आज:
  • होमपेज / Breaking News

    सबैभन्दा विषालु लामो सर्प – किङ्ग कोब्रा

  • वीरगंज संजाल
  • १८ कार्तिक २०७७, मंगलवार १४:०५
  • ७४३७

    वीरगन्ज । संसारमा पाइने सर्पहरुमध्ये सबैभन्दा लामो विषालु सर्प किङ्ग कोब्रा हो । यस सर्पको विषको थोपाको दुई औंसले मात्रै पनि एउटा हात्ती वा बीसजना मान्छेलाई मार्न सक्छ । यसको विषको यही कडापनले नै किंग कोब्रालाई संसारकै सबैभन्दा विषालु लामो सर्पको दर्जा दिलाएको हो ।

    यस सर्पको औसत लम्बाई १२ देखि १५ फिटसम्म हुन्छ । तर अप्रिल १९३७ मा हालको मलेशियामा पर्ने नेग्री सेम्बिलानको डिक्सन किल्लामा फेला परेको किंग कोब्रा १८ फिट २ इन्च लामो थियो । उक्त सर्पलाई लण्डनको चिडियाखानामा राखिएको थियो र पछि यसको लम्बाइ बढेर १८ फिट ९ इन्चसम्म पुगेको थियो । भनिन्छ, दोस्रो विश्वयुद्धको शुरुवातताका सन् १९३९ मा यस सर्पलाई चिडियाखानाबाट भाग्ला भन्ने डरले मारिएको थियो ।

    अत्यन्तै घातक विषालु भएपनि कतिपय देशहरुमा किंग कोब्रालाई पनि मनोरञ्जनको वस्तुको रुपमा प्रयोग गर्ने प्रचलन रहेको पाइन्छ । थाइल्याण्डमा बक्सिंग रिंगमा कोब्रा सर्पसँग मान्छेले लडाईं गर्ने खेल नै देखाइन्छ ।  टिकट काटेर यस खेल हेर्न मान्छेको भीड लाग्ने गर्छ । त्यसैगरी, भारतमा सर्प खेलाउनेहरुले भारतीय कोब्रा (गोमन सर्प)लाई नचाउने गर्छन् ।

    विषेशतः दक्षिणपूर्वी एशिया र भारत मूलथलो रहेको यस सर्पको १ से.मी लामो दाँत हुन्छ, तर यसले आफ्नो शिकारलाई डल्लै निलेर पचाउँछ । यस सर्पको मुख्य आहारा सर्प नै हो । किंग कोब्राको वैज्ञानिक नाम Ophiophagus hannah  हो । यसको अर्थ हुन्छ– सर्प खाने । तर यसले पाउँदा मुसा, भ्यागुतो, छेपारो जस्ता स–साना जीवहरुलाई पनि खान्छ ।

    भारत, दक्षिण चीन, म्यानमार, थाइल्याण्ड, मलेशियादेखि फिलिपिन्स र इण्डोनेशियासम्म पाइने किंग कोब्राको मुख्य वासस्थान जंगल र कहिलकाहीँ पानी नजिकको स्थान हुने गर्छ ।

    यो जीवको टाउको मान्छेको हत्केला जत्रै हुन्छ । अन्य भारतीय कोब्रा (गोमन) ले जस्तै किंग कोब्राले पनि खतरा महसूस गर्दा आफ्नो बचाउको लागि वा आक्रमण गर्नको लागि आफ्नो फणा फैलाएर आफ्नो टाउकोलाई हावामा उठाउने गर्छ । सामान्यतः यो सर्प अति क्रियाशील तर लुक्न मन पराउने खालको हुन्छ । प्रायः लुकेर बस्ने यो सर्प आवश्यकता पर्दा पानीभित्र समेत गएर लुक्ने गर्छ ।

    पोथी किंग कोब्राले अण्डा पार्नको लागि गुँड बनाउने गर्छ । सम्भवतः यसरी गुँड बनाउने यही एक मात्र सर्प हो । यसले गुँड बनाउने क्रममा आफ्नो शरीरको माथिल्लो भागमा सिन्का तथा पात पतिङ्गरहरुलाई संकलन गरेर त्यसको बीचमा खाली भाग बनाउँछ । यसै खाली भागमा किंग कोब्राले १८ देखि ४० वटासम्म अण्डा पार्छ । यसरी पारेको अण्डालाई शरीरले ढाकेर त्यो ओथारो बस्छ ।

    विषको पिच्कारी छोड्ने कोब्रा

    https://ychef.files.bbci.co.uk/

    किंग कोब्राभन्दा अलि सानो अर्को कोब्रा सर्प पनि हुन्छ । यस सर्पलाई चाहिँ इण्डियन कोब्रा भनिन्छ । यो सर्प पनि अति नै विषालु हुन्छ । स–साना जीवहरु, छेपारो, मुसा तथा भ्यागुतोलाई आफ्नो आहारा बनाउने यस सर्पले टोकेर आफ्नो विष शिकार वा शत्रुको शरीरमा पठाउँछ । तर आपत परेको बेलामा यसले २ मिटर परसम्म विषको पिच्कारी छोड्न सक्छ । यसरी विषको पिच्कारी छोड्दा यसले विशेष गरेर शिकारको आँखालाई लक्ष्य बनाउने गर्छ ।

    खतरा महसूस गरेको बेलामा आफ्नो बचाउ गर्न वा आक्रमण गर्नको लागि इण्डियन कोब्राले पनि किंग कोब्राले जस्तै आफ्नो फणा फैलाएर आफ्नो टाउको तथा एक तिहाईसम्म शरीरलाई हावामा लहराउने गर्छ ।

    फिलिपिन्स, अफ्रिका र दक्षिण एशियामा पाइने इण्डियन कोब्रा मूलतः जंगल, धानका खेतहरु वा अन्य वाली लगाइएका स्थानहरुमा बस्ने गर्छ । ६ देखि ७ फिटसम्म लामो आकार हुने यस सर्पले अन्य सर्पहरुले भन्दा बढी आफ्नो अण्डाको रखवाली गर्ने गर्छ । यसले रुखको टोड्का, धमिराको देवल वा दूलोहरुमा एक पटकमा ८ देखि ४५ वटासम्म (सामान्यतः १२ देखि २० वटा) अण्डा पार्ने गर्छ । यसरी अण्डा पारेपछि अण्डाबाट बच्चा ननिस्केसम्म पोथी इण्डियन कोब्राले अण्डाको रखवाली गरिरहन्छ । यसले खाना खोज्नको लागि मात्रै अण्डा छोडेर हिँड्ने गर्छ, तर त्यो पनि अति छोटो समयको लागि । त्यसबेला यो शिकार खोज्न आफ्नो गुँडबाट धेरै टाढा जाँदैन । अण्डा पारेको ५० देखि ६० दिनमा त्यसबाट बच्चा निस्कन्छ ।

    यी दुई कोब्राबाहेक एशियामा पाइने अन्य कोब्राहरु सामान्य कोब्रा, एशियन कोब्रा पनि हुन्छन् । यी कोब्राहरु चाहिँ किङ्ग कोब्रा र इण्डियन कोब्राभन्दा सानो हुन्छ । सर्प नचाउनेहरुले लिएर हिँड्ने कोब्रा सर्पहरु पनि प्रायः यिनीहरु नै हुन्छन् ।

    कालो घाँटी हुने कोब्रा चाहिँ अफ्रिकी मूलको कोब्रा हो । यो कोब्रा दक्षिण इजिप्टदेखि उत्तर–दक्षिण अफ्रिकासम्म पाइन्छ । यस कोब्राले पनि इण्डियन कोब्राले जस्तै ८ फिट परसम्मबाट विषको पिच्कारी छोड्न सक्छ ।  विभिन्न प्रजातिहरु अनुसार कोब्राको रंग हल्का कालोदेखि गुलाबीसम्म हुन्छ ।  फेरि प्रजातिअनुसार कोब्राको रंग मात्र हैन, यसको छालाका धब्बाहरु पनि फरक फरक हुन्छन् ।

    कोब्राको प्रजातिमा सबैभन्दा सानो कोब्राचाहिँ दक्षिण अफ्रिकामा पाइने रिङ्कहल्स कोब्रा  (Rinkhals Cobra) लाई मानिन्छ । यसको लम्बाई ४ फिटसम्म मात्र हुन्छ । यो अँध्यारो खैरो वा कालो हुन्छ र यसको घाँटीमा हल्का रिंग हुन्छ । तर वास्तविक रुपमा यसलाई कोब्रा मानिँदैन । यो कोब्रा सर्पको जिनस (Genus)  नाजा (Naja) मा पर्दैन । त्यसैगरी, मोजाम्बिक स्पिटिङ कोब्रालाई पनि संसारको सबैभन्दा सानो मानिन्छ । यो पनि ४ फिटसम्म लामो हुने गर्छ ।

    प्रायः सबै कोब्रा विषालु हुन्छ । यसको विषमा न्यूरोटक्सिन हुन्छ, जसले हाम्रो स्नायु प्रणालीमा नै आघात गर्छ र तुरुन्तै उपचार नपाएको खण्डमा टोकिएको मान्छे अनिवार्य मृत्युको मुखमा धकेलिन्छ । त्यसो त प्रतिविष सुईको विकासले कोब्राको टोकाइबाट हुने मृत्युको दर एशियामा निकै घटिसकेको छ ।

    त्यसो त कोब्रा सर्पको विष मानव समाजको लागि उपयोगी पनि साबित भएको छ । यसको विष कतिपय जीवनरक्षक औषधीहरु निर्माणमा उपयोग हुने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑