• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मिथिलाको पान संस्कृति

  • वीरगंज संजाल
  • २१ कार्तिक २०७७, शुक्रबार १२:०४
  • ६४८९

    जनकपुर । मिथिला संस्कृतिमा हरेक शुभकार्यमा पानको पात आवश्यक हुन्छ। माछ (माछा), पान र मखानका लागि चर्चित मानिन्छ, मिथिला नगरी जनकपुरधाम।

    मिथिलाञ्चलवासीले पानलाई आफ्नो जीवनको अति आवश्यक सामग्रीको सूचीमा समावेश गरेका पाइन्छ। यहाँ आउने पाहुना, साथीसंगीलाई चिया र पानको लागि सोध्ने गरिन्छ। धर्मशास्त्रमा पानलाई शुद्ध र पवित्र मानेर देवतालाई पनि चढाइन्छ। पूजा, उत्सव र भोजभतेरमा पान अनिवार्यझैँ भएकाले पनि यसले मिथिलाञ्चलमा अधिक महत्त्व पाएको हो।

    भरदुतिया पर्वमा पानको पात भाइको हातमा राखी पूजा गर्ने चलन छ। विवाहमा वर–वधुलाई मायाका रूपमा पान खान दिने चलन पनि छ। यसबाट परस्परमा मायाको अभिवृद्धि हुने जनविश्वास छ। पान मिथिला क्षेत्रमा अति पवित्र मानिएको पाइन्छ। यस क्षेत्रमा प्रत्येक पूजा–प्रतिष्ठा, यज्ञ–अनुष्ठान, व्रत, पर्व, शुभाशुभ सांस्कारिक एवं देव–पितृ कार्य इत्यादिका अवसरमा पानको पातको आवश्यकता पर्ने गर्दछ।

    यसरी नै गृहदेवताको पूजाआराधनादेखि लिएर सत्यनारायणको पूजा, चौठचन्द्र, छठ पर्व, रविशनि पर्व जस्ता पर्वहरूमा ‘फूलपान’ भनेर ‘अर्घ्य’ चढाइने गरिन्छ, जसमा पानको पात, फूल र फल, प्रायः केरा, राखेर ‘अर्घ्य’ दिइने प्रचलन छ।

    यसका साथै यस क्षेत्रमा पानको पातलाई खाने कार्यमा पनि उपयोग गरिन्छ। पानको पातको कतिपय अवस्थामा औषधीय उपयोगसमेत रहेको बताइन्छ। यसलाई चून, कथा, सुपारी आदिका साथ प्रायः भोजनोपरान्त खाने प्रचलन छ।

    मिथिला क्षेत्रको सुप्रसिद्ध तिथि कोजाग्रत पूर्णिमाका दिन मधुर, मखान तथा पान खाने प्रचलन रहेको छ। यसका साथै यस क्षेत्रमा प्रायः आयोजना भइरहने भोजका अवसरमा पनि पान–सुपारी खुवाइने गरिन्छ। यसरी पान खाँदा यसमा अनेक प्रकारका मसाला, जर्दा, सुगन्धित वस्तु इत्यादि पनि मिसाइने गरिन्छन्।

    पानको धार्मिक महत्त्वसँगै सांस्कृतिक महत्त्व पनि उत्तिकै छ। कुनै कन्याको सौन्दर्यको वर्णन गरिँदा उनको पातलो ओठलाई ‘पानजस्तो पातलो ओठ’ भनेर तारिफ गरिन्छ। वात्स्यायनको कामसूत्रमा पान खाने सन्दर्भलाई १६ शृङ्गारमध्ये एक मानिएको छ। परापूर्वकालमा महिलाले मात्र पान खाने गरेको प्रसङ्गसमेत त्यसमा उल्लेख भएको पाइन्छ।

    आयुर्वेद चिकित्साका पिता भनेर मानिने धन्वन्तरीले पानमा १०५ गुण हुने बताएका छन्। उनका अनुसार खानपानपछिको पान अम्मल मात्र नभई पाचन क्रियाको सहयोगी हुन्छ। रुघाखोकी, सर्दी र रक्तविकारमा पानलाई उत्तम मानिन्छ। आयुर्वेदमा पानको गुण रक्तवर्द्धक, कफनाशक, बलवर्द्धक र रुचिकारक बताइएको छ।

    मैथिल संस्कृतिमा पानको प्रमुखताका कारण अनेकौँ लोकगीतमा यसको चर्चा पाइन्छ। भाइ–बहिनीको अमर प्रेमको प्रतीक पर्व सामाचकेवाको गीतमा बहिनीले आफ्नो भाइका लागि यसरी गीत गाउँछिन्—

    पनमा जे खएला हो भैंया पिकीया नेडौला अहीठाम
    तहि पिकिये हो भैया जङ्गा–जमुना अएलइ बाढि

    त्यस्तै सोहरगीतमा नायिका गर्भवती भएपछि आफ्ना प्रियतमलाई भन्छिन्—

    ढोलिएक पान देलनि किछु नहि देलनि     

    एउटा शृङ्गारिक लोकगीतमा पानको यसरी पनि चर्चा गरिएको छ—

    हँसी–हँसी पनमा खियौले बइमनमा
    कि अपने वसे रे परदेश
    गोरी रे चुनरियामे दगिया लगाइ गेले
    मारिके करेजबामे ठेस

    पान मैथिल संस्कृतिको अभिन्न अङ्ग बनेकाले मिथिलाञ्चलमा कलकतिया, बनारसी, देशी, मगही, हरियर पात एवं मीठा पातको अधिक प्रचलन भएको पाइन्छ।

    पान बहुपयोगी लहरेदार वनस्पति

    पान बहुपयोगी लहरेदार बनस्पति हो। पान खाने नेपाल, भारतलगायत दक्षिण–पूर्व एसियाको परम्परा रहेको छ। पानको पातमा चूना, कत्था, सुपारीको टुकडा, सौंफ एवं अन्य विभिन्न प्रकारका मसला सुगन्धित आदि हालेर खाने चलन छ।

    प्राप्त जानकारीअनुसार अहिलेसम्म पान पातका ६४ जातहरू भारतमा पाइन्छ। तीमध्ये प्रमुख जातहरू देशी, काली, रायटेक आदि महाराष्ट्रमा, साँची, मिठु (मिठा पत्ता), जहाजी र बङ्गला पान आसाम र पश्चिम बङ्गालमा तथा देशी देशावरी, कपुरी, मधही, वनारसी, कलकतीया बंगलापान उत्तर प्रदेशमा लगाइन्छ।

    नेपालमा हासम्म उत्पादन गरिएका जातहरूमा देशी, बङ्गला, संचारी र मिठापत्ता पान हो। पान खेतीका लागि उपयुक्त हावापानी भएको ठाउँमा थोरै जमिन हुने साना कृषकहरूका लागि दीर्घकालीन आयश्रोत बन्न सक्ने तथ्यलाई नकार्न सकिदैन।

    कृषि विज्ञ रामेश्वर महतोको अनुसार हाम्रो यहाँ तराईका पूर्वी जिल्लाहरूमा विगत दुई दशकदेखि पान खेती हुँदै आएको छ। नेपालमा पनि केही समय अघिदेखि तुलनात्मक दृष्टिले थोरै क्षेत्रफलमा भए पनि झापा जिल्लाको शनिश्चरे, मोरङ्गका लेटाङ्ग, मधुमल्ला, सुनसरीको पञ्चकन्या र श्रीपुर तथा सप्तरी जिल्लामा व्यावसायिक स्तरमा परीक्षणको रूपमा पान खेती गर्न थालिएको पाइन्छ।रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑