• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्वमा नेपालप्रति नकारात्मक सन्देश जाने भय, विदेश जानेलाई ‘कोरोना नेगेटिभ’ भएको नक्कली रिपोर्ट !

  • वीरगंज संजाल
  • ४ मंसिर २०७७, बिहीबार ०८:५०
  • ३४२५

    गत अक्टोबर २ मा नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत हङकङ पुगेका ५ जना यात्रुमा कोरोना संक्रमण पुष्टि भयो । त्यसको १७ दिनपछि अक्टोबर १९ का दिन नियमित उडानमार्फत नै हङकङ पुगेका थप ९ जनामा पनि कोरोना संक्रमण पुष्टि भयो ।नेपालका विभिन्न कोभिड परीक्षण गर्ने निजी ल्याबबाट ‘कोरोना नेगेटिभ’ भएको रिपोर्ट देखाएर हङकङ उडेका उनीहरुमा त्यहाँ पुनः परीक्षण गर्दा भने ‘कोरोना पोजेटिभ’ देखिएको हो ।

    यसरी नेपाल एयरलाइन्सबाट हङकङ पुगेका १४ यात्रुमा कोराना संक्रमण पुष्टि भएपछि एयरलाइन्सलाई हङकङ उडानमा लामो प्रतिबन्ध लागेको छ । पर्यटन मन्त्रालय स्रोतका अनुसार हङकङले नेपाल एयरलाइन्सलाई पहिलो पटक अक्टोबर ४ देखि १७ सम्म प्रतिबन्ध लगायो भने दोस्रो पटक फेरि २२ अक्टोबरदेखि नोभेम्बर ४ सम्म र तेस्रो पटक लगाएको प्रतिबन्ध अहिले पनि जारी छ । नोभेम्बर १२ देखि लागेको तेस्रो पटकको प्रतिबन्ध नोभेम्बर २५ सम्म जारी रहनेछ ।

    यसैगरी निगमकै काठमाडौं–दुबई नियमित उडानमार्फत युएई पुगेका यात्रुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । गत कात्तिक २८ गते दुबई पुगेका  २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसरी नेपालमा नेगेटिभ रिपोर्ट आउने र विदेशमा हुने परीक्षणमा भने पोजेटिभ रिपोर्ट आएपछि निगमलाई युएईको डाइरेक्टर जनरल अफ सिभिल एभिएसनले ध्यानाकर्षण गराएको छ । यसो त युएईको उजुरीको आधारमा नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरणले समेत स्पष्टीकरण सोध्ने तयारी गरेको मन्त्रालय उच्च स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार निगमको काठमाडौं–नारिता उडानमार्फत जापान जाने हरेक २ देखि १० जनामा कोरोना पोजेटिभ देखिने गरेको छ ।

    निजी ल्याबमा नक्कली रिपोर्ट बन्ने गरेको आशंका !

    विदेश जानेहरूका लागि निजी ल्याबहरुले नक्कली रिपोर्ट तयार गर्ने गरेको आशंका गरिएको छ । निजी ल्याबले व्यापारका लागि रिपोर्टमा मनपरी गरेको बताइएको छ ।  स्रोतका अनुसार कात्तिक २८ गते हिमालय एयरलाइन्सको नियमित उडानमार्फत साउदी अरब गएका यात्रुमध्ये १४ जनामा कोरोना संक्रमण पुष्टि भयो । उनीहरुले सूर्य हेल्थ केयर र कान्तिपुर हस्पिटलमा रहेको कोभिड ल्याबमा कोरोना परीक्षण गराएको खुल्न आएको छ । साउदी अरब स्थित नेपाली दूतावासले सोही ल्याबमा कोरोना परीक्षण गराउन भन्दै आएकाले चलखेलको आशंका गरिएको पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

     

    कात्तिक २८ गते नै फ्लाई दुबईबाट युनाइटेड अरब इमिरेट्स (युएई) गएकाहरु मध्ये २२ जनामा त्यहाँ गरिएको पुनः परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुले स्टार हस्पिटल, सूर्य हेल्थ केयर र डिकोड ल्याबको कोरोना नेगेटिभको रिपोर्ट देखाएर युएई पुगेका थिए ।

    निजी अस्पतालले दिने रिपोर्टको आधारमा यात्रा गरेका यात्रुमा विदेश पुगेपछि कोरोना पोजेटिभ देखिएपछि विश्वमा नै नकारात्मक सन्देश जान थालेको भन्दै पर्यटन मन्त्रालयले गम्भीरता देखाएको छ ।
    यसो त ल्याबको विश्वसनीयता र गुणस्तरमाथि पनि गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।

    मन्त्रालयले काट्यो पत्र


    संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई यसबारे ध्यानाकर्षण गराउँदै पत्राचार गरेको छ । मन्त्रालयका इलेक्ट्रोनिक्स इन्जिनियर नशिव आचार्यको हस्ताक्षरित पत्रमा विदेशमा हुने उडानमा यात्रुहरूको पीसीआर रिपोर्टमा एकपछि अर्को गर्दै प्रश्न उठेकाले गम्भीरतापूर्वक आवश्यक छानबिन गर्न अनुरोध गरिएको छ ।

    ‘…यस्तो परिस्थित बारम्बार सिर्जना भएमा नेपालभित्र हुने गरेको कोभिड–१९ परीक्षणको विश्वसनीयतामा प्रश्न उठ्न सक्ने, फलस्वरुप राष्ट्रिय छवि समेत धूमिल हुन सक्ने तथा नियमित उडानहरूमा समेत असर पर्न सक्ने हुनाले यसलाई न्यूनीकरण गर्नका लागि आवश्यक छानबिन तथा आवश्यक कारबाहीका लागि नेपाल एयरलाइन्सबाट प्राप्त भएका यात्रुहरुको विवरणसहितको पत्र यसै साथ संलग्न गरी तहाँ पठाइएको व्यहोरा नेपाल सरकार (सचिव स्तर) को मिति २०७७–७–२८ को निर्णयानुसार अनुरोध छ’, पत्रमा भनिएको छ ।

    मन्त्रालयले विभिन्न प्रयोगशालाहरूले स्वाब कलेक्सन नै नगरी नक्कली रिपोर्ट दिने गरेको, स्वाब कलेक्सन पश्चात पनि रिपोर्ट म्यानिपुलेशन गरी पोजेटिभ दिने गरेको, स्वाब कलेक्सन पश्चात निर्धारित समयसम्म भण्डारण गरेर राख्नुपर्नेमा त्यसो नगरेको जस्ता विषयमा गम्भीर छानबिन तथा आवश्यक कारबाही गर्न अनुरोध गरेको छ । साथै पीसीआर परीक्षणलाई थप विश्वसनीय बनाउनेतर्फ आवश्यक कदम चाल्न पनि ध्यानाकर्षण गराइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑