काबुल | अफगानिस्तानको राजधानी काबुलस्थित श्रृंखलावद्ध रकेट आक्रमण हुँदा एक जना मारिएका छन् ।
यस्तै अर्का एक जना घाइते छन् । गृह मन्त्रालयले जानकारी दिए अनुसार राजधानी काबुलमा यो एक महिनाको अन्तरमै दोस्रो रकेट आक्रमण हो ।
‘काबुलको छिमेक लाब जारबाट चार वटा रकेट आक्रमण भएका थिए’ गृह मन्त्रालयका प्रवक्ता तारिक अरियनले मिडियालाई बताए । यसअघि झण्डै एक महिनाअघि राजधानी काबुलको सुरक्षित मानिएको ग्रीन जोन क्षेत्रमा रकेट आक्रमण भएको थियो ।