रौतहट । रामसरन यादव । सता रुढदल नेपाल कम्नियुष्ट पार्टी नेकपाको को केन्द्रीय सदस्य एवंम प्रदेस नम्बर २ को अध्यक्ष एवम पुर्व मन्त्रि हाल न्यू ब्रतमान्न रौतहट क्षेत्र नम्बर ३ को संघिय सांसद प्रभु साह आज रौतहटका दलित अगुवा एवम् कार्यकर्ताहरुको महत्त्वपूर्ण भेला कटहरीयामा सम्पन्न भयो सान्सद साह ले भने “भेलामा सहभागी दलित कार्यकर्ता जनता आवास कार्यक्रमको अर्बौं रकम प्रदेश सरकारले फ्रीज गराएकोप्रति आक्रोश व्यक्त गरे ।
अहिलेको २१औं शताब्दीमा आवासको संवैधानिक अधिकारबाट गरीब दलितहरु बन्चित हुनु आफुहरुको मात्र नभई संविधानकै अपमान भएको भन्दै निराशा व्यक्त गरे । साथै घाँटी रेटी हत्या गरिएका गरुडा जिंगडियाका दलित युवा निरन्जन राम एवम् प्रहरी हिरासतमा हत्या गरिएका विजय रामका हत्यारा खुलेआम घुमिरहेकोप्रति उनीहरूमा व्यापक आक्रोश छ ।
आजको भेलामा दलित कार्यकर्ताहरुले जनता आवास तत्काल सुरु गर्न र जिंगडिया हत्या काण्डका पीडितलाई न्याय दिलाउन पुन: सडक संघर्षको उदघोष नै गरेका छन् घरवार विहीनको संख्या अन्य प्रदेशको तुलनामा अत्यधिक रहेको प्रदेश-२ मा प्रदेश सरकार घरबारविहीन असहाय गरिब दलितको घर निर्माणमा पुरै उदासिन देखिएको छ ।
गरीब दलितहरुको आवास निर्माणको लागि प्रदेश सरकारबाट कुनै रकम छूट्याउन त परै जाओस संघीय सरकारबाट प्राप्त रकम समेत उपयोग गर्न सकेको छैन । जनता आवास कार्यक्रमको नाममा संघीय सरकारबाट बर्षेनी प्रदेश नं. २ लाई प्राप्त अर्व भन्दा बढी बजेट रकम प्रदेश सरकारको बदनियतपूर्ण रवैयाका कारण फ्रिज हुने गरेको छ । आवास मानव जीवनका लागि आधारभूत आवश्यकता हो ।
नेपालको संविधानले पनि आवासको अधिकारलाई मौलिक अधिकारको रूपमा स्थापित गरेको छ । यति हुँदाहुँदै पनि प्रदेश सरकार घरवारविहीन परिवारको आवास निर्माणप्रति गम्भीर नहुनु दुःखद हो । जुनसुकै विषयमा पनि आफ्नो कमिकमजोरी एवं अकर्मण्यता ढाकछोप गर्न सधैं केवल संघीय सरकार माथि दोषारोपण मात्र गर्ने प्रदेश २ सरकारको रवैयामा व्यापक सुधार आवश्यक छ ।
केन्द्रले आवश्यक/धेरै बजेट नै दिएन भनेर केवल खेदो मात्र खन्नुको सट्टा प्राप्त बजेट रकमको सही एवं समुचित सदुपयोग गर्नतर्फ प्रदेश सरकार अग्रसर हुन आवश्यक देखिन्छ । यसरी प्रदेशवासीहरुको आवास निर्माणका लागि आउने बजेट रकम प्रत्येक वर्ष फ्रिज हुनु प्रदेश सरकारको चरम लापरवाही एवं गैरजिम्मेवारीपनको पराकाष्ठा हो । तसर्थ, यस बदनियतपूर्ण, दुखद एवं गम्भीर आपत्तिजनक विषयप्रति सबै सरोकारवालाहरुको समयमैं ध्यान केन्द्रित हुन जरूरी छ ।
रौतहट जिल्ला सद्स्य नेकपाका युवा एवम चर्चित नेता तथा रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद प्रभुको स्वकिय सचिव विजय यादव निर्बिजले बताउनु भयो । ठगा दासको अध्यक्षतामा सम्पन्न सम्पन भएका थिए मा बाक्ताको रुपमा बोलदाई चन्देश्वर वैठा रामनाथ माझी नन्द्लाल रामशिउ सदा शम्भु दास लगायत का द्लित अगुवहाँरु दलित का आफ्नो आफ्नो कमी कमजोरी राकेखा थिए ? ।
कार्यक्रममा प्रदेश सभा सदस्य मा । कुन्दन कुशवाह , नेकपा प्रदेश सदस्य मनोज यादव, प्रदेश सदस्य अमर साह , ,कटहरिया नपाको नगर प्रमुख सियाराम कुस्वाहा नेता नसुरुदिन आन्सारी योगेन्द्र कुस्वाहा चन्दन कुस्वाहा चलचित्रकर्मी संघ प्रदेश २ को अध्यक्ष विजय यादव निर्विज ,फतुवा बिजयपुर ना पा को; नेता ब्रहामानरायन यादव पत्रकार , बुद्धिजिवी सुरक्षाकर्मी लगायतको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।