मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक माहोल तथा मांगलिक कार्यमा सहभागि भईनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । वैदेशिक कार्य अघी बढ्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले सार्वजनिक पद पाउँने योग रहेकोछ । प्रेम तथा मित्रताको बन्धन कसिलै होला ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । चोटपटक लाग्न सक्छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज लाभदायक यात्रा रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । नयाँ कार्यको थालनी होला ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मानसिक चिन्ता बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नसोचेको ठाउँ बाट धन हात पर्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यसिद्धि हुने अवसर मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मित्र वा आफन्तको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ । रमणीय र सुखद् यात्राको योग पनि छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । पारिवारीक सुख रहला ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुनेछन् । – ज्यो.प. नारायणप्रसाद दुलाल