वीरगंज। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चाँडै नै सरकारले सूचना प्रविधि सम्मेलन गर्न लागेको बताएका छन् । सरकार र निजी क्षेत्र मिलेर मात्रै सूचना प्रविधिको क्षेत्रमा काम गर्न सम्भव भएको भन्दै मन्त्री गुरुङले यसका लागि लगानी सम्मेलन गर्ने तयारी भएको जनाए ।
शनिबार राजधानीमा आयोजित आईसीटी अवार्ड कार्यक्रममा बोल्दै उनले विदेशमा रहेका सूचना प्रविधि क्षेत्रका विज्ञलाई स्वदेशमा नै फर्काउने तयारी भइरहेको पनि बताए ।
उनले सूचना प्रविधिमा काम गर्नका लागि स्वदेश तथा विदेशका विज्ञलाई समेटेर प्रभूत्व समूह गठन गर्न थालिएको जानकारी दिए ।
मन्त्री गुरुङले साे अवसरमा सूचना क्षेत्रमा काम गर्ने संघसंस्थाले सूचना क्षेत्रमा नै काम गर्नका लागि कार्यविधि तयार गरिरहेको समेत बताए।