वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुर, २० हरपतगंज, ३० लालपर्साको स्वास्थ्य चौकीहरुलाई विभिन्न स्वास्थ्य सामाग्री वितरण गरिएको हो । सक्रिय युवाहरुको समुह युवालयले इम्प्रुभिङ्ग लाइभ्स इन नेपालको सहकार्य र वीरगञ्ज महानगरपालिकाको समन्वयमा स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
वडा नं ३० लालपर्साका अध्यक्ष अमानत अंसारी, वीरगंज महानगरपालिका स्वास्थ्य समाजिक विकास महाशाखाका जंसी प्रमुख जाहिर आलम, विभिन्न स्वास्थ्य चौकी कार्यालयका प्रमुख लगायतको उपस्थितीमा स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामाग्री वितरण गरिएका युवालयका कार्यसमिति सदस्य जया साह जानकारी दिनुभयो ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सघाउ पुग्ने अभिप्रायले अटोमेटिक स्यानिटाइजर, सर्जिकल मास्क, एन ९५ मास्क, ग्लभ्स, स्यानिटाइजर, फेस शिल्ड, स्प्रे, हेड कभर लगायतका सामाग्री विभिन्न स्वास्थ्य चौकी कार्यालयका प्रमुखलाई वीरगज महानगरपालिको समन्वयमा हस्तान्तरण गरिएको साहले बताउनुभयो ।
साथै युवालयले वीरगञ्ज महानगरपालिका वडा नं १२ मुर्लीमा निशुल्क टिउशन कक्षा शुरु गरेको छ । कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई कम गर्न र बालबालिकामा अध्ययन गर्ने बानिको बिकास गर्नका निम्ती निशुल्क टिउशन कक्षा शुरु गरेको युवालयले जनाएको छ ।
भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकास सरार्फको प्रमुख आतिथ्त्यमा कार्यक्रम आजबाछ वडा नं १२ मुर्लीमा शुभारम्भ भएको युवा अभियान्ता किशोरी यादवले जानकारी गराए ।
यसअघि वडा नं २८ बगही, ३० लालपर्सा, १७ अलौ, २४ रामगढवामा पनि निशुल्क टिउशन कक्षा शुरु गरेको युवालयले अन्य स्थानमा पनि टिउशन तथा स्वास्थ्य सामाग्री वितरण अभियानलाई निरन्तरता दिने युवालयका सदस्य जया शाहले जानकारी दिनुभयो ।