वीरगंज । विल विजक र आवशयक कागजात नदेखाएका विभिन्न वीरगञ्ज व्यवसायीहरुलाई दण्डित गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सा र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साद्वारा संयुक्त रुपमा गरिएको बजार अनुगमनका दौरान विल विजकलगायत आवश्यक कागजातहरु प्रस्तुत गर्न नसकेका वीरगञ्जका ७ पसलेहरुलाई कारवाही स्वरूप दण्डित गरिएको हो ।
पर्साका साहायक प्रमुख जिल्ला अधिकारिक भीमकान्त पौडेलको नेतृत्वमा बजार अनुगमन गर्न गएको टोलिले वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ को ६ नम्बर गेटस्थित माँ बनारसी ईन्टरप्राईजेजलाई २० हजार रुपैयाँ जरीवान गरेको छ । माँ बनारसी ईन्टरप्राईजेजले विल विजक देखाउँन नसकेपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम दण्डित गरिएको उपभोक्ता संरक्षण कार्यालय पर्सा बताएको छ ।
त्यसैगरी वडा नम्बर ५ मै रहेको श्री शोभा ट्रेडर्सलाई पनि २० हजार रुपैयाँ, वडा नम्बर १० घडिअर्वास्थित शिमी आयुर्वेदिक फार्मेसीलाई ५ हजार रुपैयाँ, एन.यु. ट्रेडिङ्गलाई ५ हजार रुपैयाँ, पानमन्डीस्थित एच.एम. ट्रेडर्सलाई ५ हजार रुपैयाँ, जय माँ दुर्गा किराना स्टोरलाई १० हजार रुपैयाँ र देबि किराना पसललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित कार्यालय प्रमुख जित बहादुर भण्डारीले जानकारी दिए ।
अनुगमन गर्ने क्रममा पसलेहरुले विल विजक र अन्य कागजातहरु नदेखाएर असहयोग गरेकोले तत्काल जरिवाना गरिएको थियो । उक्त जरिवाना रकम ७ दिन भित्र जम्मा गर्न निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका सूचना अधिकारी दिलिप खङ्ग खत्वेले जानकारी गराए ।
संयुक्त अनुगमन टोलिमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका जित बहादुर भण्डारी, सूचना अधिकारी दिलिप खङ्ग, नायब सुब्बा रामप्रबेश यादव, उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्ज महानगर अध्यक्ष अजित कुमार भुजेल, कन्ज्युमर आई नेपालका रन्जु फुयाल, वीरगञ्ज उद्योग वाणिज्य संघका मनोज कुमार दास, वडा प्रहरी कार्यालय विताका प्रहरी नायब निरीक्षक रामदरश यादव, नेपाल पत्रकार महासघ पर्साका आरके पटेल, सञ्चारकर्मी अर्जुन गुप्तालगायतको सहभागिता रहेको थियो ।