• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    योग गरौं, उचाइ बढाऔं

  • वीरगंज संजाल
  • १० माघ २०७७, शनिबार ०४:३९
  • ३३४९

    बिरगंज ।आयुर्वेद नेपालको मौलिक चिकित्सा पद्धति हो। आयुर्वेद चिकित्सा पूर्वीय दर्शनमा आधारित छ। यो चार वेद मध्ये अर्थवेदको उपवेद हो। नेपाल, भारत, श्रीलंका, बगालादेशलगायतका देशमा प्राथमिक स्वास्थ्य सेवाको रूपमा आयुर्वेद चिकित्सा पद्धतिलाई उपयोग गरिएको पाइन्छ।
    आयुर्वेद शब्द आयु प्लस वेद मिलेर बनेको छ।

    आयुको अर्थ जीवन र वेदको अर्थ विज्ञान भन्ने हुन्छ। आयुर्वेदमा बिरामीको उपचारका साथै निरोगी व्यक्तिलाई कसरी निरोगी नै राख्ने भन्ने विषयमा वर्णन गरिएको हुन्छ।

    आयुर्वेदीय जीवनशैली

    मानिसलाई बाञ्चुजेल स्वस्थ्य भई जीउनको लागि आयुर्वेदमा उल्लेख गरे अनुसार जीवनशैली अपनाउँदा उपयोगी हुने पाइएको छ। जीवनशैली आहार (खानपन सम्बन्धी) र विहार (क्रियाकलाप सम्बवन्धी) गरी २ समूहमा विभाजन गर्न सकिन्छ।

    आहार र विहार

    व्यक्तिको खाना खाने बानी र तरिका नै आहारशैली हो। शारीरिक तथा मानसिक स्वास्थ्यको हामीले खाने खानासँग महत्वपूर्ण सम्बन्ध हुने भएकाले आहार शैलीमा हामी सचेत हुन् आवश्यक हुन्छ। स्वस्थ्यकर आहार शैलीका लागि सामान्यता निम्नानुसारका विषयहरूमा ध्यान दिन आवश्यक हुन्छ।

    १. आहार शारीरिक तथा मानसिक क्रियाशिलताको आधारमा सन्तुलित हुनुपर्छ।

    २. दैनिक भोजनमा अन्नका साथै हाम्रो खेतवारीमा उत्पादन हुने सागपात तथा मौसम अनुसार फलफूल समावेश हुनुपर्छ।

    ३. भोजन सफा र ताजा हुनुपर्छ।

    ४. सामान्यता दिनभरीमा ३-४ घन्टाको फरक पारी ४-५ पटक ठिक्क मात्रामा खाना खानु स्वस्थकर मानिन्छ।

    ५. भोक लागेको बेला मात्र खाना खाने गर्नु राम्रो हुन्छ।

    ६. दिनको तुलनामा रातिको खाना हल्का, सुपाच्य (सजिलै पच्ने) र परिमाणमा पनि थोरै हुनुपर्छ।

    ७. खाना राम्रोसँग चपाएर खानुपर्छ।

    ८. भोजन गर्दा सामान्यता आमाशयको कूल आयतन क्षमता (१.५ लिटर) लाई चार भागमा विभाजन गरी दुई भाग खानाको लागि एक भाग पानीको लागि एक भाग खाली राख्नु स्वस्थ्यकर हुन्छ।

    ९. भोजनको लगतै पछि अत्याधिक मात्रामा पानी पिउनु, कडा खालका काम गर्नु, जोडले हास्नु आदि कार्यलाई स्वस्थ्यकर मानिँदैन।

    १०. ऋृतु अनुसार शारीरिक पाचन शक्तिमा घटबढ हुने भएकाले सोही आधारमा भोजन गर्ने गर्नुपर्छ र ऋृतु अनुसारका सागपात तथा फलफूल पनि पर्याप्त मात्रामा खानुपर्छ।

    ११. केही खाद्य पदार्थ एकअर्कासँगसँगै वा एक आपसमा मिसाएर खानु हुँदैन (जस्तै माछा मासुसँग दुध)

    दिनचर्या र रात्रीचर्या

    हामीले दिनभरीमा गर्ने क्रियाकलापलाई दिनचर्या भनिन्छ। हाम्रा यस्ता क्रियाकलापलाई निश्चित ढाँचामा मिलाएर परिपालन गर्नाले व्यक्ति शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य तथा नेतिक रूपमा बलवान हुन सक्छ। स्वस्थ्य दिनचर्यालाई निम्नाअनुसार उल्लेख गर्न सकिन्छ।

    १. ब्राहामुहुर्त (सूर्योदय हुनुभन्दा ४५ मिनेट अगाडी) उठ्ने।

    २. ईश्वरको स्मरण गर्दै मन मस्तिष्कलाई सकारात्मक बनाउने।

    ३. १ गिलास (२०० देखि २५० मि.लि) सफा र शुद्ध पानी पिउने।

    ४. शैचादि (दिसा, पिसाब गर्ने)

    ५. दाँत माझ्ने तथा मुख धुने।

    ६. योगाभ्यास तथा ध्यान गर्ने

    ७. मौसम अनुसार पानीको तापक्रम मिलाएर स्नान गर्ने

    ८. दुध तथा मौसम अनुसार फलफूल हल्का खाजा खाने।

    ९ . यो समयमा अध्ययन गरेको विषय लामो समय सम्म स्मरणमा रहिरहने भएकाले २ देखि ३ घन्टा नियमित अध्ययन गर्नु राम्रो हुन्छ।

    योगको परिचय र महत्व

    आधुनिक युगमा विज्ञान तथा प्रविधिको विकासले मानिस एक स्थानमा बसी मानिस विभिन्न क्रियाकलाप गर्न सक्ने भएको छ। पहिलेको तुलनामा आज मानिस शारीरिक श्रमबाट टाढिँदो अवस्थामा छ। यसले शरिरमा यान्त्रिकता ल्याएको छ र मनलाई तनावग्रस्त बनाएको छ।

    जीवन पद्धतिमा आएको यो निस्कृयतादले मानिसमा अनेकौं रोगहरू देखिएका छन्। शारीरिक व्यायम, योगाभ्यासले शारीरक र मानिसक रूपमा स्वस्थ्य रहन विशेषत नसर्ने रोगहरूबाट बच्न फाइँदा पुर्‍याउनका साथै स्वस्थ्यकर दीर्घजीवन प्रदान गर्ने यथेष्ट वैज्ञानिक प्रमाणहरूको पुष्ठिभूमिमा योगको महत्वको बारेमा जनचेतना वृद्धि गर्नुपर्ने आवश्यकता देखिन्छ।

    योगाभ्यासका फाइँदा

    १. योगले शरीरका अगं र प्रत्याङगहरूलाई चलायमान, उर्जावान, आवश्यकता अनुसार सक्रिय वा शान्त राख्छ र सकारात्मक प्रभाव पार्छ।

    २. योगको अभ्यासको हाडजोर्नी नाशानडी र मांसपेशी, फोक्सो मुटु, रत्तनली पाचन तथा निष्काशन अगंहरूलाई स्वास्थ्य र सवल बनाउँछ।

    ३. योगको उचित अभ्यासले कम उमेरका व्यक्तिमा उचाई बढाउन सधाउँछ। स्मरण क्षमता बृद्धिमा सहयोगी हुन्छ। शरीरलाई तन्दुरूस्त बनाउँछ र स्वस्थ्य रहन सहयोग गर्छ।

    ४. नियमित योगाभ्यास गर्नाले नसर्ने रोगहरूको जोखिम कम हुन्छ।

    ५. नसर्ने रोगहरू जस्तै : मधुमेह, उच्चरक्तचाप, दम, मुटुरोग, हाजजोर्नी र नासासम्बन्धी रोगहरूमा यो लाभदायक छ।

    ६. योगले जीवनशैलीलाई व्यस्थित बनाउँछ। खराब जीवनशैलीका कारण उत्पन्न समस्याको जोखिम न्युन गर्दछ।

    ७. योगले व्यक्तिलाई अनुशाशित बनाउँछ। धुम्रपान, मद्यपान, सुर्तिजन्य पदार्थको सेवन र लागुऔषधि सेवन जस्ता कुलतबाट बचाउन मद्दत गर्दछ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑