वीरगन्ज ।पर्सामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालस्थित पिसिआर प्रयोशालामा बिहिबार राति गरिएको परिक्षणको नतिजा अनुसार पर्साका १०, बाराका ३ र रौतहटका एक जना गरी थप १४ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाका अनुसार पर्सामा जिल्ला प्रहरी कार्यालय पर्साका एक जना, जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ का दुई जना, बहुदरमाई नगरपालिकाका एक जना, कालिकामाई गाउँपालिकाका एक जना र वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ८, १३ र २७ मा एक/एक जना र वडा नम्बर खुल्न नसकेको दुई जना गरी गरी १० जनामा संक्रमण देखिएको छ । पर्साबाट गएको ६३ जनाको थ्रोट स्वाब परिक्षण गरिएको डाक्टर चौरसियाले जानकारी दिए ।
त्यसैगरी बाराबाट आएको २२ जनाको थ्रोट स्वाबलाई परिक्षण गर्दा कोल्भी नगरपालिका वडा नम्बर १ का दुई जना र जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ का एक जना गरी तिन जनामा संक्रमण पुष्टि भएको डाक्टर चौरसियाले बताए ।
एक जना संक्रमित रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ८ का बासिन्दा रहेको उनले जानकारी दिए ।संक्रमण पुष्टि भएकाहरु २५ वर्षदेखि ६७ वर्ष उमेर समुहसम्मको रहेका छन् भने उनीहरुको सिटि भ्यालु १७ देखि ३३ सम्म रहेको छ ।