छ ।

    २०७२ सालमा संविधान जारी भएदेखि नै संविधान संशोधनको बारेमा ठूला दलहरुले पटक–पटक प्रतिवद्धता जनाएको तर धोका दिएको सो पार्टीको बुझाइ छ । यसबाहेक कैलाली घटनाको प्रमुख दोषी करार भएका रेशम चौधरी लगायतका नेताको रिहाइलाई पनि जसपाले प्रमुख मुद्दा बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑