आज:
  • होमपेज / Breaking News

    प्रसौनी भट्टामा भएको दुःखद घटनाको जिम्मेवारी चोखिने पक्षले लिनुपर्छ स्थानियबासि

  • वीरगंज संजाल
  • २३ कार्तिक २०७७, आईतवार १२:५४
  • ३८८५

    वीरगन्ज । विन्दावासिनी गाउँपालिकाको प्रसौनी भठ्ठामा नेकपाको सपथ ग्रहण कार्यक्रम हुँदा गएको कार्तिक ६ गते दुई पक्ष बीच भिडन्त हुँदा मुकेश चौरसियाको मृत्यु हुन गयो । उनका दाजु महेश चौरसियाले सरकारी वकिल कार्यालय मार्फत १२ जनामाथि किटानी जाहेरी दर्ता गराए ।

    त्यस्तै खालको उस्तै नियमको अनुसरणगरी अर्का पक्षका सक्त घाईते पिन्टु तिवारीका पत्नी गुडिया देवीले पनि स्थानिय तहमा सतासिन पक्षका १५ जना माथि किटानी जाहेरी दिएकी छिन् । तिनको जाहेरीमा प्रदेश २ का सह ईन्चार्ज नागेन्द्र चौधरी सहित केन्द्रीय सदस्य तथा पर्सा ईन्चार्ज रामचन्द्र साह तेली, छोटेलाला यादव, विक्रम चौरसिया तथा परसुराम यादव गरी १५ जना जाहेरीमा समावेश छन् ।

    यद्यपी दुईटै जाहेरी यतिखेर पर्सा प्रहरीमा अनुसन्धानको क्रममा रहेको सुनिन्छ । अनुसन्धान हुँदै जादा दोषी र निर्दोषीको ठहरिने हुन् भोलीको दिनले उजागर गर्ने नै छ । अब यहाँ प्रश्न उब्जिन्छ प्रहरी प्रशासनको ईमान्दारीताको ! कसैको दवावमा नपरी घटनाको छानविन गरी सुक्षम अनुसन्धान र विशलेषण गरियो भने निश्चित रुपमा त्यसमा भोज खाने धेरै अनुहारहरु समेटिने प्रहरी प्रशासन देखि बाहिरका सचेत नागरिकहरुको पनि अनुमान रहेको छ ।
    घटनाको सबल पक्ष भनेको घटनाको दिन भाईरल भएका भिडियोहरु निर्विवाद रुपमा रहेका छन् । त्यस भिडियोमा मुकेशले आफैपनि हातमा बासुरी नलिई लठ्ठी लिई अरुलाई हिर्काईरहेको देखिन्छ ।

    चौरसियालाई साथ दिनेहरुको हात पनि रितै देखिदैन । केही समय अघि सपथ ग्रहण गरेका घरपेटी मोटर मियाँ गद्दीको एउटा पुरानो टहरो भत्काइएको थियो । पुराना बाँसहरु गद्दिले पुनः प्रयोग गर्ने गरी घरको बाहिर छेउमै राखेका थिए । भिडन्त हुँदा त्यही बाँस त्यसमा प्रयोग गरेको मोटर मियाँका छिमेकी वकिल मियाँले बताउछन् ।
    मधवलबाट सहभागी हुने आउनेहरुको उदेश्य त्यहाँ रहेकाहरुमाथि संघातिक आक्रमण गर्नु रहेको भए निश्चित रुपमा उनीहरु लठ्ठी वा त्यस्तै खालको हतियारहरु लिएर आउनुपथ्र्याे यो कुतर्क होईन ।

    प्रसौनी भठ्ठा चोक वरिपट्टि रहेका चिया पसलेहरु यस्तै कुरा बताउछन् । आयोजकका धुन्धकारी नेताहरुले पसकने गरेको कुतर्कको विपरित त्यहाँका गाउँलेहरु अझपनि सिर ठाडो गरेर भन्छन् । बहुदरमाई नगरपालिकाको पटनी गाँउमा गरिएको सपथ ग्रहण कार्यक्रमको भिडियो प्रहरी प्रशासनले उपलब्ध गरी अनुसन्धानमा संलग्न गर्याे भने अरु थप कुरा पनि बाहिर आउने बताउछन् त्यहाँ सहभागी भएका अन्य दर्शकहरु ।

    पटनी अघि सखुवा प्रसौनी गाउँपालिकाको सिद्पुरमा गरिएको सपथ ग्रहण कार्यक्रम नगराउन नेता कहलिएकाहरु चेतावनी समेत दिएका त्यहाँका आयोजकले यतिखेर खुलाएका छन् । त्यतिमात्र होईन, त्यस कार्यक्रममा कुनै किसिमको अप्रिय घटना भयो भने त्यसको जिम्मेवारी आयोजकले नै लिनुपर्छ भने चेतावनी समेत सुन्पेका थिए । त्यसो भए प्रसौनी भट्टामा भएको दुःखद घटनाको जिम्मेवारी धुन्धकारी पक्षले लिने हो कि होईन यो यतिखेर यक्ष प्रश्न उभिएको छ ।

    नेकपा पर्साको नेतृत्व पंक्तीमा अग्रस्थान ओगट्न सफल भएका रामचन्द्र साह तेलीको भुमिका प्रति पार्टीले हिजो पनि अनुसन्धान गरेन र अब अहिले पनि गरेन भने तेली जस्ता फेक न्यूज(झुठो)का बादसाह हुने धेरै समय नलाग्ने पार्टी पंक्ती भित्रै बलियो गरी गायीगुयी सुनिन थालिएको छ । तेलीले नेकपाको सचिवालय र स्थायी कमिटिलाई लेखेको खुल्ला पत्र यतिखेर उनका लागि जगहसाई भएको छ । त्यस पत्रमा आफू २०२८ साल देखि अनेरास्ववियुको राजनीतिमा सक्रिय रहदै कोअडिनेशन कमिटिको पालामा उनको आफ्नै गाँउ हरपुरमा बनि आन्दोलन गरेको फुर्ती समेत लगाएका छन् ।

    विद्यार्थी राजनीतिमा खोई ? ठाकुररामका त्यतिखेरका पुराना विद्यार्थीहरु स्ववियुका अखिल उम्मेदवार बाबुलाल पडित नेविसंघ तर्फ गई मिलेकोले साह पनि उतै गएर मिसिन हुन्कि भनेर प्रयोग गरिएको बताउछन् । बनी आन्दोलनपनि उनको मिथ्या प्रचारमात्र हो भनेर त्यतिखेर बनि आन्दोलनको नेतृत्व गरेका कमरेड राम असरेराम बताउनुहुन्छ ।

    ईलाका कमिटि ईन्चार्ज भएको बताउने साहको कुरापनि फेक न्यूजकै अर्काे पाटो भएको राम असरेरामको जिकिर सुनिन्छ । २०४७ सालमा पर्साको २ नं. ईलाकाको पचरुखी स्कूलमा चयन हुँदा ७ जना सदस्य रहेकोमा त्यतिखेर रामचन्द्र साह र बैद्यनाथ ठाकुर मात्र एकातिर थिए भने अन्य पाँच जना सदस्यहरु नागेन्द्र चौधरीलाई चयन गर्न आफ्नो मत जाहेर गरेका थिए राम भन्नुहुन्छ । पार्टीमा सम्पर्क हुनु अघि साह बर्वाटाँडी स्कूलका प्र.अ.थिए ।

    आफ्नो कार्यकालमा त्यहाँ भएका ४५ वटा सालको रुख सस्तैमा काठ तस्करहरुलाई बेचेको बात लागेको स्कूलका संचालक समितीका एक सदस्य बडनियहार पकडियाका सामलाल चौधरी अझैपनि सम्झिने गर्छन । अंक गणितिय हिसाबले जिल्ला कमिटिको नेतृत्व हत्याएपछि साहको प्रगतिको ग्राफ उकलदै गरेको पुराना मजदुर नेता पटवारी बैठा अझैपनि विर्सेका रहेनछन् । ठेक्कापाट्टा देखि छोरा बुहारीको शिक्षकमा नियुक्ती उनको प्रमुख क्रान्तिकारी विषय त्यतिखेर थियो । स्कूल भने झोलेमै रहने गरेको ईतिहासपनि नटाँसिएको होईन । तत्कालिन शिक्षा अधिकारी हरिवस्ती त्यस विकृतिलाई सुधार्न खोज्दा माथिल्ला नेताको हस्तक्षेपमा वस्तीलाई रातैरात लखेटेकोपनि शिक्षकहरु सुनाउछन् ।

    २०७४मा भएको स्थानिय चुनावमा पर्सागढि नगरपालिकामा गरेका उनका क्रान्तिकारी हर्कतहरुपनि जिउदै रहेको ईतिहास छ । आफ्नै दाजु हृदय नारायण साहलाई नगर प्रमुखको टिकट दिलाउन हरसम्भव प्रयासपछि असफल भएकाले उनकै निर्देशनमा उनका छोरा, भतिजहरु र उनका दाजु समेत गरी हरपुरमा रहेको पार्टी कार्यालय भित्र राखिएका पार्टीको झण्डा र माक्र्स र लेलिनको तस्वीर समेतमा आगो लगाई प्रर्दशन गरी मुर्दावाद समेतको नारा लगाएको गाउँलेहरु त्योपनि बिर्सेका छैनन् । यस्ताहरु पार्टीको जिम्मेवारी लिएपछि त्यसपार्टीको भविष्य कता डोरीने हो आम ईमान्दार तथा सचेत कार्यकर्ताहरु बेलैमा बुद्धिको बिर्काे खोलेनन् भने अर्काे चौरसिया पनि जन्मिने अब धेरै समय पर्खनु नपर्ने बताउछन् पर्वेक्षकहरु ।
    सभार. नारायणी टुडे डेली

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑