• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कांग्रेसले गर्यो दोस्रो चरणको आन्दोलनको घोषणा, यस्ता छन् निर्णयहरु

  • वीरगंज संजाल
  • २० पुष २०७७, सोमबार ०१:०१
  • ३७५३

    वीरगंज। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बिघटन बिरुद्ध दोश्रो चरणको आन्दोलन घोषणा गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले कांग्रेस आन्दोलनमा नै रहेको निष्कर्ष निकाल्दै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

    बैठकले पुस २५ गते कांग्रेसले ३३० प्रदेशसभा क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ भने माघ ३ गते ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्ने प्रवक्ता शर्माले जानकारी दिए । त्यस्तै बैठकले माघ ८ गते सबै वडामा विरोध सभा गर्ने निर्णय गरेको छ ।

    प्रवक्ता शर्माले कांग्रेसमा आन्दोलनमा जाने विषयमा कुनै विवाद नरहेको भन्दै आफ्नै एक्लो व्यानर र झण्डाका साथ प्रदर्शनमा उत्रने बताए । बैठकले पार्टी समायोजनका लागि गठन समितिले तयार गरेको प्रतिवेदन अनुमोदन गरेको छ । प्रतिवेदन बमोजिम अन्य दलबाट आएका नेताहरुको व्यवस्थापन गरिएको प्रवक्ता शर्माले जानकारी दिए । त्यस्तै बैठकले पार्टीको क्रियाशिल सदस्यता बुझाउने मिति माघको मसान्तसम्म तोकेको छ ।

    कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ ।

    यस्तो छ  सम्पूर्ण निर्णयहरु :

    (१) के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनिय कार्य हो भन्ने नेपाली कांग्रेसले प्रष्ट पारिसकेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक कार्य हो भन्ने हाम्रो ठहर छ ।

    नेपाल कम्युनिष्ट पार्टीको के.पी. शर्मा ओली नेतृत्वको सरकारका कारण मुलुकमा उत्पन्न गम्भीर र असहज परिस्थितिमा नेपाली जनता सामु बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डो¥याउन नेपाली कांग्रेसले आफ्ना सबै प्रयत्न केन्द्रीत गरिरहेको छ ।

    के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जारी विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउनका लागि निम्नानुसारको थप कार्यक्रम घोषणा गरिएको छ —

    (१) आगामी पुस २५ गते शनिबारका दिन ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने ।
    (२) माघ ३ गते शनिबारका दिन देशैभरका ७५३ पालिकाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने ।
    (३) माघ ८ गते बिहीबारका दिन देशैभरका ७५३ पालिकाहरुका ६,७४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने ।

    माथि उल्लेखित कार्यक्रम बाहेक जिल्लाले स्थानीय अवस्था र आवश्यकता हेरी विरोधका कार्यक्रमहरु आयोजना गर्न सक्नेछन् । पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले पार्टी केन्द्र र जिल्लासँग समन्वय गरी पार्टीले तोकेको कार्यक्रम बाहेक अन्य विरोधका कार्यक्रम गर्नेछन् ।

    (२) अस्पष्टता र भ्रम निवारणार्थ :
    पुस ५ गते विघटनकै दिन पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठक मार्फत पार्टीको धारणा सार्वजनिक, पुस ६ गते सर्वदलीय बैठक आयोजना, पुस ७ गते केन्द्रीय कार्यसमिति बैठक प्रारम्भ गरी पुस ९ गते कार्यक्रम घोषणा गरेर पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन सफलतापूर्वक सम्पन्न गरिएको छ र आजको बैठकबाट थप कार्यक्रम तय गरिदैछ । यसरी नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरी देशव्यापी विरोध प्रदर्शनहरु समेत गरिहेको यथार्थ विपरीत पार्टीभित्र दुई खाले धारणा रहेको भनेर केही संचार माध्यममा आएका समाचार प्रति केन्द्रीय कार्यसमिति बैठकको ध्यानाकर्षण भएको छ । ‘संसद विघटनको असंवैधानिक कदमका विरुद्ध एउटै निर्णय र प्रष्ट धारणा साथ नेपाली कांग्रेस एकमतका साथ आन्दोलनको मैदानमा छ’ फेरि पनि यो सुस्पष्ट गर्दै गलत समाचारहरुप्रति खेद प्रकट गर्दै भ्रमपूर्ण समाचार सम्प्रेषण नगरी पार्टी निर्णयको आधारमा समाचार सम्प्रेषणका लागि सबै संचार माध्यमलाई नेपाली कांग्रेसको यो बैठक हार्दिक आग्रह गर्दछ ।

    (३) नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ कार्तिक २० गतेको बैठकद्वारा गठित “अन्य राजनीतिक दल समायोजन समिति” ले नेपाली कांग्रेस पार्टीमा विलय भएका राजनीतिक दल र विभिन्न जिल्लामा अन्य राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका अन्य दलका नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरुको नेपाली कांग्रेस पार्टीमा हुने समायोजन सम्बन्धमा २०७६÷११÷१९ गतेको बैठकद्वारा निर्णय गरी केन्द्रीय कार्यालयबाट सम्बन्धित जिल्लामा पठाइएका र पठाउने प्रक्रियामा रहेका क्रियाशील सदस्यताका नामावलीलाई समायोजन समितिले अन्तिम टुंगो गरे बमाजिम केन्द्रीय कार्यसमितिले पारित गरेको छ ।

    (४) क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको अन्तिम मिति सम्बन्धमा
    एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाले नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरण तथा एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको नविकरणको सूची तयार गरी, केन्द्रबाट जारी भएको क्रियाशील सदस्यता वितरण र नवीकरण सम्बन्धी परिपत्रको सबै प्रकृया पुरा गरी, क्रियाशील सदस्यताको नामावलीको सूची क्षेत्र र जिल्लामा प्रकाशित गरी पार्टीको विधान, नियमावली बमोजिमको आवश्यक कागजात र तोकिए बमोजिमको सदस्यता शुल्क सहित बुझाउने अन्तिम मिति २०७७ माघ मसान्त तोकिएको  छ ।

    पारित शोक प्रस्ताव :
    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका निवर्तमान नेता सुरेन्द्रराज पाण्डेकी माता योगेन्द्रकुमारी पाण्डेको पुस १० गते, नेपाली कांग्रेसका पुराना अग्रज व्यक्तित्व निरञ्जन कोइरालाको पुस १९ गते, नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य झलकबहादुर राउतको पुस ५ गते, नेपाली कांग्रेस मुस्ताङ जिल्ला कार्यसमितिका सदस्य एवं थासाङ गाउँपालिका वडा नं. २ का सभापति पुष्पा शेरचनको मंसिर २९ गते र नेपाल महिला संघ वर्दियाको पूर्व अध्यक्ष राधा झाको पुस १ गते भएको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

    नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति यो बैठक समवेदना प्रकट गर्दछ ।

    आजको बैठकमा धारणा व्यक्त गर्नु हुने केन्द्रीय सदस्यहरु
    महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावहरु पेश गर्नु भएको थियो । बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय कृष्णप्रसाद सिटौला र जीवनबहादुर शाहीले आफ्नो धारणा राख्नु भएको थियो ।

    केन्द्रीय कार्यसमितिको अर्को बैठक
    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ पुस २७ गते सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑