• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कस्तो होला सन् २०२१ ?

  • वीरगंज संजाल
  • २५ पुष २०७७, शनिबार १०:१८
  • ३७७७

    वीरगंज । कोरोना महामारीबाट गुज्रिँदै सन् २०२० लाई बिदाइ गरिएसँगै सन् २०२१ कस्तो होला भन्ने कुतूहल धेरैमा देखिएको छ । अधिकांशले नयाँ वर्षको स्वागत र शुभकामनाका क्रममा पनि सन् २०२१ सन् २०२० को जस्तो नहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन् । जनअपेक्षा र भवितव्य हुने हुने कुरा एउटा पाटो हो भने नियमित र सम्भावित अवस्था अर्को पाटो हो । धेरै कार्यक्रमहरुमा विद्युतीय माध्यमहरुको प्रयोगलाई प्राथमिकता दिइने भएको छ । केही अनुमान गर्न सकिने नियमित र सम्भावित घटनाहरुको यहाँ चर्चा गरिएको छ ।

    अमेरिकी प्रशासनबाट ट्रम्पको बिदाई र वाइडेनको प्रवेश : 
    सन् २०२१ सुरुको ठूलो घटनाका रुपमा अमेरिकी प्रशासनमा हुने परिवर्तनलाई लिन सकिन्छ । यही जनवरी २० तारिखमा अमेरिकी प्रशासनबाट राष्ट्रपति ट्रम्पको बिदाइ हुनेछ भने नवनिर्वाचित राष्ट्रपति जो वाइडेनको प्रवेश हुनेछ । असामान्य र अस्वभाविक तरिकाले चलिरहेको अमेरिकी प्रशासन नयाँ नेतृत्व आएसँगै पूर्ववत् अवस्थामा फर्किने प्रतीक्षा धेरैले गरेका छन् । यही जनवरी ६ तारिखमा अमेरिकी संसद्‌मा ट्रम्पका समर्थकले गरेको हिंसात्मक प्रदर्शन अमेरिकी राजनीतिमा कालो धब्बाका रुपमा रहने भएको छ । नयाँ वर्षको पहिलो साताबाटै नमिठो राजनीतिक तथा हिंसात्मक घटनाक्रम सुरुवात भएको छ ।

    कोरोना न्यूनीकरण हुने अपेक्षा :
    सन् २०२० मा सबैभन्दा ठूलो समस्याका रुपमा रहेको कोरोना महामारी सन् २०२१ मा भने कम हुने अपेक्षा र प्रार्थना धेरैले गरेका छन् । सबै क्षेत्रलाई तहसनहस पारेको यो महामारी न्यूनीकरणका लागि विभिन्न खोपहरु विकास हुने क्रम चलिरहेकाले यस वर्ष सबैलाई खोपको उपलब्धता हुने सुखद समाचारको प्रतीक्षा भइरहेको छ । कतिपय देशहरुमा अहिले लगाउन थालिएको खोप आपत्‌कालीन अवस्थामा मात्रै प्रयोग गर्न सिफारिस गरिएको खोप भएकाले सामान्य अवस्थामा पनि सबैले लगाउन मिल्ने खोप आउने विश्वास गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण पूर्ण रुपमा अन्त्य हुने नदेखिएकाले न्यूनीकरणमा नै चित्त बुझाउन पाइने अपेक्षा गरिएको छ ।

    पूर्व निर्धारित प्रतियोगिता तथा प्रदर्शनी हुने :
    सन् २०२० मा हुने तय भएका धेरै खेलकुद प्रतियोगिताहरु कोरोना महामारीका कारण भएनन् । तर अहिले महामारी न्यूनीकरण हुँदै जाने सम्भावना देखिएकाले गत वर्ष हुन नसकेका खेलकुद प्रतियोगिताहरु यस वर्ष हुने सम्भावना छ । कतिपय आयोजकले गत वर्षको कार्यक्रमलाई यस वर्ष सञ्‍चालन गर्ने गृहकार्य पनि गरिरहेका छन् । विशेषगरी जापानमा हुने तय भएको गृष्मकालीन ओलम्पिक प्रतियोगिता कोरोनाकै कारण सरेकाले तयारी भने उनीहरुले जारी राखेका छन् । विश्वको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जुन ११ देखि जुलाई ११ मा आयोजना हुँदै छ । सन् २०२० बाट सरेको यो प्रतियोगिता यूईएफए युरोपियन च्याम्पियनसिप सँगसँगै आयोजना हुनु फुटबल फ्यानका लागि खुसीको खबर हो । महिला युरोपियन च्याम्पियनसिप भने सन् २०२२ मा आयोजना गर्ने तय गरिएको छ । सन् २०२१ मा विभिन्न फिल्म फेस्टिभलहरुको पनि तयारी भइरहेको छ । ती फेस्टिभलहरुमा सयौँ फिल्मकर्मीहरु सहभागी हुनेछन् ।

    विश्व नेताहरुको जमघट हुने :
    विश्व नेताहरु सहभागी हुने धेरै कार्यक्रम पनि गत वर्ष स्थगित भए । ती कार्यक्रमहरु यस वर्ष हुने सम्भावना छ । संयुक्त राष्ट्रसंघको महासभा गत वर्ष भर्चुअल माध्यमबाट सञ्चालन गरिए पनि यस वर्ष नेताहरुको उपस्थितिमै हुने अपेक्षा गर्न सकिन्छ । सिंगापुरको डाभोसमा हुने विश्व आर्थिक सम्मेलन मे १३ देखि १६ सम्म हुने भएको छ । विश्वभरी महामारी फैलिएकाले मे १८ देखि १९ सम्म हुने विश्व स्वास्थ्य सम्मेलनलाई पनि महत्वका साथ हेरिएको छ । त्यसबाहेक जी ८, जी २० लगायतका धेरै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरु पनि यस वर्ष हुने देखिएको छ । धेरै सम्मेलन तथा कार्यक्रमहरु दीर्घकालीन महत्त्वका भएर पनि अघिल्लो वर्ष हुन नसकेकाले यस वर्ष गर्ने तयारीमा आयोजकहरु लागेका छन् ।

    बेलायती प्रधानमन्त्री भारत आउने
    बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन यस वर्ष भारत भ्रमणमा आउने तय भएको छ । जनवरी २६ तारिखमा मनाइने भारतको गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रुपमा उनको भ्रमण हुने भएको हो । भ्रमणका क्रममा उनले भारतीय उच्च अधिकारीहरुसँग व्यापार, सुरक्षा, जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय चासोलगायतका विषयमा पनि छलफल गर्नेछन् ।

    चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी  :
    चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक सय वर्ष पुगेको छ । शतवार्षिकीलाई चिनियाँ कम्युनिस्ट पार्टीले भव्य रुपमा मनाउने र कोरोनापछिको प्रगति पनि विश्वलाई देखाउने गरी अवसरका रुपमा १००औँ स्थापना दिवसलाई उपयोग गर्ने भएको छ । जुलाई १ मा स्थापना दिवसका अवसरमा गरिबी अन्त्यको घोषणा गर्ने तयारी पनि चीनले गरेको छ । तर कोरोनाका कारण लक्ष्य पूरा हुन बाधा पुगेको पनि हुनसक्छ । त्यो भने अझै स्पष्ट भइसकेको छैन ।

    राजकुमारी डायनाको ६०औँ जन्मोत्सव :
    बेलायती राजकुमारी डायनाको ६०औँ जन्मोत्सव यसै वर्ष मनाइने भएको छ । जन्मोत्सवालाई विशेष बनाउन उनका छोराहरू राजकुमार विलियम र ह्यारीले संयुक्त रुपमा आफ्नी आमाको सम्मानमा सालिक अनावरण गर्नेछन् । उनीहरु हुर्किएको सन्केन गार्डेनमा डायनाको सालिक बनाइएको छ । राजकुमार विलियम लन्डन र ह्यारी लसएन्जल्समा बस्ने गरे पनि उनीहरु आमाको सालिक अनावरणका लागि सन्केन गार्डेनमा जाने विषयलाई पनि महत्त्वसाथ हेरिएको छ ।

    माथि उल्लिखितबाहेक यसै वर्ष धेरै देशमा निर्वाचन हुदै नयाँ सरकार बन्ने भएका छन् भने दुईपक्षीय विवाद र शान्ति स्थापनाका प्रयासहरुले पनि निरन्तरता पाउने देखिएको छ । त्यस्तै हरेक वर्ष विभिन्न ठाउँमा हुने दुखद् ठूला घटनाहरुबारे भने पूर्वानुमान गर्न नसकिए पनि त्यस्ता घटनाहरु नहोलान् भन्न सकिँदैन ।
    – जीवन भण्डारी/रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑