वीरगंज | चिसोको समयमा रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न सक्नुपर्छ, नत्र यसले ठूलो असर ल्याउँछ । मधुमेहका बिरामीले यो मौसममा धेरै नै ख्याल राख्नुपर्छ । विज्ञका अनुसार, चिसो मौसममा मधुमेहका बिरामीले खानामा लापरवाही गरेमा ठूलो हानी हुन्छ । यहाँ मधुमेहका बिरामीहरूले चिसो समयमा खान नहुने केही खानेकुराहरूबारे बताइएको छ ।जानौँ, चिसो समयमा मधुमेहका बिरामीले खान नहुने यी चिजहरू
तेल भएको वा मसलेदार खाना
मधुमेहका बिरामीहरूले यस मौसममा तेलमा धेरै पकाइएको वा मसला धेरै राखेर पकाइएको खानेकुरा नखाएकै बेस हुन्छ । परौठा, मकैको रोटी, पुरी, समोसाजस्ता खानेकुरा यस समयमा नखानुहोस् । यसले हाम्रो पाचन प्रणालीलाई समेत कमजोर बनाउँछ । मधुमेहका बिरामीले यस समयमा यस्ता खानेकुरा नखाएकै राम्रो हुन्छ ।
सुन्तला
भिटामिन सीले भरिपूर्ण हुने सुन्तला हाम्रो इम्युनिटी बढाउनका लागि राम्रो मानिन्छ । तर सुन्तलामा चिनीको मात्रा अत्याधिक हुन्छ । यसले मधुमेहका बिरामीहरूलाई राम्रो गर्दैन । यसकारण चिसो समयमा मधुमेहका बिरामीहरूले सुन्तला खानुबाट बच्नुपर्छ । बजारमा पाइने प्याकेज गरिएका जुसहरू पनि खानु हुँदैन ।
बोसोसहितको मासु
मधुमेहका बिरामीहरूले चिसो समयमा बोसो भएको मासु खानु निकै घातक हुन्छ । यसमा भएको बोसो मधुमेहका बिरामीका लागि निकै घातक हुन्छ । यसका ािथै रातो मासु समेत नखानका लागि जनस्वास्थ्य विज्ञहरूले सल्लाह दिने गरेका छन् ।
तेलमा तारिएको खाना
चिसो समयमा तेलमा धेरैबेर तारिएको खानेकुरा खानबाट टाढै रहनुहोस् । यसमा भएको चिल्लो पदार्थले शरीरको लागि राम्रो गर्दैन । चिप्स, पकौडा जस्ता खानेकुराहरू तेलमा धेरै नै तारेर बनाइन्छ । मधुमेहका बिरामीहरूले यी चिज खानबाट बच्नुपर्छ ।
अल्कोहल
इन्सुलिन लिने बिरामीहरूमा हाइपोग्लिसिमियाको खतरा हुन्छ । यसकारण यस्ता बिरामीहरूले अल्कोहल सेवन गर्नु सामान्य मानिसहरूले सेवन गर्नुको तुलनामा धेरै खतरा हुन्छ। त्यसकारण मधुमेहका बिरामीहरूले अल्कोहल सेवनबाट टाढै बस्नुपर्छ ।
सोडा तथा गुलीयो खाना
मधुमेहका बिरामीहरूले सोडा तथा चिनीको मात्रा धेरै राखिएको खानेकुरा खानु उचित हुँदैन । बजारमा पाइने सूप, जुस वा प्याकेटमा बन्द गरिएका खानेकुराहरूमा यस्तो चीज धेरै राखिन्छ ।
मह
महमा कार्बोहाइड्रेटको मात्रा एकदम धेरै हुन्छ । यसले शरीरलाई उर्जा त दिन्छ तर मधुमेहका बिरामीहरूका लागि भने सताउँछ । बजारमा पाइने मह झन् विकारयुक्त हुन्छ । त्यसकारण मधुमेहका बिरामीहरूले यी चीजहरूको सेवनबाट टाढै रहनु उपयुक्त हुन्छ ।