वीरगंज। भारतका विभिन्न प्रदेशमा बर्डफ्लु देखिएपछि नेपाल पनि उच्च सतकर्ताको लागि सरकारले तयारी थालेको छ । नेपालमा बर्डप्mलु संक्रमण भित्रिन नदिइन कृषि तथा पशुपन्छि विकास मन्त्रालयले पशुसेवा विभागलाई बिहिरबाट आयात हुने पशुपन्छि तत्काल नेपाल भित्रिन नदिन निर्देशन दिएको छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालय अन्तरगतको पशुसेवा विभाग लगायत सबै सम्बन्धित निकायलाई भारत लगायतका सिमा नाकाबाट आयात हुने पशुपन्छि तत्काल रोक्न मन्त्रालयले निर्देशन दिएको हो ।
मन्त्रालयका सह–सचिव डा. विमल कुमार निर्मलले बर्डफ्लु संक्रमण नेपालमा भित्रिन नदिइन मन्त्रालयले उच्च सतकर्ताका लागि नेपाल–भारत सीमाका सबै क्वारेन्टाइनलाई सचेत हुन विभाग मार्फत पत्राचार गरी सकेको बताए । उनले कुनै पनि नाकाबाट पशुपन्छि आयात हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए । नेपालमा कोरोना संक्रमण फैलिएपछि स्वास्थ्य मन्त्रालयले विभिन्न प्रदेशमा रहेको भेटनरी प्रयोगशालामा कोभिड १९ को परिक्षण गर्दै आएको छ । ति प्रयोगशाला फिर्ता माग्ने तयारी भएको डा. निर्मलले जानकारी दिए ।
पशुपन्छिमा लाग्ने भाइरसको परिक्षण अन्य प्रयोगशालामा नहुने हुँदा कोभिड १९ को परिक्षणका लागि दिएको सबै भेटनरी प्रयोगशाला फिर्ता लिइने उनको भनाई थियो । बर्डप्mलु चेक जाँच गर्न भेटनरी प्रयोगशाला आवश्यक हुने उनको भनाई थियो । अहिले पनि विरगञ्ज, विराटनगर, चितवन र धनगढीका भेटनरी प्रयोगशाला कोभिड १९ को भाइरसको परिक्षण भइरहेको छ ।
डक्टरलाई कार्वाही
डा.निर्मलका अनुसार अब भेटनरी डाक्टरको सिफारिस गरेको पत्रविना एक जिल्ला वा प्रदेशबाट अर्का जिल्ला वा प्रदेशमा पशुपन्छि ओसार पसार गर्न नपाइने छैन । कुनै पनि भेटनरी डाक्टरको लापरवाहीले पशुपन्छिमा बर्डप्mलु संक्रमण पाइएमा सोही डाक्टरलाई कारवाहीमा गरिने उनले बताए । कुनै व्यापारीहरुले पशुपन्छि एक ठाउँबाट अर्का ठाउँमा ओसार पसार गर्नका लागि अनिवार्य रुपमा भेटनरी डाक्टरको सिफारीस पत्र चाहिने छ । चितवन, मकवानपुर, कास्की, काठमाडौँ लगायतका ६ वटा जिल्लाबाट संकलन गरेको ६२ वटा नमुना चेकजाँच गर्दा आजसम्म नेपालमा बर्डप्mलु संक्रमण नभेटिएको डा. निर्मलले जानकारी दिए ।
४ सय काग मरेको भेटियो
बर्डप्mलु संक्रमणबाट भारतका विभिन्न राज्य तथा प्रदेशसँगै हरियाणा, केरला, गुजरात, राजस्थान लगायतका दर्जन बढी क्षेत्रमा जिल्लामा कुखुरामा वर्डफ्लुको संक्रमण देखिएको छ ।
यसैगरी ४ सय बढी कागहरु मरेको पाइका छन् । डा. निर्मल भन्छन् ‘नेपाल नजिक भारतमा बर्डफ्लु फैलिएको हुँदा नेपालका तराइका २४ जिल्ला जोखिममा छन् ।’ २४ मध्ये सबै भन्दा बढी जोखिम चितवन, नवपरासी र रुपन्देहीमा छ । कुखुरा पालन धेरै भएको ठाउँमा जोखिम पनि हुने डा. निर्मलले बताए ।
नेपाल–भारत सीमाका सबै क्वारेन्टाइन चेक पोष्टलाई उच्च सर्तक रहन पशुसेवा विभागले पत्राचार गरेको छ । अब जोखिममा रहेका जिल्लाहरुमा ‘बर्डफ्लु रोग नियन्त्रण आदेश’को अधिकार प्रयोग हुन्छ । उक्त आदेश अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकमा कारबाही गर्ने कमिटी छ । उक्त कमिटीले संक्रमणयुक्त वस्तुलाई तत्काल नियन्त्रणमा लिएर नष्ट गर्ने र सम्वन्धित व्यक्तिलाई कारबाही समेत गर्न सक्छ । उक्त आदेश प्रयोगका लागि सम्वन्धित प्रमुख जिल्ला अधिकारीलाई समेत क्वारेन्टाइन चेक पोष्टमार्फत नै लिखित रुपमा पत्राचार गरिएको छ । अब कुनै एक ठाउँमा बर्डप्mलु संक्रमण भएको भेटियो उक्त क्षेत्रका सबै कुखुरालाई नष्ट गर्नुपर्ने हुन्छ । जङ्ली जनवार पशुपन्छि र गाईगोरुको मलबाट पनि वर्डफ्लुको संक्रमण हुन सक्ने हुँदा मानिसहरुले पनि सर्तक रहनु पर्ने डा. निर्मलको भनाइ छ ।