फोहोर पानी जम्मा गर्ने खाल्डोमा डुबेर बालकको मृत्यु
वीरगंज संजाल
२२ कार्तिक २०७७, शनिबार १४:५३
२७४१
जनकपुरधाम । फोहोर पानी जम्मा गर्ने खाल्डोमा डुबेर सर्लाहीमा एक जना बालकको मृत्यु भएको छ । जिल्लाको ईश्वरपुर नगरपालिका ५ स्थित महेन्द्र विष्टको घर अगाडि फोहोर पानी जम्मा गर्ने खाल्डोमा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका विक्रम महतोका २ वर्षीय छोरा रामप्रवेश महतो छन् । बालकको शुक्रबार साँझ डुबेर मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए । उनका अनुसार घटना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको छ ।