वीरगञ्ज । हरेक मानिसलाई निरोगी हुने र लामो समयसम्म बाँच्ने चाहाना हुन्छ । उमेर बढेसँगै मासिनहरु कुनै न कुनै रोगको सिकार हुन पुग्छन् । केही एन्टी एजिंग फूडहरूले शरीरलाई स्वस्थ बनाउँदछ, जसले तपाईँ दिर्घजीवन बाँच्न सक्नुहुनेछ । आउनुहोस् अब उनीहरूको बारेमा जानौं
ब्रोकाउली
उमेर बढेसँगै ब्रोकाउली औषधीको रूपमा काम गर्दछ। ब्रोकाउलीमा निकोटीनामाइड मोनोन्यूक्लियोटाइड (एनएमएन) हुन्छ । जसले मांसपेशीहरु, कलेजो र आँखाका लागि धेरै फाइदा पुर्याउँछ ।
यसले वजन नियन्त्रण गर्दछ, शारीरलाई स्फूर्त राख्छ र प्रतिरक्षा प्रणाली मजबूत बनाउँछ। यी सबै चीजहरू स्वस्थ र दीर्घ जीवनको लागि आवश्यक छन्।
क्याप्सीकम
क्याप्सीकम एक एंटी एजिंग फूड मध्येमा पर्छ । यसमा एन्टिआक्सीडन्ट र भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ।
यी दुवै चीजहरूले लामो जीवन दिन काम गर्छन्। अध्ययनहरूले केप्सिकममा फेला परेका क्यारोटीनोइडहरूले उमेरसँगै हुने मोतियाबिन्दु र मक्युलर डिजेनेरेसन जस्ता रोगहरू लाग्नबाट रोक्न मद्दत गर्ने देखाएको छ ।
गाजर
गाजरले दीर्घ जीवन जिउनका लागि मात्रै हौइन आकर्षक र शरीरलाई तन्दुरुस्त राख्न पनि सहयोग गर्दछ । ग्लासगो र एक्सेटर विश्वविद्यालयले गरेको एक अध्ययनले गाजरमा पाइने क्यारोटीनोइडले आयु विस्तारै बढाउने बताएको छ । गाजरमा पाइने भिटामिन ए छालाको कोषहरूलाई स्वस्थ बनाउँदछ र छालालाई ब्याक्टेरिया र भाइरसहरूबाट जोगाउँदछ।
ओखर
बीएमसी मेडिसिनमा प्रकाशित एक अध्ययन अनुसार, जो मानिसहरू हप्तामा तीन पटक वा त्यसभन्दा बढी ओखर खान्छन् उनीहरुको उमेर तीन बर्षसम्म उमेर बढ्छ । ओखर नियमित रूपमा खाने गर्नाले क्यान्सर र मुटु रोगहरू लाग्दैन। यी दुबै रोगहरूको खतरा उमेर बढेसँगै बढी हुन्छ ।
सारडाइन माछा
ओमेगा – ३ फ्याट्टी एसिड दीर्घायुका लागि सबैभन्दा फाइदाजनक मानिन्छ। एकेडेमी न्यूट्रिशन एण्ड डायटेटिक्सका अनुसार यसले मुटु रोग र मधुमेहको जोखिम कम गर्दछ।
सार्डिन माछाले ओमेगा–३ र भिटामिन बी १२ पूर्ति गर्दछ। ओमेगा– ३ र भिटामिन बी १२ दुबै दीर्घायु हुनका लागि आवश्यक पोषक मानिन्छ।
एभाकाडो
क्रीमले भरिएको एभाकाडो स्वादिष्ट हुन्छ, यो पोषणमा पनि धनी हुन्छ। एभाकाडोमा स्वस्थ फ्याट बढी पाइन्छ ।जसले शरीरलाई स्वस्थ र छाला चम्किलो बनाउँदछ। यसमा पाइने भिटामिन ए ले शरीरलाई संक्रमणबाट टाढा राख्छ।
ब्लूबेरी
ब्लूबेरी विटामिन ए र सी का साथै एन्थोसाइनिन जस्ता एन्टी एजिंग एन्टिआक्सिडन्टले भरिपूर्ण रहेको छ ।
विभिन्न अध्ययनहरूका अनुसार पत्ता लगाए कि एन्थोसाइनिनको उच्च मात्राले शरीरलाई सुरक्षित राख्छ र बुढ्यौलीको लक्षणहरूलाई कम गर्दछ।
ब्लूबेरीमा फेला परेको एन्टिआक्सीडन्ट्सले मुटु, क्यान्सर र गम्भीर न्यूरोलोजी सम्बन्धी गम्भिर रोगहरुबाट बचाउँछ ।
चिया सीड्स
चिया सीड्समा पौष्टिक तत्वहरू प्रचुर मात्रामा हुन्छन्। तिनीहरूसँग एन्टीआक्सीडन्ट र एन्टी इन्फ्लेमेटरी जस्ता गुणहरू हुन्छन् जसले छालालाई सुरक्षा दिन्छ। चिया सीड्समा ओमेगा–३ फ्याट्टी एसिड, फाइबर, प्रोटीन र सबै आवश्यक एमिनो एसिडहरू हुन्छन्। स्वास्थ्य विशेषज्ञहरू निश्चित रूपले एंटी एजिंग फूडहरूमा चिया बीज समावेशीकरण गर्न सिफारिस गर्छन्।
अंगूर
धेरै आवश्यक एन्टि–एजिंग सामग्री सानो देखिने अङ्गुरमा पाइन्छन्। १६०० प्राकृतिक बोट यौगिकहरू एउटा अङ्गुरमा पाइन्छन्। यस बाहेक, यसले एन्टिऑक्सिडन्टहरू र अन्य पोलिफिनोलहरू पनि समावेश गर्दछ जसले ढिलो र स्वस्थ तरीकामा उमेर बढाउँदछ। अध्ययनका अनुसार पोलिफेनोलहरूले आँखा, हड्डी, कलेजो र दिमागलाई स्वस्थ राख्छ।
पालक
पौष्टिक तत्त्वहरूमा धनी पालकमा एकदम कम क्यालोरी सामग्री हुन्छ। डाइट डिटॉक्सका एक प्रख्यात लेखक ब्रोक अल्पर्टले स्वस्थ वेबसाइटमा भनिएको छ ‘पालकमा पाइने एन्टिऑक्सिडन्टहरूले स्वतन्त्र रेडिकलसँग लड्न मद्दत गर्दछ। पालकमा आइरतको अलावा यसमा भिटामिभ ए र भिटिमनि सि पाइनछ । जसले नयाँ छालाकोषहरू बनाउँछ ।