• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बंगलादेशबाट मल नेपाल ल्याउने प्रक्रिया अन्तिममा आएर बिथोलिए

  • वीरगंज संजाल
  • Nov 25, 2020, 8:01 am
  • ३०६९

    वीरगंज । कृषि बिकास मन्त्रालयको तयारी बिपरित मन्त्रिपरिषद्बाट निर्णय भएपछि बंगलादेशबाट मल नेपाल ल्याउने प्रक्रिया अन्तिममा आएर बिथोलिएको छ ।अब मन्त्रालयले अगाडि बढाएको सबै प्रक्रिया रोकेर नयाँ थाल्नुपर्ने भएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । तर त्यसमा मन्त्रालय सहमत रहेको भन्दै एक अधिकारीले भने, ‘हालकै अवस्थामा बंगलादेशबाट मल ल्याउने अवस्था टर्‍यो ।’

    मन्त्रालयले लामो समय छलफल र गृहकार्य गरेर तयार पारेको एमओयू स्वीकृत गर्दै खरिदको अख्तियारी दिनुपर्नेमा मन्त्रिपरिषद्ले जीटूजी वा प्रतिस्पर्धा भनेर यसअघिको मेहनत सून्य बनाईदिएको मन्त्रालयको आरोप छ ।

    २४ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी बिकास मन्त्रालयलाई जीटूजी प्रतिस्पर्धामार्फत मल ल्याउन दिने निर्देशन दिएको थियो । जबकी कात्तिक दोस्रो साता मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको प्रस्तावमा भने मल किन्ने समझदारीको स्वीकृती र अख्तियारी पारित गर्नु पर्ने उल्लेख थियो ।

    के थियो कृषि मन्त्रालयको तयारी ?

    १६ भदौमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगालादेशका समकक्षी शेख हशिनासँग टेलिफोन कुराकानी गरेर ५० हजार मेटि्रक टन युरिया मल पैंचो मागेका थिए । दुई प्रधानमन्त्रीबीच भएको छलफलपछि नेपाललाई मल उपलब्ध गराउन बंगलादेश तयार भएपछि कृषि मन्त्रालयले मल ल्याउने तयारी सुरु गरेको थियो । मन्त्रालय र माताहतको कृषि सामाग्री कम्पनीका अधिकारी सम्मिलित कार्यदल नै बनाएर मलको मूल्य, भुक्तानी विधि, मल ढुवानीको साधन तथा रुट समेत निश्चित गरेको थियो ।

    तर बंगलादेशले पैंचोभन्दा मल किनेरै लैजान नेपाललाई आग्रह गरेपछि कार्यदलले मल किन्ने गरी बंगलादेशी सरकारी नियकसँग छलफल गरी समझदारीको खाका बनाएको थियो । यही क्रममा बंगालादेशबाट ल्याउने मल ढुवानी गर्न कृषि सामाग्री कम्पनीले ग्लोबल टेण्डर गरेर आयातकर्ता पनि छनोट गर्‍यो । कम्पनीका प्रबन्ध सञ्चालक नेत्र बहादुर भण्डारीका अनुसार मन्त्रालयले प्रस्ताव गरेको एमओयू स्वीकृत गरेर मल किन्ने अख्तियारीबारे मन्त्रिपरिषद्ले निर्णय गरेको भए बढीमा २८ दिनमा मल ल्याउने गरी तयारी सकिएको थियो ।

    मन्त्रिपरिषद् निर्णयसँगै अन्यौल

    हिउँदे कृषकको सबैभन्दा ठूलो खेती गहुँ, तोरी र तरकारीमा हाल्नका लागि ठूलो मात्रामा युरिया मल चाहिन्छ । मागको सिजनमै सहुलियतको मल ल्याउने ठेक्का पाएको कम्पनी शैलुङ इन्टरप्राईजेजले मल नल्याउने निश्चित भएपछि छिटो प्रक्रियाबाट मल ल्याउन कृषि बिकास मन्त्रालयले पहल थालेको थियो । सोहीअनुसार मल छिटो ल्याउनबारे प्रक्रिया सकिएको पनि थियो, तर मन्त्रिपरिषद्को २४ कात्तिकको निर्णयले बंगालदेशबाट मल ल्याउन नसक्ने अवस्था सृजना गरिदिएको मन्त्रालयका अधिकारी बताउँछन् ।

    मन्त्रिपरषद्ले मल ल्याउन निश्चित गरिदिनु पर्नेमा अमूर्त निर्णय गरेर सबै प्रक्रिया बिथोलिदिएको मन्त्रालयको ठहर छ । ‘मन्त्रिपरिषद्को निर्णयमा  जीटूजी प्रतिस्पर्धाबाट मल आपूर्ति गर्न कृषि मन्त्रालयलाई निर्देशन दिने उल्लेख छ’ एक अधिकारी भन्छन्, ‘जीटूजी त्योपनि प्रतिस्पर्धाबाट भनेपछि बंगालदेश मात्रै होइन, जहाँबाट भएपनि मल ल्याउ भन्ने मन्त्रिपरिषद्कोे आशय देखियो ।’

    बंगलादेशसंग मल खरिद गर्न प्रक्रिया पुर्‍याईसकेपछि जीटूजी र प्रतिस्पर्धा भनिदिएपछि मल ल्याउननसक्ने देखिएको मन्त्रालयको ठहर छ । मन्त्रिपरिषद्को निर्णयपछि बंगलादेश मात्रै नभई मल उत्पादक वा बिक्रेता जुनसुकै मुलुकबाट नयाँ प्रक्रियामा मल खरिद थाल्नु पर्ने देखिएको मन्त्रालयको बुझाइ छ । अब थालिने प्रक्रिया सून्यबाटै सुरु गर्नुपर्ने र मल ल्याउन लाग्ने समय पनि अनिश्चित हुने अधिकारीहरु बताउँछन् ।

    किसानको दुःखमा सरकार पन्छियो

    सधै मल हालेर मात्रै गरिने खेतीले मल नपाएपछि उत्पादन स्वत घट्ने किसानहरुले बताएका छन् । मल हालेर मात्रै गहुँ छर्नु पर्नेमा अधिकांश किसानले मलबिनै गहुँ लगाउन थालेको राष्ट्रिय कृषक समूह महासंघ नेपालले जनाएको छ । ‘किसानले मल बिनै गहुँ, तोरी र तरकारी लगाएका छन्, तराई र पहाडमा मल अभाव देखिएको छ, तर सरकार पन्छियो’ महासंघका अध्यक्ष उद्धव अधिकारीले भने । तराईका केही जिल्लामा भारतबाट कोलो बजारीमा मल भित्रिए पनि अधिकाशं ठाउँमा मल अभाव भएको अधिकारीको भनाइ छ ।

    धानमा रोएका किसानलाई सरकारले हिउँदे बालीमा पनि रुन बाध्य बनाएको उनको भनाइ छ ।

    मन्त्रालयले निर्णय देखाएर सरकार र मन्त्रिपरिषदको निर्णय देखाएर मन्त्रालय पन्छिन मात्रै खोजेको आरोप पनि महासंघको छ । ‘सिंहदरबार भित्रैको दुई घरमा फाईल सर्न दुइ साता लगाउनेलाई कसरी जनताप्रति जवाफदेही हुन भन्ने, काम नगरी पन्छिनलाई एक अर्काबीच आरोप प्रत्यरोप मात्रै गरिएको छ’ अध्यक्ष अधिकारीले भने । गहुँको टप ड्रेसिङ गर्न बाहेक अब तरकारी र तोरीको लागि मल हाल्ने समय घर्किएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑