• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अनेरास्ववियू पर्सामा ओली समूह हावी, अन्सारीको संयोजकत्वामा १४१ सदस्यीय कमिटी गठन

  • वीरगंज संजाल
  • २३ पुष २०७७, बिहीबार २०:१६
  • ३७८९

    वीरगञ्ज । नेकपा ओली समूह निकट अनेरास्ववियू पर्साकाे जिल्ला भेला बुधबार वीरगञ्जमा सम्पन्न भएको छ ।होटल कुमु प्यालेशमा भएकाे भेलालाई सम्बोधन गर्दै नेकपा पर्सा जिल्ला अध्यक्ष प्रभु हजराले देशको जिम्मेवारी अखिलकाे काँधमा थपिएको बताए । उनले देशलाई संक्रमणकालिन अवस्थाबाट निकाश दिन विद्यार्थीको भुमिका अहम भएकोले सबै विद्यार्थीहरुलाई एकजुट हुन आग्रह गरे ।

    संबिधानसभा सदस्य एवम् केन्द्रिय सदस्य राजकुमार गुप्ताले विद्यार्थी देशको कर्णधार भएकोले विद्यार्थीहरुलाई संगठित हुन अनुरोध गरे । उनले विद्यार्थी संगठनबाट नेता उत्पादन हुने भएकोले संगठनलाई विस्तार गरी नेतृत्वदायि भुमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

    त्यसैगरी कार्यक्रममा बोल्दै युवा नेता यसवन्त यादवले देशको नेतृत्व युवा पिडिले लिने समय आएकोले विद्यार्थी नेताहरुलाई क्रियाशील भएर इमान्दारिकता पूर्वक राजनीत गर्न आग्रह गरेका थिए । उनले देशका सबै ठूला नेता विद्यार्थी राजनीतिको उत्पादन भएकोले यसलाई राजनीतिको नर्सरीका रुपमा मान्न सकिने तर्क गरेका थिए ।

    युवा नेता यादवले देशमा केहि उच्छृंकल व्यक्तिहरुले अस्थिरता ल्याउँन खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई नयाँ जनादेशमा जान अवसर दिएको बताए । नयाँ जनादेशबाट अराजनीतिक व्यक्तिहरुको सफाया हुने उनले विश्वास व्यक्त गरेका थिए ।

    अनेरास्ववियुकाे केन्द्रिय सदस्य सागिर अंसारीको अध्यक्षतामा भएकाे भेलाले महमद रेयाज अन्सारीको संयोजकत्वामा १ सय ४१ सदस्यीय कमिटी गठन गरेको छ । नव गठित कमिटीको सहसंयोजकमा अजित गुप्ता रहेका छन । ५५ यथावत र ८५ थप गरी १ सय ४१ सदस्यिय कमिटी विस्तार गरिएको नेकपा जिल्ला कमिटी सदस्य सञ्जिव मिश्रले जानकारी दिए ।

    नवनिर्वाचित पदधिकारीहरुको शपथ ग्रहण अनेरास्ववियुका स्थायी कमिट सदस्य अनिश कर्ण गराएका थिए । कार्यक्रममा संबिधान सभा सदस्य एवम् केन्द्रिय सदस्य प्रधुमन चौहान, छिपहरमाई गाँउपालिका अध्यक्ष मनोज गुप्ता, युवा नेता पराग सिंह, अभिात बचन दास, सन्तोष पासवान, विकाश रौनियारलगायतको उपस्थ्तिी रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य अजित साहले गरेका थिए भने सहजीकरण हेमन्त तामाङले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑