पोखरिया । राजन कुमार बानिया ।हिन्दु हरुको महान पर्वको रुपमा रहेको दिपावली एव छठको अवसरमा अाज पर्साको धोबिनी गाउँपालिका वार्ड नं ४ लंगडी चौकमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी सझदारी कार्यक्रम अन्तरगत प्रहरी मेरो साथी अभियान ईलाका प्रहरी कार्यालय लंगडी, मिर्मिरे लघुवित्त वित्तीय संस्था लंगडी र लंगडी चौकका स्थानिय हरुको आयोजनामा भएको सरसफाइ कार्यक्रम लंगडी चौकमा रहेको नाला,बाटो र पसले वाला हरु जनचेतना दिदै सरसफाइ गरिएको प्रहरी नायब निरिक्षक सोम रिमालले जनाए का छन।
सरसफाइ कार्यक्रममा लंगडी का वाडअधयक्ष मजिद मियाँ ,सदस्य कमल ठाकुर,मिर्मिरे बैंकका प्रमुख किरण कुमार परियार,सरिता थापा मगर,सचिता चौधरी,दिपेन्द्र चौधरी, रितेश चौहान,महम्द मकसुद अंसारी , स्थानिय लालबाबु पटेल,अलियास मियाँ ,सुनिल साह कानु,सुदिल पटेल,कमरुल मियाँ ,जुबैर मियाँ ,बिरेन्द्र साह कलवार, सुलतान मियाँ ,दिपेन्द्र पटेल,सगिर मियाँ ,अनिल साह,मुनिलाल साह,संजय गुप्ता,लगायत को सहभागीता रहेको थियोे