नयाँदिल्ली | भारतको दिल्ली तथा एनसीआर क्षेत्रमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ। ४.२ रेक्टर स्केल मापन गरिएको उक्त भूकम्पको केन्द्रविन्दु गुरुग्रामबाट ४८ किलोमिटर दक्षिणपश्चिममा रहेको जनाइएको छ।
यसअघि पनि २ डिसेम्बरका दिन सोही क्षेत्रमा हल्का भूकम्पको झड्का महसुस गरिएको थियो।
अप्रिलयता उक्त क्षेत्रमा १५ पटकसम्म भूकम्प गएको जनाइएको छ। भारतीय वैज्ञानिकहरुले दिल्ली र आसपासका क्षेत्रमा ठूलो भूकम्प आउनसक्ने चेतावनी दिएका छन्।