• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शौच गर्न जाँदा बलात्कृत

  • वीरगंज संजाल
  • २९ माघ २०७७, बिहीबार २२:२५
  • ३४५३

    विराटनगर | रातको समयमा शौच गर्न निस्किएकी बालिकामाथि सामूहिक बलात्कार गरिएको छ। सोमबार राति मोटरसाइकलमा आएका दुई युवाले अपहरणपछि १४ वर्षीया ती बालिकाको बलात्कार गरेका प्रहरीले जनाएको छ।

    घटनास्थल मोरङको जहदा गाउँपालिका–१ नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत पर्छ। उक्त ठाउँ बालिकाको घरभन्दा करिब डेढ किलोमिटर पर रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए। राति करिब ९:३० बजेतिरजबरजस्ती मोटरसाइकलमा लैजाँदै गरेको देखेपछि छिमेकीले परिवारका सदस्यलाई जानकारी दिए। छोरी घर नफर्किएपछि करिब ११ बजेतिर हल्लाखल्ला गर्दै अभिभावक र स्थानीय बासिन्दा खोजीमा निस्किए। तर फेला पार्न सकेनन्।

    त्यसको दुई घण्टापछि बालिका अत्तालिँदै घर आइपुगिन्। स्थानीय वीरेन्द्र राजवंशीका अनुसार मोटरसाइकलमै ल्याएर बालिकालाई घरनजिक छाडिदिएपछि बलात्कारी भागेका थिए। बालिका निक्कै डराएकी, आत्तिएकी र मानसिक रूपमा विक्षिप्त अवस्थामा रहेकी थिइन्। पछि बालिकाले आफूमाथि बलात्कार भएको सुनाएकी थिइन्।

    प्रहरीले घटनाराति १ बजेतिर मात्रै थाहा पायो। खोजी गर्दा बलात्कारमा संलग्न फेला नपरेपछि मात्र आफन्त र स्थानीयले नै ढिलो गरेर घटनाका बारेमा प्रहरीलाई जानकारी दिएका डीएसपी थापाको भनाइ छ। त्यसपछि खोजी थालेको प्रहरीले पनि बलात्कारमा संलग्न युवालाई फेला पार्न सकेन।

    ‘घटनालगत्तै प्रहरीलाई जानकारी दिइएन।गाउँले आफैं होहल्ला गर्दै खोजीमा निस्किएछन्। त्यो कुरा चाल पाएर बलात्कारमा संलग्नहरूले भाग्ने मौका पाए,’ डीएसपी थापाले भने, ‘घटना सुन्नेबित्तिकै खोजी थालिए पनि उनीहरू भागिसकेका थिए।घटनास्थलबाट भारतीय भूमि नजिकै भएका कारण भारततिर नै फरार भएको आशंका छ।’

    बलात्कारमा संलग्न दुवै जनाको पहिचान भइसकेको छ।प्रहरीले घटनामा संलग्नजहदा–१ का २२ वर्षीय दिपेशकुमार यादव र २१ वर्षीय अजय बैठाको खोजी गरिरहेको छ। दुवै जना अहिले गाउँबाट फरार छन्। उनीहरूको खोजीमा सहयोग गर्न नेपाल प्रहरीले भारतीय प्रहरीलाई पनि आग्रह गरेको छ।

    यस घटनाको गम्भीर ढंगले अनुसन्धान थालिएको प्रहरीले जनायो। घटना अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापालाई खटाइएको छ। उनकै नेतृत्वको टोलीले घटनास्थल मुचुल्का उठाउँदै घटनाका बारेमा परिवारका सदस्य तथा स्थानीय बासिन्दासँग जानकारी लिने काम गरिरहेको छ।

    डीएसपी थापाले घटनामा प्रयोग गरेको को २२ प १८१६ नम्बरको डिस्कभर मोटरसाइकल स्थानीय उदितचन्द यादवको घरनजिक फेला परेको जानकारी दिए। ‘पेट्रोल सकिएका कारण घटनापछि भागेका उनीहरूले मोटरसाइकल भने लैजान सकेनछन् ’ उनले भने, ‘रातको समयमा बेवारिसे अवस्थामा भेटिएको मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान गर्दा घटनामा प्रयोग गरेको पाइयो।’

    रातको समय भएकाले आफूलाई लैजानेलाई पीडित बालिकाले चिन्न सकिनन्। कुराकानी गर्ने क्रममा उनीहरूले एकअर्काको नाम लिएपछि चिनजानकै व्यक्ति भएको बालिकाले पत्तो पाइन्। मुख थुनिदिएका कारण आफूले बोल्न नसकेपछि घरदेखि निक्कै पर पराल थुपारेको बारीमा लगेर कपडा खोल्न लगाउँदै आफूमाथि बलात्कार गरेको बालिकाले बताइन्।बालिकाले कसैलाई सुनाएमा मारिदिने धम्कीसमेत उनीहरूले दिएकाप्रहरीले जनाएको छ।

    पीडित बालिकालाई माइती नेपालको संरक्षण गृहमा राखिएको छ। ‘बलात्कृत बालिका अझै मानसिक रूपमा विक्षिप्तजस्तै छिन्,’ डीएसपी थापाले भने, ‘कोसी अस्पतालमा उपचारपछि संरक्षणका लागि संस्थाको जिम्मा लगाइएको छ।’हाल बालिकालाई आवश्यक काउन्सिलिङ गर्ने काम भइरहेको उनले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑