आज:
  • होमपेज / Breaking News

    शौच गर्न जाँदा बलात्कृत

  • वीरगंज संजाल
  • २९ माघ २०७७, बिहीबार २२:२५
  • ३६७३

    विराटनगर | रातको समयमा शौच गर्न निस्किएकी बालिकामाथि सामूहिक बलात्कार गरिएको छ। सोमबार राति मोटरसाइकलमा आएका दुई युवाले अपहरणपछि १४ वर्षीया ती बालिकाको बलात्कार गरेका प्रहरीले जनाएको छ।

    घटनास्थल मोरङको जहदा गाउँपालिका–१ नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत पर्छ। उक्त ठाउँ बालिकाको घरभन्दा करिब डेढ किलोमिटर पर रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए। राति करिब ९:३० बजेतिरजबरजस्ती मोटरसाइकलमा लैजाँदै गरेको देखेपछि छिमेकीले परिवारका सदस्यलाई जानकारी दिए। छोरी घर नफर्किएपछि करिब ११ बजेतिर हल्लाखल्ला गर्दै अभिभावक र स्थानीय बासिन्दा खोजीमा निस्किए। तर फेला पार्न सकेनन्।

    त्यसको दुई घण्टापछि बालिका अत्तालिँदै घर आइपुगिन्। स्थानीय वीरेन्द्र राजवंशीका अनुसार मोटरसाइकलमै ल्याएर बालिकालाई घरनजिक छाडिदिएपछि बलात्कारी भागेका थिए। बालिका निक्कै डराएकी, आत्तिएकी र मानसिक रूपमा विक्षिप्त अवस्थामा रहेकी थिइन्। पछि बालिकाले आफूमाथि बलात्कार भएको सुनाएकी थिइन्।

    प्रहरीले घटनाराति १ बजेतिर मात्रै थाहा पायो। खोजी गर्दा बलात्कारमा संलग्न फेला नपरेपछि मात्र आफन्त र स्थानीयले नै ढिलो गरेर घटनाका बारेमा प्रहरीलाई जानकारी दिएका डीएसपी थापाको भनाइ छ। त्यसपछि खोजी थालेको प्रहरीले पनि बलात्कारमा संलग्न युवालाई फेला पार्न सकेन।

    ‘घटनालगत्तै प्रहरीलाई जानकारी दिइएन।गाउँले आफैं होहल्ला गर्दै खोजीमा निस्किएछन्। त्यो कुरा चाल पाएर बलात्कारमा संलग्नहरूले भाग्ने मौका पाए,’ डीएसपी थापाले भने, ‘घटना सुन्नेबित्तिकै खोजी थालिए पनि उनीहरू भागिसकेका थिए।घटनास्थलबाट भारतीय भूमि नजिकै भएका कारण भारततिर नै फरार भएको आशंका छ।’

    बलात्कारमा संलग्न दुवै जनाको पहिचान भइसकेको छ।प्रहरीले घटनामा संलग्नजहदा–१ का २२ वर्षीय दिपेशकुमार यादव र २१ वर्षीय अजय बैठाको खोजी गरिरहेको छ। दुवै जना अहिले गाउँबाट फरार छन्। उनीहरूको खोजीमा सहयोग गर्न नेपाल प्रहरीले भारतीय प्रहरीलाई पनि आग्रह गरेको छ।

    यस घटनाको गम्भीर ढंगले अनुसन्धान थालिएको प्रहरीले जनायो। घटना अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापालाई खटाइएको छ। उनकै नेतृत्वको टोलीले घटनास्थल मुचुल्का उठाउँदै घटनाका बारेमा परिवारका सदस्य तथा स्थानीय बासिन्दासँग जानकारी लिने काम गरिरहेको छ।

    डीएसपी थापाले घटनामा प्रयोग गरेको को २२ प १८१६ नम्बरको डिस्कभर मोटरसाइकल स्थानीय उदितचन्द यादवको घरनजिक फेला परेको जानकारी दिए। ‘पेट्रोल सकिएका कारण घटनापछि भागेका उनीहरूले मोटरसाइकल भने लैजान सकेनछन् ’ उनले भने, ‘रातको समयमा बेवारिसे अवस्थामा भेटिएको मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान गर्दा घटनामा प्रयोग गरेको पाइयो।’

    रातको समय भएकाले आफूलाई लैजानेलाई पीडित बालिकाले चिन्न सकिनन्। कुराकानी गर्ने क्रममा उनीहरूले एकअर्काको नाम लिएपछि चिनजानकै व्यक्ति भएको बालिकाले पत्तो पाइन्। मुख थुनिदिएका कारण आफूले बोल्न नसकेपछि घरदेखि निक्कै पर पराल थुपारेको बारीमा लगेर कपडा खोल्न लगाउँदै आफूमाथि बलात्कार गरेको बालिकाले बताइन्।बालिकाले कसैलाई सुनाएमा मारिदिने धम्कीसमेत उनीहरूले दिएकाप्रहरीले जनाएको छ।

    पीडित बालिकालाई माइती नेपालको संरक्षण गृहमा राखिएको छ। ‘बलात्कृत बालिका अझै मानसिक रूपमा विक्षिप्तजस्तै छिन्,’ डीएसपी थापाले भने, ‘कोसी अस्पतालमा उपचारपछि संरक्षणका लागि संस्थाको जिम्मा लगाइएको छ।’हाल बालिकालाई आवश्यक काउन्सिलिङ गर्ने काम भइरहेको उनले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑