• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    लकडाउनपछि फष्टाउँदै अनलाइन व्यापार

  • वीरगंज संजाल
  • Nov 29, 2020, 10:00 pm
  • २२५३

    वीरगंज । पछिल्लो समय मुलुकमा अनलाइन व्यापार तीव्र गतिमा फष्टाउँदै गएको छ । कोभिड १९ को संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनपछि अनलाइन व्यापार थप बढ्दै गएको हो ।

    उपभोक्ताले अनलाइनबाट सामान अर्डर गरेर सहजै घरमै सामान पुग्ने भएकाले पनि यसप्रति ग्राहकको आकर्षण बढ्दै गएको हो । २० वर्षअघि डिजिटल बजारको अवधारणा आएपनि पछिल्लो १० वर्षको अवधिमा मुलुकमा धेरै नै अनलाइन व्यापार विस्तार हुँदै गएको व्यवसायीले बताएका छन् ।

    ब्राण्डवर्थ प्रालीले आयोजना गरेको फोनपे डिजिटल इकोनोमी कन्क्लेभमा सहभागि सरोकारवाला व्यक्तिले लकडाउनपछि अनलाइन व्यवसाय विस्तार हुँदै गएकाले यसलाई नियमनसँगै व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन ।

    सस्तो डिलका सञ्चालक अमन थापा पछिल्लो समय अनलाइन व्यवसाय फष्टाउँदै गएको बताउँछन् । अहिले वार्षिक रुपमा एक सय ५० प्रतिशतका दरले अनलाइन व्यापार बढ्दै गएको बताए । १० वर्षअघि ९ प्रतिशत मात्र इन्टरनेटको सुविधा भएको अहिले मुलुकभर इन्टरनेट पहुँज बढ्दै गएकाले अनलाइन व्यापार पनि फष्टाउँदै गएको उनको भनाइ छ ।

    अहिले स्मार्टफोनको प्रयोग ५० प्रतिशतले बढेकाले पनि अनलाइन व्यापार पहिलो नम्बरको व्यापार बन्न गएको बताउँदै उनले अनलाईन पेमेन्ट प्रणालीजटिल भएकाले सहजीकरण गर्न अति आवश्यक रहेको बताए ।

    उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव गणेश पाण्डेले अनलाइन व्यवस्थित र नियमन गर्नका लागि नीतिगतरुपमा कानून बनाउन लागिएको जानकारी दिए ।

    विभिन्न क्षेत्रगत कानूनले यस व्यापारलाई समेटेकाले थप व्यवस्थित बनाउनका लागि कानूनको विधेयकमा छलफल भइरहेको उनको भनाइ छ । नेशनल पेमेन्ट गेटवे नहुँदा विदेशबाट अनलाइन व्यापारको भुक्तानी गर्न कठिन भएकाले यसलाई सहजीकरण गर्न लागिएको उनको भनाइ छ ।

    मुलुकमा साना, घरेलु तथा मझौला उद्योगको क्षमता वृद्धि गरी अनलाइनमार्फत व्यापार गर्न चुनौती रहेको उनको भनाइ छ ।

    नगद भुक्तानी प्रणालीलाई डिजिटल कारोबारमा ट्रान्सफर गर्ने सरकारको योजना रहेकाले यसलाई नीतिगत तरवरमा संरक्षण गर्न लागिएको बताउँदै उनले उपभोक्ताले कुन कुन कुरा सुरक्षित राख्न पाउने भनेर संविधानमै व्यवस्था गरिएपनि अनलाइन व्यापारमा औपचारिक रुपमा तथ्याङक दुरुपयोग भनेर उजुरी नआएको उनले जानकारी दिए ।

    फुडमान्डुका सञ्चालक मनोहर अधिकारीले सुरुमा ग्राहकलाई अनलाइन व्यापारको बारेमा बुझाउन धेरै नै समय लाग्न गरेकोमा पछिल्लो समय यसमा धेरै नै सुधार आएको जानकारी दिए । अनलाइन व्यापार सहरी क्षेत्रमा लोकप्रिय बन्दै गएपनि गाउँ-गाउँ सम्म विस्तार गर्न धेरै नै समस्या रहेको उनको भनाइ छ ।

    बजारमा अनलाइन व्यापारको माग बढ्दै गएपनि कोभिडको कारणले दक्ष जनशक्ति अभावले गर्दा समयमा सामान पुर्याउन कठिन परेको भन्दै यस व्यसायको पूर्वाधार विकास सुधार गर्न अति आवश्यक रहेको बताए ।

    इन्टरनेटको पहुँच सवै ठाउँमा नभएकाले सामान वितरण गर्न समेत समस्या भएकाले उनको भनाइ छ । लकडाउनपछि अनलाइन व्यापारमा ग्राहकको आकर्षण बढ्दै गएको उनको भनाइ छ ।

    अर्बन गर्ल्सकी सहसञ्चालक निकिता आचार्यले उपत्यकामा मात्र नभएर पोखरा लगायतका अन्य शहरमा अनलाइन व्यापारमाप्रति युवाको आर्कषण बढ्दै गएको बताइन् । लकडाउनपछि मुलुकमा धेरै नै अनलाइन व्यापार स्थापना भएर पनि सामान आपूर्ति गर्न धेरै नै समस्या हुने गरेको उनको भनाइ छ ।

    ग्राहकको चाहना अनुसार नै सेवा प्रदान गरिरहेकाले गुणस्तरीय सेवा प्रदान गरेर ग्राहकलाई विश्वास दिलाउने काम गरिरहेको उनको भनाइ छ । तालिम दिएर पनि बाहिर जाने क्रम बढ्दै गएकाले व्यवसाय सञ्चालन गर्नका लागि दक्ष जनशक्तिको अभाव रहेको पनि उनले उल्लेख गरिन् ।

    लकडाउनपछि धेरै नै संख्यामा अनलाइन व्यापार गर्ने कम्पनी स्थापना भएका छन । व्यवसाय सञ्चालन भइरहेकाले मुलुकमा गैरकानूनी ढंगले ५० हजारभन्दा बढी अनलाइन कम्पनी सञ्चालन भइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
  • काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त
  • भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का
  • एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

    इरान युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

    किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

    कसरी दौडिँदै छ बागमती करिडोर निर्माणको काम?

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    News

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    News

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    News

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    News

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑