वीरगंज । ईश्वरसँग एकरूपता हुनको लागि प्रतिदिन गरिने प्रयत्नलाई साधना भनिन्छ । संक्षेपमा, दिनभरि जति सक्छौं अधिकाधिक हामी साधना गर्छौं, त्यति शीघ्रतासँग हाम्रो अहंकार घट्दै जान्छ ।
सेवा
कुनै सेवा श्रेष्ठ र कुनै सेवा कनिष्ठ सम्झन हुदैन । ‘सेवा तन, मन, धन, बुद्धि र अहंकार अर्पण गर्नको लागि माध्यम हो’ भन्ने भाव हुनुपर्छ । सेवामा ‘सेवक’ भाव होस् । ‘म उत्तम सेवा गर्न चाहन्छु; तर करन-करावनहार गुरु अथवा ईश्वर हुन्’ साधकमा यस्तो भाव हुनुपर्छ । जब तपाईमा ‘मबाट धेरै सेवा भयो’ भन्ने सोचाइ आउछ तब बुझ्नुहोस् कि सेवा व्यर्थ भयो ।
शूद्रवर्णको सेवाले अहंकार शीघ्र घटाउनमा सहायता मिल्दछ, उदाहरणार्थ भाडा माझ्ने, सरसफाई गर्ने इत्यादि । दैनिक जीवनमा सबै कामकाज सेवाको रूपमा नै गर्नको लागि प्रयत्न गर्नुहोस्, उदाहरणार्थ ‘आफ्नो कपडा इस्त्री गर्दा पनि गुरु सेवा नै हो’, यस्तो भाव रह्यो भने तब सेवावृत्ति बढाउनमा सहायता मिल्दछ । ‘म सेवक हूँ’, यो भाव जति अधिक हुन्छ, त्यति मात्रामा अहंकार पनि शीघ्र घट्दछ ।
त्याग
अहंकार नष्ट गर्नको लागि स्वार्थ त्याग गर्न आवश्यक हुन्छ । स्वार्थ तीन प्रकारका छन्, कायिक (शरीर), वाचिक (बोली) र मानसिक । कायिक स्वार्थ-अरुको लागि आफ्नो देहले कष्ट उठाउन नपरोस् यसलाई ध्यान दिने । वाचिक स्वार्थ-मेरो शब्दहरुलाई सबैले मान राख्नुपर्छ र मैले कसैलाई केहि ज्यादा भन्यो भने पनि शान्तपूर्वक सुन्नुपर्छ’, यस्तो मनोवृत्ति । मानसिक स्वार्थ-मेरो राय अनुसार सबैले आचरण गर्नुपर्छ’ यस्तो मनोवृत्ति ।
मन पर्ने वस्तु कसैलाई दिनुको अर्थ हो, आफ्नो रुचिको त्याग । यस्तो गर्दा ‘स्व’ सँग जोडेको विचार बिस्तारै-बिस्तारै कम हुन थाल्दछ र अहंकार घट्दछ । मनबाट आफ्नो घरलाई गुरुचरणमा अर्पण गर्नुहोस्, घरलाई यस्तो भावसँग हेरचाह गर्नुहोस् कि ‘म गुरुको घरको विश्वस्त हूँ । यस्तो भावको कारण घरको समानहरु प्रति अहंकार घट्न थाल्दछ ।
अन्य साधकको सेवा शीघ्र होस्, यो सोचले प्रयत्न गर्नुको अर्थ हो आफ्नो समयको त्याग । ईश्वरचरणमा सर्वस्व अर्पण गर्नको लागि चरण-दर-चरण तन, मन, धन र प्राणको त्याग आवश्यक हुन्छ ।
प्रीति (निरपेक्ष प्रेम)
सामान्य व्यवहारमा हामी जसलाई प्रेम भन्छौं, त्यसमा केहि अपेक्षाहरु हुन्छन् । ईश्वर र ईश्वर द्वारा रचित सम्पूर्ण सृष्टिको बिभिन्न अङ्गहरुबाट कुनै पनि प्रकारको अपेक्षा नराखि, केवल प्रेम गर्नु नै ‘प्रीति’ हो । जति हामी अरुको आध्यात्मिक हितको विचार अधिक गर्छौं, त्यहि परिमाणमा स्वयंसँग सम्बन्धित विचार घट्दछ र मन व्यापक बन्नमा सहायता मिल्छ । यस्तो गरेर, हामी ‘सम्पूर्ण विश्व मेरो घर हो’ भन्ने चारणमा पुग्नेछौं ।
भगवानको नाम भनेको अहंकारलाई बिर्सनको लागि उत्तम तरिका हो । साधक नामजपमा मग्न भएर स्वयंलाई बिर्सनुपर्छ, नामसँग एकरूप हुनुपर्छ ।-प.पू. भक्तराज महाराज (‘देवताको नामजपमा कति शक्ति छ’, यो अनुभूतिबाट स्पष्ट हुन्छ । अर्थात नामजपको शक्तिको अनुभव लिनको लागि नामजप उत्कंठाको साथ र भावपूर्ण रुपले गर्न आवश्यक छ ।)