• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    कसरी दौडिँदै छ बागमती करिडोर निर्माणको काम?

  • वीरगंज संजाल
  • Aug 14, 2026, 10:41 am
  • ०

    गत साता काठमाडौं–३ का रास्वपा सांसद राजुनाथ पाण्डेसहितको टोली बुलडोजर लिएर गोकर्णेश्वर मन्दिर क्षेत्र पुगेर पहिले राजनिकुञ्ज भनिने गोकर्ण वनको पश्चिमी पर्खाल भत्काउन अघि सर्‍यो।

    त्यसपछि कैयौंलाई लाग्यो— अब बागमती करिडोरको काम द्रुत गतिमा अघि बढ्छ।

    पाण्डेसँगै त्यहाँ काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त सुरज शाक्य लगायत अन्य सरोकारवाला पनि उपस्थित थिए।

    गोकर्णको वनको पर्खाल छेउ सांसद पाण्डे र नेपाली सेनाका क्याप्टेनबीच केहीबेर भनाभनपछि बागमती किनार छेउको करिब ५० मिटर पर्खाल भत्किएको एक साता बितिसकेको छ।

    त्यसयता त्यहाँ मोटरसाइकलका लागि बाटो छेक्ने र सैनिक क्षेत्रमा केही तारबार लगाउने बाहेक सडक निर्माणको कुनै काम हुन सकेको छैन।

    बुधबार साँझ म गोकर्णेश्वरको बागमती गल्छी पारि रहेको घटनास्थल पुग्दा पर्खालका इँटा असरल्ल छरिएका थिए। वनभित्रपट्टी केही सैनिक पहरा दिँदै थिए।

    उदांगो र पर्खालविहीन वनभित्रको बाटोबाट मानिसको आवतजावत जारी थियो। सैनिक क्षेत्रमा छोटो तारबार बाहेक भित्रबाट हरिण, बाँदर, बँदेलजस्ता जन्तु रोक्न कुनै नयाँ छेकबार थिएन।

    गत साता बुलडोजर चलाएर भत्काइएको गोकर्णेश्वरको बाँध माथिको खुला क्षेत्र। तस्बिर: सुरेन्द्र फुयाल
    पर्खाल भत्किएपछि नेपाली सेनाको आवास रहेको गोकर्णको वन भित्रको बाटोबाट हिँड्दै पदयात्री। तस्बिर: सुरेन्द्र फुयाल

    अब प्रश्न उठ्छ— एक सातासम्म पर्खाल भत्काइएको ठाउँमा नयाँ छेकबार बन्न कठिन हुने सहरभित्र ४४ किलोमिटर लामो बागमती करिडोर सडक निर्माण गर्ने पुरानो योजना कहिले पूरा होला?

    करिडोर सडकको प्रगति यस्तो छ — योजना बनेको २५ वर्षमा बागमतीको दुवै किनारै किनार तन्किने करिडोरको अझै आधा पनि बनिसकेको छैन।

     

    बागमती र अन्य नदी किनारमा करिडोर सडक निर्माणको जिम्मेवारी लिएको अधिकार सम्पन्न ‘बागमती सभ्यता एकीकृत विकास समिति’ का अनुसार बागमतीका दुवै किनार गरेर अहिलेसम्म १९ किलोमिटर सडक बनेको छ।

    उपत्यकाका सबै नदी किनार गरेर अहिलेसम्म जम्मा ३४ किलोमिटर करिडोर सडक बनेको छ।

    अधिकारीहरूका अनुसार बागमती करिडोरमा सडक बनाउने दिशामा गोकर्णेश्वरमा गत साता छताछुल्ल भएजस्तै थुप्रै बाधा अड्चनहरू छन्। समितिका इन्जिनियर रामबाबु शाहको भनाइमा भित्री सडकमा मात्रै होइन, सहर बाहिर पनि थुप्रै बाधाअड्चन छन्। थुप्रै काम अव्यवस्थित बसोबासी, प्राचीन मन्दिर र निजी जग्गाको मुआब्जा दिनुपर्ने जस्ता कारण रोकिएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑