• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    भारतीय बजेटबाट नेपालमा कस्तो प्रभाव

  • वीरगंज संजाल
  • Feb 21, 2021, 7:21 am
  • १९०९

    वीरगन्ज । भारत सरकारका तर्फबाट अप्रिल १ बाट शुरू हुने नयाँ आर्थिक वर्षका लागि गत हप्ता केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले नयाँ बजेट सार्वजनिक गरेकी छन् । भारतमा संघीय सरकारको बजेटमा सबैभन्दा ठूलो अंश रक्षा मन्त्रालयतर्फ परिचालन हुन्छ भने त्यसपछिको ठूलो अंश त्यहाँको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयमार्फत खर्च हुने गरेको छ । कृषि उपजको मूल्य निर्धारण एवम् समर्थन, सम्पूर्ण खाद्यान्न सुरक्षा, खाद्यान्नको सहज वितरण, गुणस्तर निर्धारणसहितको कार्यभार यो मन्त्रालयलाई दिइएको छ । त्यसैगरी, कृषि तथा किसान कल्याण मन्त्रालय सबैभन्दा बढी बजेट खर्च हुनेमा पाँचाैं स्थानमा रहन्छ । कृषिक्षेत्रमा आश्रित ठूलो जनसंख्याको कारण भारत सरकारले समग्र कृषिक्षेत्रलाई पहिलो प्राथकितामा बजेट उपलब्ध गराउँदै आएको छ ।

    नेपालको कृषि तथा औद्योगिक क्षेत्रको उत्पादन निरन्तर खस्कँदै गएकाले आगामी दिनमा चुनौतीहरू पनि थप चुलिँदै जान सक्ने देखिन्छ ।

    भारत सरकारले वितरण गर्ने बजेटको आकारमा गृह मन्त्रालयको स्थान तेस्रोमा नम्बरमा रहन्छ । त्यससँगै ग्रामीण विकास, सडक तथा यातायात र रेल मन्त्रालय तुलनात्मक रूपमा बढी बजेट विनियोजन हुने अन्य मन्त्रालय तथा क्षेत्रहरू हुन् । तर, नेपालको अर्थतन्त्रमा तात्कालिक रूपमा उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण क्षेत्र, कृषिक्षेत्र, साना तथा मझौला व्यवसाय र अन्य सामाजिक क्षेत्रमा विनियोजन भएको बजेटले नेपालमा असर पर्ने देखिन्छ । तसर्थ तुलनात्मक रूपमा यो क्षेत्रमा परिचालन हुने बजेटले नेपालको अर्थतन्त्र के कस्तो प्रभाव राख्छ भन्ने विषयको चर्चा गर्नु बढी सान्दर्भिक हुन्छ । ठूला पूर्वाधार विकासहरूको क्षेत्रमा हुने व्ययको प्रभाव नेपालको अर्थतन्त्रमा अल्पकालीन रूपमा कम रहने गर्छ ।

    भारत सरकारको आगामी वर्षको बजेटमा पूँजीगततर्फ पूर्वाधारहरूसहितका सम्पत्ति सृजना वा व्यवस्थापनका लागि चाहिने रकम करीब २६ प्रतिशतले वृद्धि गरिएको छ । उच्च पूँजीगत खर्चबाट रोजगारी सृजना गर्ने प्रमुख ध्येय बजेटको छ भने पूर्वाधारमा गरेको लगानीको परोक्ष लाभ अर्थतन्त्रमा साढे दुई गुणा रहने अपेक्षा गरिएको छ । रोजगारीको सृजनाका लागि निजी तथा सार्वजनिक लगानीमार्फत टेक्सटाइल्स्, वित्तीय सेवालगायत नयाँ हबहरूसमेत तयार गरिने प्रस्ताव गरिएको छ । साथै महिलाहरूको रोजगारीका लागि सवै काम वा सिफ्टहरूमा सामान रूपले अवसर दिने घोषणा गरिएको छ । पूर्वाधारहरूको विकासतर्फ पनि सडक, पाइपलाइन आयोजनाहरू, विमानस्थल, ट्रान्समिशन लाइन, रेल यातायात र खेलकुदको पूर्वाधारलाई विशेष महत्त्व दिइएको छ । सार्वजनिक यातायातको क्षेत्रमा सरकारको सहभागिता थप सुधार गर्ने र गैररणनीतिक सार्वजनिक संस्थानहरूलाई क्रमशः निजीकरण गर्दै जाने प्रस्ताव गरिएको छ ।

    कोभिड–१९ पछि विश्वभर देखिएको स्वास्थ्य बजेटको बढोत्तरीको लहर भारतमा पनि कायम भएको छ । आत्मनिर्भर स्वास्थ्य भारत योजनामार्फत स्वास्थ्य क्षेत्रका व्यापक सुधारको प्रस्ताव गरिएको छ । स्वास्थ्यतर्फको खर्च कुल गार्हथ्य उत्पादनको अनुपातमा १ दशमलव ८ प्रतिशत पुग्ने अनुमान गरिएको छ । कुल स्वास्थ्यतर्फको बजेटमा झन्डै १३७ प्रतिशतले वृद्धि भएको छ । कोभिड विरुद्धको भ्याक्सिनका लागि ३.५ खर्ब भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यस्तै पोषणका लागि विभिन्न कार्यक्रमलाई एकीकृत गर्ने, स्वास्थ्य सेवामा एकीकृत सेवातर्फ जोड दिने, विभिन्न स्थानहरूमा आकस्मिक अस्पतालहरू र करीब ४ हजारको एकाइमा स्वास्थ्य सेवा केन्द्रहरू स्थापना गर्ने लक्ष्य राखिएको छ ।

    कोभिड–१९ बाट थलिएको अर्थतन्त्रको पुनरुत्थानका विभिन्न योजनाहरूसहितको बजेटले आत्मनिर्भर भारत अभियानमार्फत कृषि तथा त्यससँग सम्बद्ध क्षेत्र, ऊर्जा, सामाजिक क्षेत्र, साना तथा मझौला उद्यमी र सरकारी संरचनाहरूमा सुधारलाई विशेष प्राथमिकता दिएको छ । कृषि ऋणमा छूट, कृषि पूर्वाधार कोष, कृषकलाई आपत्कालीन चालू पूँजी, पशुपालन पूर्वाधार कोष, कृषि बजारको संरचनामा सुधार र खाद्यान्नसम्बन्धी आवश्यक ऐनहरूमा सुधारलाई विशेष जोड दिएको छ । त्यसैगरी साना तथा मझौला उद्यमीको विकास र स्तरोन्नतिका लागि विनाधितो ऋण, उद्यमशील कोष, गरीब कल्याण योजना, साना तथा मझौला उद्यमीहरूलाई थप सुविधाका लागि उनीहरूको वर्गीकरणको संरचना सुधारलगायत प्रस्ताव गरिएका छन् ।

    बजेटमार्फत सरकारले विभिन्न योजना सार्वजनिक गरिरहेको भए पनि केन्द्रीय सरकारको गतवर्ष प्रस्तावित कृषि विधेयकको विरोधमा भारतभर लगातार आन्दोलन भइरहेको छ । तसर्थ सरकारको बजेटमाथि कृषकवर्गको असमर्थन भने झन् चुलिएको छ ।

    हरित उत्पादन योजनाअन्तर्गतका आलु, प्याज, गोलभेडालगायत २२ ओटा उच्च खपतका तरकारीहरूलाई रणनीतिक रूपमा उत्पादन बढाउने लक्ष्य राखिएको छ । यिनीहरूको उत्पादन लागतलाई ५० देखि ७० प्रतिशतसम्म कटौती गर्ने योजनाअनुरूप सोही आकारमा अनुदान दिने लक्ष्य लिइएको छ । साथै, ती वस्तुको मूल्यलाई एकीकृत मूल्य प्रणालीमार्फत मूल्य समर्थन दिने प्रस्ताव गरिएको छ । साना सिँचाइलाई दिँदै आएको बजेटमा वृद्धि गरिएको छ भने उत्पादनलाई बजारको पहुँच स्थापित गर्न विद्युतीय प्रणालीको उपयोग गर्ने ध्येय लिइएको छ । त्यसैगरी कोची, चेन्नाई, विशाखापत्तनम् लगायत पाँच प्रमुख केन्द्रलाई माछाको हबका रूपमा विकास गर्ने रणनीति लिइएको छ । तामिलनाडु क्षेत्रमा बहुउद्देश्यीय बीउबिजन पार्क र अनुसन्धान केन्द्र स्थापना गर्ने प्रस्ताव गरिएको छ ।

    पछिल्लो समय नेपाल र भारतको व्यापारमा नेपालतर्फको व्यापारघाटा चुलिँदै गएको छ । नेपालको कुल व्यापारमा नै भारतीय अंश २ तिहाइभन्दा बढी छ । तसर्थ भारतको बजेट, अर्थतन्त्र वा आर्थिक उतारचढावको परोक्ष प्रभाव नेपालको समग्र आर्थिक तथा सामाजिक क्षेत्रमा पर्नु स्वाभाविक हुन्छ । भारतको उत्पादनको लागतमा हुने कटौतीले नेपालमा आयात बढ्ने, सञ्चित बचत कोषमा व्ययभार बढ्ने भुक्तानी थप समस्याहरू पर्न सक्नेदेखि मुद्रास्फीतिसम्मका असरहरू पर्न सक्छ । समग्रमा भारत सरकारले कृषिमा अर्बौं लगानी गरिरहेको छ भने त्यसको तुलनामा नेपालमा कृषिमा प्राप्त हुने लगानी, सुविधा वा उत्पादनको अवस्था कमजोर छ । भारतमा कृषिक्षेत्रका अतिरिक्त समग्र औद्योगिक उत्पादनहरूको लागत न्यून हुँदै गएको अवस्थामा नेपालको आन्तरिक उत्पादनमा विभिन्न प्रकारको दबाबहरू पर्ने देखिन्छ । नेपालको कृषि तथा औद्योगिक क्षेत्रको उत्पादन निरन्तर खस्कँदै गएकाले आगामी दिनमा चुनौतीहरू पनि थप चुलिँदै जान सक्ने देखिन्छ ।

    उत्पादनका अतिरिक्त नेपालको सामाजिक क्षेत्रलाई भारतको अर्थतन्त्रले प्रभाव पर्ने हैसियत राख्छ । शिक्षा, स्वास्थ्य, रोजगारीलगायतमा भारत सरकारले दिने विभिन्न योजनाले नेपालसमेत ती क्षेत्रमा काम गर्न दबाब सृजना गर्नसक्छ । उदाहरणका लागि कोभिडको भ्याक्सिनका सबै काम भारतले यो वर्षभरिमा पूरा गर्ने लक्ष्य लिएको छ, जसको सकारात्मक दबाब नेपालमा पर्ने निश्चित छ । अर्थात् नेपालले पनि भारतका सामाजिक विकासका आयामहरूलाई अनुसरण गर्नुको अर्को विकल्प हुँदैन । यसको अर्थ सकारात्मक वा नकारात्मक दुवै प्रकारको हुन्छ र ती सामाजिक स्तरमा हुने क्रियाकलाप वा भारत सरकारको योजनाले नेपालमा परोक्ष पर्छ । त्यसैगरी भारतमा हुने पूर्वाधारको विकाससँगै त्यसको आर्थिक तथा सामाजिक प्रभाव राजगारी, श्रमशक्ति हुँदै समाजका विभिन्न तहमा समेत पर्नु नौलो होइन ।

    भारतको ठूलो आकारको अर्थतन्त्र र जनघनत्व नेपालका लागि चुनौतीसँगै अवसर पनि हो । भारतीयहरूको व्यक्तिगत आय क्षमतामा हुने वृद्धिसँगै त्यसको लाभ लिने अवस्था वा क्षमताको विकास गरी नेपालको हितमा उपयोग गर्नुपर्ने देखिन्छ । भारतीयहरूको व्यक्तिगत आयमा हुने वृद्धिसँगै नेपालको पर्यटनक्षेत्रलगायत अन्य क्षेत्रहरूमार्फत लाभ खिच्ने हैसियत बनाउनु आवश्यक छ । भारतको बजारलाई दृष्टिगत गरी नेपालको खनिज वा जलस्रोत, प्राकृतिक विविधता, उर्वर भूमि र ऊर्जाशील जनशक्तिको उपयोग गर्नु पनि नेपालका लागि अनुकूल हुन सक्छ ।

    लेखक आर्थिक विकास केन्द्र (नारेक) नेपालका निर्देशक हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑