वीरगन्ज । राष्ट्रिय समाचार समिति (रासस) का धादिङ जिल्ला समाचारदाता सीतारामप्रसाद बर्माको आज बिहान उपचारका क्रममा ७९ वर्षका उमेरमा निधन भएको छ । किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए । उनले कोरोनाबाट भने विजय प्राप्त गरेको जनाइएको छ ।
नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका थिए ।
करीब तीन दशकदेखि राससमा कार्यरत उनी राससबाट पनि सम्मानित भएका थिए । गोरखा पुर्ख्यौली थलो भई धादिङलाई कर्मथलो बनाएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी छन् । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुँदै छ ।